Dictionary

All Word

42501 दाइँ ना. ३. बेअदबीसँग गरेको काम-कारबाई।
42502 दाइँ ना. ४. ढलीमली गर्ने काम; मनपर्दो चाल।
42503 दाइँ गीत ना. दाइँ गर्दा सह ल्याउनका लागि गाइने प्रसिद्ध ऋतुकालीन लोकगी।
42504 दाइ ना. १.दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु।
42505 दाइ ना. २. जेठो उमेरको अडकलमा भनिने कुनै पुरुष व्यक्ति।
42506 दाइ ना. दाउने क्रिया वा प्रक्रिया।
42507 दाइजो ना. विवाहमा दुलहीका बाबु, आमाहरूले दुलहीलाई दिएर पठाइने धनमाल (लुगा, गहना, गोडधुवा आदि)।
42508 दाइजो बिर्ता ना. राजा रजौटाहरूले आफ्ना छोरीबेटीलाई दाइजोका रूपमा दिएको बिर्ता।
42509 दाइनाइके ना. मुख्य नाइके; भाइनाइके भन्दा माथिको नाइके।
42510 दाइनु क.क्रि. दाउने काम गरिनु; गोरु नारिनु; हलो जोतिनु।
42511 दाउ ना. १.कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर;मौका।
42512 दाउ ना. २. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ।
42513 दाउ ना. ३. पासाका खेलमा हुने पोट बाह्र , कच्चे बाह्र , चरीपन्जा सत्र आदि दाउ।
42514 दाउ ना. ४. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति;पेच;छिर्के।
42515 दाउ ना. काठपात काट्ने खुर्पाजस्तो हतियार; बाम्फोक।
42516 दाउनु स.क्रि. १.गाईको बहर वा गोरु भैंसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा हिँड्न वा कुद्न सिकाउनु।
42517 दाउनु स.क्रि. २. बहर वा गोरुलाई हलो तान्न सधाउनु; हलो जोताउनु; नार्नु।
42518 दाउनु स.क्रि. ३. बहर, बोका आदिलाई खसी पार्नु; सुमर्नु ;ठोक्नु।
42519 दाउनु स.क्रि. ४. सिकाउनु सधाउनु; अभ्यास गराउनु; बानी पार्नु।
42520 दाउन ना. अनर्सा, सेल, पन्जाबी रोटी, फिनी, झर आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पिठोमा मिसाइने घिउ, नौनी, तर, गुलियो आदि वस्तु।
42521 दाउनी ना. दाइँ।
42522 दाउपेच ना. १.अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल।
42523 दाउपेच ना. २. छलकपट; चालबाजी; जालझेल।
42524 दाउरा ना. १.बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन।
42525 दाउरा ना. २. समिधा (यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि)।
42526 दाउरे ना. १.दाउरा बेचेर जीविका चलाउने व्यक्ति।
42527 दाउरे ना. वि. २. दाउरा खेप्ने; दाउरा बेच्ने।
42528 दाउरे ना. ३. पातलो र अग्लो; ख्याउटे; सिकुटे।
42529 दाउरो ना. १.दाउरा।
42530 दाउरो ना. वि. २. किर्लिक्क परेको;सिट्ठो;सिकुटे।
42531 दाक्षायणी ना. १.दक्षप्रजापतिकी छोरी; सतीदेवी।
42532 दाक्षायणी ना. २. नवदुर्गामध्ये एक।
42533 दाक्षिणात्य वि. १.दक्षिण दिशाको; दक्खिनतिरको;दक्खिनपट्टि पर्ने।
42534 दाक्षिणात्य वि. २. विन्ध्याचलभन्दा दक्षिणतिरको।
42535 दाक्षिण्य ना. १.सिपालु हुनाको भाव वा क्रिया; निपुणता;कौशल।
42536 दाक्षिण्य ना. २. दान दिन सक्ने भाव; उदारता; औदार्य।
42537 दाक्षिण्य ना. ३. दाहिने भएको अवस्था; अनुकूलता।
42538 दाक्षिण्य ना. ४. सरलता।
42539 दाक्षिण्य ना. ५. चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण।
42540 दाक्षिण्य ना. वि. ६. दक्षिणसँग सम्बन्धित; दक्षिणको।
42541 दाख ना. १.जडेलाको जस्तै पात र लहरो हुने थाँक्रामा झुप्पाझुप्पा परेर फल्ने र पाक्ता रातो, वा पहेँल्चो हुने गुलियो स्वादको फल; अङ्गुर।
42542 दाख ना. २. मुनक्का।
42543 दाख ना. ३. किसमिस।
42544 दाखचोक ना. आगलागी हुनुभन्दा अघि सिंहदरबारभित्रका विभिन्न चोकहरूमध्ये दाख लगाइएको चोक।
42545 दाखिल वि. १.सम्बन्धित ठाउँमा हाजिर भएको;आइपुगेको;उपस्थित; प्राप्।
42546 दाखिल वि. २. बुझाइएको; चुक्ता गरिएको।
42547 दाखिल खारिज / खारेज ना. अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जग्गाजमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी।
42548 दाखिला ना. १.कुनै अड्डा अदालत वा तोकिएको अन्य ठाउँमा सम्बन्धित व्यक्ति उपस्थित हुने काम; हाजिर; उपस्थिति।
42549 दाखिला ना. २. सम्बन्धित ठाउँमा दाखिल हुन आएको नगदी, जिन्सी, लिखित कागजात आदि।
42550 दाखिल रिपोट ना. कुनै वस्तु दाखिल भएको जानकारी दिने प्रमाण; जानकारीपत्र।