Dictionary

All Word

43251 दुखान्त / दुःखान्तक वि. २. वियोग वा करुणाजनक परिणति देखाउने (नाटक, कथा, उपन्यास इ.), वियोगान्।
43252 दुखान्त / दुःखान्तक वि. ना. ३. दुःखको समाप्ति; दुःखको अन्त्य।
43253 दुःखान्वित वि. दुःखमा परेको; आर्।
43254 दुःखायतन ना. १.दुःखसागर।
43255 दुःखायतन ना. २. संसार; जगत्।
43256 दुःखार्त वि. कष्टमा जेलिएको; धेरै दुःखी।
43257 दुःखित वि. दुःख पाएको; दुःखी; धेरै कष्ट वा क्लेश भएको।
43258 दुःखी वि. दुःखले सताएको; दुःख पाएको; कष्टयुक्।
43259 दुःखी दरिद्र / दरिद्री ना. दीनहीन; गरिबगुरुवा।
43260 दु:शकुन ना. अनिष्टतासूचक लक्षण; अपशकुन।
43261 दुःशासन वि. १.मुस्किलसँग मात्र वशमा आउने; दुर्नियन्त्रण।
43262 दुःशासन वि. २. कष्टपूर्ण शासन; खराब शासन।
43263 दुःशासन वि. ३. धृतराष्ट्रका सय भाइ छोरामध्ये एक; दुर्योधनको एक भाइ।
43264 दुःशील वि. १.खराब बानीबेहोरा भएको; नराम्रो शील- स्वभावको।
43265 दुःशील वि. २. उच्छृङ्खल; उद्ध।
43266 दुःशील वि. ३. पापी; दुराचारी।
43267 दुःश्रव वि. १.मुस्किलसँग सुन्न सकिने; सुन्दा अप्रिय लाग्ने;कर्णकटु।
43268 दुःश्रव वि. २. काव्यका दोषहरूमध्ये सुन्दा अप्रिय लाग्ने एक दोष।
43269 दुःश्रवता ना. कठोर वर्ण भएर कानमा धक्का दिने पद हुँदा हुने पददोष; एक प्रकारको काव्यदोष।
43270 दुःसङ्ग ना. नराम्रो वा खराब सङ्गत; कुसङ्ग।
43271 दुःसह वि. १.मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन।
43272 दुःसह वि. २. सहनै नसकिने; असह्य।
43273 दुःसाध्य वि. १.मुस्किलसित मात्र सिद्ध गरिने; कठोर परिश्रमले मात्र सिद्ध गर्न सकिने; दुष्कर।
43274 दुःसाध्य वि. २. सिद्ध गर्नै नसकिने; असाध्य।
43275 दुःसाहस ना. १.कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस।
43276 दुःसाहस ना. २. असफल प्रयास; व्यर्थको हिम्म।
43277 दुःसाहस ना. ३. गर्न नहुने कामकुरामा गरिएको आँट; अनुचित साहस।
43278 दुःसाहस ना. ४. लिँडे ढिपी; धृष्टता।
43279 दुःसाहसिक वि. १.साहस गर्न अनुचित तथा निष्फल हुने (कार्य)।
43280 दुःसाहसिक वि. २. अनैतिक तथा अधार्मिक कामकुरामा साहस देखाउने।
43281 दुःसाहसिक वि. ना. ३. चोर; डाँकू।
43282 दुःसाहसिक वि. ४. अनैतिक वा दुश्चरित्र व्यक्ति; परस्त्रीगामी।
43283 दुःसाहसी वि. दुःसाहस गर्ने; व्यर्थको काममा हात हाल्ने।
43284 दुःस्पर्श वि. १.छुन वा पाउन नसकिने।
43285 दुःस्पर्श वि. २. छुन अयोग्य।
43286 दुःस्पर्श वि. ना. ३. काउछो।
43287 दुःस्पर्श वि. ४. थाकल।
43288 दुःस्वप्न ना. १.नराम्रो फलको सङ्केत गर्ने सपना; खराब सपना।
43289 दुःस्वप्न ना. २. गर्न नसकिने वा हुनै नसक्ने कामकुराको इच्छा।
43290 दुःस्वभाव ना. १.नराम्रो आचरण; खराब बानीबेहोरा, दुष्ट प्रकृति।
43291 दुःस्वभाव ना. वि. २. नराम्रो स्वभाव भएको; दुष्ट प्रकृतिको; दुःशील।
43292 दुआ ना. १.गीतमा लयात्मक पङ्क्तिका स्थायी र अन्तरा दुई भेदमध्ये स्थायी भेद; गीत गाउँदा दोहोरिने फाँकी; टेक।
43293 दुआ ना. २. आशीर्वाद।
43294 दुइटा वि. एक जोड एकको सङ्ख्याको; दुई सङ्ख्या भएको; दुईवटा।
43295 दुई ना. १.एक र तीनका बिचको अङ्कलाई जनाउने चिह्न; २ को अङ्क; एक र एकको योगसङ्ख्या।
43296 दुई ना. वि. २. एक र एक जोड्दा हुने सङ्ख्याको।
43297 दुईकान ना. १.दुइटा कान।
43298 दुईकान ना. क्रि.वि. २. दोस्रो कानमा पर्दै।
43299 दुईखुट वि. भरेर साटिने कुनै वस्तुमा एकको दुई; दोबर।
43300 दुईगुना वि. गन्तीमा दोबर; दुगुना।