Dictionary

All Word

42601 दादुरा ना. प्राय: केटाकेटीलाई कडा जरो आई शरीरभरि मसिना बिमिरा उठ्ने एक प्रकारको चर्मरोग।
42602 दादै ना. १.सरसामान वा पैसा बुझिलिएको भरपाई लेख्दा सुरुमा लेखिने शब्द; भरपाई जनाउने शब्द।
42603 दादै ना. क्रि.वि. २. उप्रान्त;आगे;अब।
42604 दान ना. १.आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने काम; कुनै वस्तुबारे अधिकारको हस्तान्तरण।
42605 दान ना. २. दिने काम; प्रदान।
42606 दान ना. ३. धार्मिक भावनाले गरिबगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम।
42607 दान ना. ४. कुश, तिल, जलसहित सङ्कल्प गरेर ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने काम।
42608 दान ना. ५. त्यसरी दिइएको धनमाल, जमिन, गाई आदि।
42609 दान ना. ६ राम्रो कार्यका निम्ति दिइने आर्थिक सहयोग; चन्दा।
42610 दान ना. ७. शब्दका पछिल्तिर लागेर त्यस विषय वा वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द (विद्यादान, श्रमदान, प्राणदान इ.)।
42611 दान ना. ८. राजनीतिका साम, दाम, दण्ड र भेद गरी चार किसिमका जुक्तिमध्ये एक; शत्रुलाई धन दिएर अधीनमा राखिने एक उपाय।
42612 दान प. स. कुनै नामको पछिल्तिर लागेर सो नामको आधार अर्थ जनाउने शब्द।
42613 दान प. स. (फूलदान, कलमदान, खानदान इ.)।
42614 दान ना. हात्तीको उमेर पुगेपछि कन्चटबाट निस्कने गन्धयुक्त बाक्लो पसिना; मद।
42615 दानदक्खिना ना. दानदक्षिणा।
42616 दानदक्षिणा ना. कुनै पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद; दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा।
42617 दानदातव्य वि. १.विधिपूर्वक सङ्कल्प गरेर वा त्यसै दिइएको; दान, बकस आदिबाट प्राप्त भएको धनमाल, जमिन आदि)।
42618 दानदातव्य वि. ना.२. त्यसरी प्राप्त भएको धनमाल जमिन आदि।
42619 दानधर्म ना. १.दान दिएर हुने धर्म; दानपुण्य।
42620 दानधर्म ना. २. दान र यस्तै अरू पुण्यकर्म।
42621 दानपत्र ना. कसैलाई कुनै चल-अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिइने कागत; यस्तै बेहोरा लेखिएको शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि;दानदातव्यको अभिलेख।
42622 दानपात्र ना. १.दान दिन योग्य व्यक्ति।
42623 दानपात्र ना. २. चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी।
42624 दानप्रतिष्ठा ना. दान गरिसकेपछि त्यसको न्यूनतापूर्ति गर्नाका निम्ति दिइने दक्षिणा; गोदान गरिसकेपछि साङ्गताका लागि दिइने दक्षिणा।
42625 दानबकस ना. आफूलाई रिझाएबापत राजीखुसीले आफ्नो धनमाल वा जग्गाजमिन अरूलाई दिएर निजको हक गराइदिने काम;दानदातव्य।
42626 दानयज्ञ ना. दान दिएर गरिने यज्ञ; दानरूपी यज्ञ वा धर्म।
42627 दानव ना. कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मेको सन्तान; राक्षस; असुर;दैत्य।
42628 दानवगुरु ना. दानवका गुरु मानिएका पुराणप्रसिद्ध भार्गव ऋषि;शुक्राचार्य।
42629 दानवारि ना. १.दानवहरूका शत्रु भएका देवता।
42630 दानवारि ना. २. दानवहरूको नाश गर्ने देवता; विष्णु।
42631 दानवारि ना. ३. हात्तीका कन्चटबाट रसाउने मद।
42632 दानवी ना. १.दानवकुलकी नारी; राक्षसी।
42633 दानवी ना. वि. २. दानवसम्बन्धी; दानवको; आसुरी (दानवी माया, दानवी रूप इ.)।
42634 दानवीर ना. १.प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी।
42635 दानवीर ना. २. साहित्यमा वीर रसका एक भेदको प्रधान नायक (बलि, कर्ण, हरिश्चन्द्र इ.)।
42636 दानशील वि. अत्यन्त दानी स्वभावको; खुबै दान दिने; साह्रै ठुलो दानी।
42637 दानशीलता ना. दानशील हुनाको भाव वा अवस्था।
42638 दाना ना. १.जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ।
42639 दाना ना. २. अनाज; अन्न।
42640 दाना ना. ३. गाईबस्तु र चराचुरुङ्गीलाई दिइने खुराक; पशुपक्षीको आहार।
42641 दानादार वि. दानैदाना परेको;दानेदार।
42642 दानापानी ना. १.जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चिजबिज; अन्नजल।
42643 दानापानी ना. २. जीविकाको बन्दोबस्त; खानपान।
42644 दानापानी ना. ३. बसोवासको संयोग।
42645 दानापानी ना. ४. जिन्दगी; आयु;जीवन।
42646 दानी वि. १.धेरै दान गर्ने; दाता।
42647 दानी वि. २. फुक्का दिल भएको; उदार।
42648 दानी वि. ३. दिने।
42649 दानी प.स. शब्दका पछिल्तिर लागी कुनै वस्तु राख्ने पात्रको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (कलमदानी, चियादानी, फिकदानी,थुकदानी इ.)।
42650 दानीय वि. १.दान दिन योग्य।