Dictionary

All Word

42251 दर्साइनु क.क्रि. देखाइनु।
42252 दर्साउनु स.क्रि. देखाउनु; झल्काउनु; प्रदर्शन गर्नु।
42253 दर्सिन ढुङ्गो ना. साह्रो र सेतो रङको एक जातको ढुङ्गो।
42254 दर्सिनु क.क्रि. देखिनु; झल्किनु।
42255 दल्नु स.क्रि. १.मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु।
42256 दल्नु स.क्रि. २. घोट्नु; रगड्नु।
42257 दल्नु स.क्रि. ३. लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु; लतपत्याउनु।
42258 दल्नु स.क्रि. ४. काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु; दलाउनु।
42259 दल ना. १.अन्न वा फलका दानामा बीजस्वरूप, नाथ्रीका रूपमा रहेका फग्ल्याँटा; द्विदल वा एकदल नाथ्री हुने वस्तुको गर्भपत्र।
42260 दल ना. २. फूलका पात वा पत्ती।
42261 दल ना. ३. पात, पत्र।
42262 दल ना. ४. मानव वा मानवेतर प्राणीको जमात; गठ;समूह।
42263 दल ना. ५. वैचारिक दृष्टिले सहमत हुन सक्ने समूहमा एकत्रित पार्टी; राजनीतिक दल; गुट; मण्डली।
42264 दल ना. ६. सेनाको एक समूह वा गुल्म।
42265 दल ना. हठयोगका अनुसार योग गर्ने शरीरभित्रको चक्र; षट्चक्रको पत्र।
42266 दलाक्षर ना. हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर।
42267 दलाक्षर ना. (यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने अक्षरहरू हुन् : - (१) मूलाधार - व, श, ष, स, (२) स्वाधिष्ठान- ब, भ, म, य, र, ल, (३) मणिपूर- ड, ढ, ण, त, थ, द, ध, न, प, फ, (४) अनाहत - क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, (५) विशुद्ध- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः, (६) आज्ञा - ह, क्ष, (७) सहस्रदल- सबै अक्षरहरू।
42268 दलाक्षर ना. )।
42269 दलगत वि. दल वा गुटका स्वार्थसँग सम्बन्धित; दलका आधारमा भर परेको;दलीय।
42270 दलदल ना. १.थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल।
42271 दलदल ना. २. हिलो; पङ्क; गद्दी।
42272 दलदले वि. दलदल परेको; थलथले; धापिलो।
42273 दलन ना. १.कुनै वस्तुलाई दल्ने काम; पिँधाइ।
42274 दलन ना. २. घोट्ने वा रगड्ने काम; रगड; घोटाइ।
42275 दलन ना. ३. विध्वंस; संहार।
42276 दलनमलन ना. दलदाल गर्ने काम।
42277 दलनेता ना. सामाजिक वा राजनीतिक सङ्गठनको सञ्चालन गर्ने प्रमुख व्यक्ति;दलको नायक; पार्टीका नेता।
42278 दलपति ना. दल वा गुटको मुख्य व्यक्ति; दलनेता।
42279 दलबन्दी ना. आआफ्ना मत वा सिद्धान्तअनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी।
42280 दलबल ना. १.लावालस्कर; सेना; फौज।
42281 दलबल ना. २. जहानपरिवार, इष्टमित्र, नोकरचाकर आदिको समूह।
42282 दलबादल ना. १.बादलले सगर ढाके जस्तै गरेर सबैतिरबाट आउने जनसमूह।
42283 दलबादल ना. २. धेरै केटाकेटी वा धेरै छोराछोरी।
42284 दलमुखी वि. दल वा पार्टीतिर झुकाउ भएको (व्यक्ति, सिद्धान्त, नीति आदि)।
42285 दलविहीन वि. कुनै राजनीतिक दल नभएको; पार्टी - प्रणाली नभएको; निर्दलीय।
42286 दलविहीनता ना. दलविहीन हुनाको भाव, अवस्था वा किसिम।
42287 दलहन ना. दालजातका अन्नहरूको समूह (मास, मसुरी, चना, रहर, केराउ आदि)।
42288 दला ना. खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान।
42289 दलाइ ना. दल्ने क्रिया वा प्रक्रिया।
42290 दलाइनु क.क्रि. दल्न लाइनु।
42291 दलाई लामा ना. चीनको स्वशासित प्रान्तमा परिणत हुनुभन्दा पहिलेको तिब्बत राज्य व्यवस्थाका धर्मगुरु र मुख्य प्रशासक; अवतारी लामा; औतारी लामा।
42292 दलाउनु प्रे.क्रि. दल्न लाउनु।
42293 दलाढ्य ना. नदीका छालले भर्खर मात्र छोडेको हिलो; दलदले; धाप;भास।
42294 दलान ना. गारोको सट्टा थामहरू राखेर, आउने जानेहरूलाई बस्न हुने गरी बनाएको खुला छिँढी, सिकुवा।
42295 दलाल ना. कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बिचमा कुरा मिलाई नाफा खाने व्यक्ति।
42296 दलाली ना. १.दलालको काम वा पेसा।
42297 दलाली ना. २. दलालको काम गरेवापत पाउने नाफा।
42298 दलाली ना. वि. ३. दलालले पाउने वा लिने।
42299 दलाली दस्तुर ना. प्रतिशतका हिसाबमा वा अन्य कुनै प्रकारले दलालले पाउने पारिश्रमिक; दलालले पाउने ज्याला वा रकम।
42300 दलाहा वि. दल्न स्वभावको;मिचाहा;अटेरी;सताउने।