Dictionary

All Word

42401 दसैँ ना. २. आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।
42402 दसैँ ना. ३. नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड;विजयादशमी।
42403 दसैँ ना. ४. चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।
42404 दसैँ ना. ५. असोज कात्तिकमा पर्ने बडादसैँ वा महादसैँ।
42405 दसैँ ना. ६. चैत महिनामा पर्ने चैतेदसैँ।
42406 दसैँ बजार ना. दसैँका अवसरमा सुपथ तथा सुलभ रूपमा मालसामान उपलब्ध गराउन व्यवस्था गरिएको बजार।
42407 दसोबिसो ना. डन्डीबियोको खेलमा एक डन्डीको नापलाई दश र बिसको आधार मानी खेलिने खेल वा प्रक्रिया।
42408 दसौँ वि. गन्दै जाँदा दश सङ्ख्यामा पर्ने; दश अङ्कको; दशम (क्रम, स्थान, स्तर इ.)।
42409 दसौँद ना. १.कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड।
42410 दसौँद ना. २. वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दशका हिसाबले भेट्ने भाग।
42411 दसौँद ना. ३. लिम्बूवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्धो।
42412 दसौँद ब्याज ना. कर्जा दिएको वा लिएको सय रुपियाँमा एक वर्षमा लाग्ने दशांश ब्याज; सयकडा दशका हिसाबले लाग्ने ब्याज।
42413 दसौँदी वि. कुनै निश्चित अवधिमा सयकडा दशका हिसाबले लाग्ने (ब्याज, दस्तुर आदि)।
42414 दस्कत/दस्खत ना. सही; हस्ताक्षर।
42415 दस्त ना. १.पेटको गडबडीले हुने पातलो दिसा; पखाला।
42416 दस्त ना. २. हस्त; हा।
42417 दस्तकार ना. हातैले ससाना चिजबिज बनाउने कालिगड; शिल्पी।
42418 दस्तकारी ना. १.हातले तयार गरिएको कलापूर्ण वस्तु, हात कालिगडीबाट बनाइने कलात्मक चिज।
42419 दस्तकारी ना. २. हातले कलापूर्ण चिजबिज तयार गर्ने काम।
42420 दस्तखत ना. आफ्नो रोहबरमा भएको हो अथवा यसबारे मेरो सहमति छ भन्ने कुरो जनाउन आफ्नै हातले लेखिने नाम; हातको निसान; हस्ताक्षर; सही।
42421 दस्ताबेज ना. कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ-संस्था आदिको आफ्नो कार्य सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित भएको प्रतिवेदन, विधान आदि।
42422 दस्तुर ना. १.धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; रीतिरिवाज; प्रथा।
42423 दस्तुर ना. २. तरिका; नियम, काइदा।
42424 दस्तुर ना. ३. कर; फिस; दस्तुरी।
42425 दस्तुरी ना. नियमअनुसार लगाइएको लिने वा दिने रकम।
42426 दस्यु ना. १.चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा।
42427 दस्यु ना. २ राक्षस; असुर।
42428 दस्यु ना. ३. एक प्राचीन अनार्य जाति।
42429 दस्यु ना. ४. दुष्ट; खल।
42430 दह ना. १.पानी गहिरिएर बनेको नदीको भाग; आहाल;पानी जमेको खाडी।
42431 दह ना. २. कुण्ड; पोखरी; तलाउ।
42432 दहन ना. १.पोल्ने भाव क्रिया वा प्रक्रिया; डाह; पोलाइ।
42433 दहन ना. २. आगो।
42434 दहनीय वि. जल्न वा जलाउन हुने; जलाउन सकिने; डढाउन योग्य।
42435 दहर ना. तास, गन्जिफा आदिको दश फुट्टी भएको चक्की; दहल।
42436 दहरिनु अ.क्रि. दरखरिनु; दरफरिनु।
42437 दहऱ्याइ ना. दहऱ्याउने भाव; क्रिया वा प्रक्रिया।
42438 दहऱ्याइनु क.क्रि. छाला खुत्तिने गरी कोरिनु।
42439 दहऱ्याउनु स.क्रि. १.खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखऱ्याउनु; दार्नु ; दरफऱ्याउनु।
42440 दहऱ्याउनु स.क्रि. २. घुर्की लाउनु; घुर्क्याउनु।
42441 दहिले वि. १.दहिलाको; दहिलोसँग सम्बन्धि।
42442 दहिले वि. ना. २. 'द' अक्षर चिनाउने रूप (दहिले द)।
42443 दहिले ठेलो ना. दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो।
42444 दहिलो ना. खोल्न र बन्द गर्न मिल्ने हिसाबले खापा लगाइएको घरको खण्ड; द्वार; ढोका; दैलो।
42445 दही ना. दुध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य (दुध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि।
42446 दहीचामले ना. १.दहीदँगालो।
42447 दहीचामले ना. वि. २. दही र चामलजस्तो; दही र चामल मिसिएको।
42448 दहीचिउरे वि. सानोतिनो कुराको फाइदामा जे पनि गर्न तयार हुने वा जसको पछि पनि लाग्ने; भरपत्यार नभएको; दुईजिब्रे।
42449 दहीठेको ना. विवाहमा जन्तीका साथ दुलाहातर्फबाट लगिने दहीको ठेकी; कागेठेकी।
42450 दहीदँगालो / दङालो ना. धुर्सुलको जत्रो बोट हुने, बाटुला पात हुने, झुप्पैझुप्पा फुल्ने र दही जस्तै सेता दाना हुने, रसिलो तर बेस्वादिलो फल; दहीचामले।