Dictionary

All Word

42751 दारण ना. १.चिरफार गर्ने काम; चिराइ।
42752 दारण ना. २. चिरफार गर्ने हतियार।
42753 दारण ना. ३. निर्मली फल।
42754 दारा ना. पत्नी; भार्या।
42755 दाराइ ना. दार्ने भाव, क्रिया वा प्रक्रिया।
42756 दारिका ना. १.पुत्री; छोरी।
42757 दारिका ना. २. कन्याकेटी; कुमारी।
42758 दारिद्र्य ना. दरिद्र हुनाको भाव वा अवस्था; दरिद्रता।
42759 दारिनु क.क्रि. दार्ने काम गरिनु; दाह्रिनु।
42760 दारिम ना. काँडासहितको बोट हुने, मसिना बैजनी - हरियो रङका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्रा केस्रा दाँतजस्ता आकारका रसदार गेडा फल्ने एक प्रकारको बोट; सोही बोटको प्रायः अमिलो फल; दाडिम।
42761 दारिमपाते १.दारिमका जस्ता पात हुने एक जातको पोथ्रो।
42762 दारिमपाते वि. २. दारिमका पातजस्तो हुने (कुनै वस्तु )।
42763 दारी ना. १.धाँजो; चिरो।
42764 दारी ना. २. पैताला फुट्ने र चिरैचिरा पर्ने एक रोग; हरिनास।
42765 दारु ना. १.बाल्न टुक्र्याइएका झिँजामिजा;दाउरा; समिधा।
42766 दारु ना. २. देवदारु; धुपी।
42767 दारु ना. ३. काठको काम गर्ने कालिगड; सिकर्मी।
42768 दारु ना. ४. उदारमना व्यक्ति।
42769 दारु ना. वि. ५.दानशील;दाता;दानी।
42770 दारु ना. घरेलु साधन तथा काइदाअनुसार तयार गरिएको रक्सी; निम्न कोटिको मदिरा; ठर्रा।
42771 दारुण वि. १.कठोर; कडा (व्यथा, रोग इ.)।
42772 दारुण वि. २. दया नभएको; निष्ठुर।
42773 दारुण वि. ३. भयानक; भयङ्कर।
42774 दारुण वि. ४. सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.)।
42775 दारुण्य ना. दारुण हुनाको भाव वा अवस्था।
42776 दारुपुत्री ना. काठको पुतली; कठपुतली।
42777 दारुयन्त्र ना. १.काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र।
42778 दारुयन्त्र ना. २. काठको पुतली; कठपुतली; दारुपुत्री।
42779 दारुहरिद्रा ना. पातमा काँढा हुने, मञ्जरीका आकारमा पहेँला साना फूल फुल्ने, पहेँलो काठ हुने, चुत्राको जस्तो फल फल्ने एक जातको बोट; जमानेमान्द्रो।
42780 दारुहस्त ना. दुध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो।
42781 दारे वि. १.दारको रुख वा काठ भएको (ठाउँ; दारको (ठेकी, आरी आदि )।
42782 दारे वि. २. ठुला चुचे ढुङ्गा भएको।
42783 दारेगौँडो ना. १.दारको रुख भएको गौँडो।
42784 दारेगौँडो ना. २. ठुला ढुङ्गा भएको गल्छिँडो।
42785 दारोगा ना. १.हात्तीसार, अस्तबल आदिको रेखदेख वा व्यवस्था गर्ने मुख्य व्यक्ति।
42786 दारोगा ना. २. पुलिस विभागको एक अधिकारी।
42787 दार्चुला ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत महाकाली अञ्चलको उत्तरी सिमानामा रहेको एक जिल्ला।
42788 दार्जिलिङ ना. भारतको पश्चिम बङ्गालको उत्तरी भागमा पर्ने, पश्चिमतिर नेपालसँग र पूर्वोत्तरतिर सिक्किमसँग जोडिएको, नेपाली भाषाको प्रमुखता रहेको एक क्षेत्र तथा सुरम्य प्राकृतिक स्थल।
42789 दार्मी /दार्मु वि. सेतो र मधुरो रातो मिसिएको (गाई)।
42790 दार्मे वि. सेतो भुईंमा राता छिर्का वा पाटा भएको; छिर्केमिर्के (गोरु)।
42791 दार्शनिक ना. १.दर्शनशास्त्र पढेको वा त्यसको ज्ञाता; तत्त्वज्ञ; दर्शनशास्त्रको मर्मज्ञ।
42792 दार्शनिक ना. वि. २. दर्शनशास्त्रसँग सम्बन्धित, दर्शनसम्बन्धी।
42793 दार्शनिकता ना. दार्शनिक हुनाको भाव, अवस्था वा विशेषता।
42794 दाल ना. १.जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदि वस्तुको फग्ल्याँटा।
42795 दाल ना. २. त्यसरी दलिएको वस्तु दगरो पारेर बनाइएको भात, रोटीसँग खाइने झोलिलो खाद्य पदार्।
42796 दालचिनी ना. बाक्लो बोक्रा र मोटो टुप्पो भएको पात हुने, बास्नादार सेतासेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा प्रयोग हुने त्यसैको बोक्रा।
42797 दालभात ना. दाल र भात; नेपालीहरूको प्रमुख भोजन।
42798 दालमोट / दालमोठ ना. चना, मुगी, रहर आदिको दाल घिउमा भुटेर नुनखोर्सानी र मरमसला लगाएर बनाइएको खाद्य पदार्थ; दालमोठ।
42799 दालुके निहुरो ना. एक जातको निहुरो।
42800 दाव ना. १.वन; जङ्गल।