Dictionary

All Word

42301 दलाहा वि. स्त्री. दलाही।
42302 दलित वि. १.फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको।
42303 दलित वि. २. दमन गरिएको; थिचिएको; कुल्चिएको।
42304 दलित वि. ३. विध्वंस गरिएको;नष्ट गरिएको।
42305 दलित वर्ग ना. समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह; सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदाय।
42306 दलिन ना. घरको तला छाप्न निदालमाथि तेर्स्याएर राखिने लामो काठ।
42307 दलिन गन्नु टु. उत्तर दिन नसक्नु; नाजवाफ हुनु।
42308 दलिनु क.क्रि. दल्ने काम गरिनु; दाल पारिनु।
42309 दलिल ना. १.आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति।
42310 दलिल ना. २. वादविवाद; तर्कवितर्क; छलफल; बहस।
42311 दलिल ना. ३. विचार; सोच।
42312 दली वि. १.दल वा पत्र भएको; दलयुक्।
42313 दली वि. २. दलबलसहितको; दल भएको।
42314 दली वि. ३. नेवारजातिको एक थर।
42315 दलीय वि. १.दल वा पत्र हुने; दलसम्बन्धी।
42316 दलीय वि. २. दलगत विचार भएको; त्यस्तो राजनीतिक सिद्धान्तलाई मान्यता दिने; पार्टीप्रति झुकाउ भएको।
42317 दलीयता ना. १.दल वा पत्र हुनाको भाव वा स्थिति।
42318 दलीयता ना. २. दल वा पार्टीसम्बन्धी तत्त्व हुनाको भाव वा अवस्था; दलीय भावना।
42319 दलेल ना. सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण।
42320 दलेल भर्ती ना. सेनामा नयाँ जवान भर्ती गरिने काम; सिपाहीको भर्ती।
42321 दलेली ना. १.सैनिक शिक्षाको अभ्यास; सिपाहीको तालिम।
42322 दलेली ना. २. अभ्यास; रफ।
42323 दवाई ना. ओखती; औषधी।
42324 दश ना. १.नौभन्दा पछि आउने सङ्ख्या; १० को अङ्क; सयको दसौँ भाग।
42325 दश ना. वि. २. नौभन्दा पछिल्लो सङ्ख्याको; नौ र एक जोड्दा हुने अङ्कको।
42326 दशक ना. १.दश दश वर्षको समूह।
42327 दशक ना. २. कुनै पनि दशवटा वस्तु समूह।
42328 दशकन्धर ना. रावण।
42329 दशकर्म ना. १.वैदिक विधिअनुसार ब्राह्मणका गर्भाधानदेखि लिएर विवाहपर्यन्तका दश संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दश कर्म।
42330 दशकर्म ना. २. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम।
42331 दशगजा ना. दुई देशका बिचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बिच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा दशगज बराबर हुँदै लम्बिएको सीमा क्षेत्र।
42332 दशगजा ना. (उदा.- नेपाल र भारतको सिमानालाई दशगजाले छुट्ट्याएको छ )।
42333 दशगात्र ना. मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म।
42334 दशगात्र ना. २. मरेका दिनदेखि दसौँ दिनसम्म ढिकुरामा दिइएका पिण्डद्वारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दश अङ्ग।
42335 दशग्रीव ना. दशवटा टाउका भएको, रामायणको प्रतिनायक पात्र; दशकन्धर; रावण।
42336 दशदान ना. विभिन्न ज्ञातअज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सरसौँदो छँदैमा गरिने गाई, तिल, सुन, भूमि, घिउ, कपडा, चाँदी, नुन, सखर र फलाम गरी दशवटा चिजहरूको दान।
42337 दशदिक्पाल ना. दिशाका अधिष्ठाता मानिएका देवता; इन्द्र (पूर्व), अग्नि (आग्नेय), यम (दक्षिण), निर्ऋति (नैर्ऋत्य), वरुण (पश्चिम),मरुत् (वायव्य) कुबेर (उत्तर), ईश (ईशान), ब्रह्मा (ऊर्ध्वदिशा) र अनन्त (अधोदिशा) - यी दश देवता।
42338 दशदिने वि. १.दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव)।
42339 दशदिने वि. २. दश दिनको;दश दिनसम्बन्धी।
42340 दशदुई ना. पासा खेलमा दुई पासामा पन्जापन्जा र एउटा पासामा दुई पर्दा हुने एक दाउ; पासा खेलको बाह्र सङ्ख्याको एक दाउ।
42341 दशधा क्रि. वि. १.दश प्रकारले; दश किसिमले।
42342 दशधा क्रि. वि. २. दश भागमा बाँडिएर; दश खण्डमा।
42343 दशन ना. १.दन्त; दाँ।
42344 दशन ना. २. दाँतले टोक्ने काम।
42345 दशन ना. ३. डस्ने काम; डसाइ।
42346 दशन ना. ४. कवच।
42347 दशनङ्ग्री ना. १.हातका दसैवटा नङ्ग्राको समूह।
42348 दशनङ्ग्री ना. २. आफ्नै पाखुरा, हात र औँला खियाउने परिश्रम; आफ्नै बाहुबल।
42349 दशनाम ना. सन्न्यासीहरूका दश थरी भेद वा थर, आश्रम, तीर्थ, वन, अरण्य, गिरी, पर्वत, सागर, सरस्वती, भारती र पुरी।
42350 दशनामी ना. १.दश भेद भएका सन्न्यासीहरूको एक सम्प्रदाय वा सामूहिक नाम।