Dictionary

All Word

42801 दाव ना. २. प्राकृतिक तवरले वनमा लागेको आगो; डढेलो; दावाग्नि।
42802 दावा ना. खान नपाएर वा रोगले सुकेर पेट दाप्सिने अवस्था।
42803 दावा ना. कुनै वस्तुमाथि आफ्नो अधिकार छ भनी गरिने जिक्री; दाबी; जिकिर।
42804 दावाग्नि ना. वनमा लागेको आगो; डढेलो; दावानल।
42805 दावादार वि. कुनै वस्तुमाथि आफ्नो हक छ भनी प्रमाणपूर्वक दाबी गर्ने; दाबीवाल; दावेदार; हकदार।
42806 दावानल ना. जङ्गलमा लागेको आगो;डढेलो; वनडढेलो;दावाग्नि।
42807 दाश ना. १.नदीमा यात्रुहरूलाई वारपार गराएर जीविका चलाउने पेसा भएको जाति; माझी।
42808 दाश ना. २. दास; कमारो;नोकर।
42809 दाशरथ / दाशरथि वि. १.दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न।
42810 दाशरथ / दाशरथि वि. २. दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र)।
42811 दास ना. १.पहिले पहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर; कमारो।
42812 दास ना. २. सेवक; नोकर।
42813 दासता/त्व ना. दास हुनाको भाव वा अवस्था; दासत्व;गुलामी; कमारोपन।
42814 दासदासी ना. दास र दासी; कमाराकमारी; नोकरनोकर्नी।
42815 दासप्रथा ना. पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारोप्रथा।
42816 दासप्रथा ना. (नेपालमा वि. सं. १९८१ सालदेखि यो प्रथा कानुनी रूपले खारेज भएको हो)।
42817 दासानुदास ना. १.दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर।
42818 दासानुदास ना. २. विनीत नोकर; विनम्र सेवक।
42819 दासिका / दासी ना. १.दासप्रथाअनुसार किनबेच गरिएकी आइमाई; दासवर्गकी स्त्री; कमारी।
42820 दासिका / दासी ना. २. नोकर्नी; चाकर्नी।
42821 दासी ना. १.कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस।
42822 दासी ना. २. नोकर्नी।
42823 दासेय ना. १.मालिकले गमन गरेकी दासीको गर्भबाट जन्मेको छोरो; दासीपुत्र; दासीको छोरो।
42824 दासेय ना. २. दासीको वंशज।
42825 दास्य ना. १.आफ्ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक।
42826 दास्य ना. २. दासता; दासत्व।
42827 दाह ना. १.मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार।
42828 दाह ना. २. मनमा परेको ताप; जलन; चिन्ता।
42829 दाह ना. ३. पोल्ने वा डढाउने काम; डाम्ने काम।
42830 दाह ना. ४. अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या, डाहा।
42831 दाहक वि. १.जलाउने; पोल्ने।
42832 दाहक वि. २. दागबत्ती दिने;चितामा आगो लगाउने।
42833 दाहक वि. ३. टट्टाउने;जलन गराउने।
42834 दाहक वि. ना. ४. आगो।
42835 दाहकर्म ना. शवदाह गर्ने काम; विधिपूर्वक दाहसंस्कार गरिने काम; मुर्दा जलाउने काम।
42836 दाहक्रिया ना. लास जलाउने काम; दाहकर्म।
42837 दाहज्वर ना. जिउ भतभत पोल्ने गरी आउने एक प्रकारको जरो;भुङ्ग्रे जरो।
42838 दाहसंस्कार ना. लास जलाउने काम; दाहकर्म; शवदाह।
42839 दाहस्थल ना. शवदाह गर्ने ठाउँ; मसानघाट।
42840 दाहिनु वि. देब्रेको उल्टोतिर पर्ने; दाहिने; दायाँ; दक्षिण।
42841 दाहिने वि. १.दायाँतिर पर्ने; दाहिनापट्टिको; दायाँ।
42842 दाहिने वि. २. अनुकूल; अपसव्य।
42843 दाहिने वि. ना ३. अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार (ी)।
42844 दाहिने वर्त वि. दायाँ हाततिर पारेर घुमेको; दाहिनुपट्टिबाट प्रदक्षिणा गरेको; दक्षिणावर्त (मन्दिर, प्रतिमा, बाटो आदि )।
42845 दाहिने शङ्ख ना. पट्टिनेतिरबाट रेखाहरू घुमेको र दाहिनेपट्टि नै खुला भएको शङ्ख।
42846 दाहिने हात ना. १.खाने हात; दायाँ हा।
42847 दाहिने हात ना. २. नभई नहुने मानिस; कामकाजमा भरपर्दो व्यक्ति; मुख्य सहायक।
42848 दाहिनो वि. १.दाहिनेपट्टिको; दाहिने; दायाँ।
42849 दाहिनो वि. २. अनुकूल; सर्दो।
42850 दाहिनो वि. ना. ३. दीर्घ ईकार (ी)।