Dictionary

All Word

42651 दानीय वि. २. दानका रूपमा दिन सकिने।
42652 दाने वि. १.दान गर्न लायक; दान गरिने।
42653 दाने वि. २. दान गरेको; दिइएको (धनमाल, कपडा इ.)।
42654 दाने वि. ३. दान लिने;दानपात्र।
42655 दाने वि. ४. काम नलाग्ने; रद्दी।
42656 दानेदार वि. १.दानादार।
42657 दानेदार वि. २. खुबी भएको; पौरख भएको।
42658 दानेदार बेत ना. एक प्रकारको असल बे।
42659 दाप्नु स.क्रि. १.हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु।
42660 दाप्नु स.क्रि. २. दुःख दिनु; सताउनु; धड्नु।
42661 दाप्नु स.क्रि. ३. अँठ्‌याउनु; च्याप्नु।
42662 दाप्नु स.क्रि. ४. दबाउनु; थिच्नु।
42663 दाप ना. तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष।
42664 दापा ना. दुवैतिर छालाले मोहोरेको र खरी घसिएको, ढोलकजस्तो, दुवैतिर हातले बजाइने एक प्रकारको ताल बाजा।
42665 दापिनु क.क्रि. हे. दाबिनु।
42666 दाप्चा ना. दाप्सा; तासा; फोसा।
42667 दाब्नु स.क्रि. थिच्नु ; दबाउनु; दाप्नु।
42668 दाबा ना. कुनै वस्तुमाथि आफ्नो हकको जिकिर गर्ने काम;दाबी।
42669 दाबिनु क.क्रि. दाब्ने काम गरिनु; दापिनु।
42670 दाबिले ना. मसिना पात हुने र दाबिलो जस्तै देखिने एक प्रकारको घाँस।
42671 दाबिलो ना. चलाउने टुप्पो भाग हत्केलो जस्तै चेप्टिएको र बिँड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्युँ।
42672 दाबी ना. १.कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम;दाबा।
42673 दाबी ना. २. विपक्षीबाट भराइपाउने बिगो वा धनमालको खास विवरण।
42674 दाबी पत्र ना. आफ्नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुदप्रमाणको लिखत; दाबी लेखिएको कागज।
42675 दाबीवाला वि. दाबी गर्ने।
42676 दाबेदार वि . दाबीका आवश्यक प्रमाण पेस गर्ने; दाबीवाला; दाबा गर्ने।
42677 दाम ना. १.रुपियाँपैसा; मुद्रा; द्रव्य।
42678 दाम ना. २. मूल्य;मोलतोल।
42679 दाम ना. ३. एक पैसाको चार भागको एक भाग (भूमि आदिमा )।
42680 दामकाम ना. १.रुपियाँपैसाको लेनदेनको व्यवहार।
42681 दामकाम ना. २. कुनै वस्तुको मूल्य तोक्ने काम; मोलतोल; मोलमोलाइ।
42682 दामकामी / कामे ना. १.रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति।
42683 दामकामी / कामे ना. वि. २. रुपियाँपैसाका कामसँग सम्बन्धि।
42684 दामकामी / कामे ना. ३. दामकाम गर्ने; मोलतोल गर्ने।
42685 दामपाते ना. दाम जस्तै साना गोल पात हुने र निलो फूल फुल्ने एक किसिमको लहरे घाँस।
42686 दामल ना. जोडी उमेरका; समकालीन; समवयस्क; दौँतर; दाँवल।
42687 दामल ना. १.राणाकालमा प्रचलित, कुनै ठुलो अपराधी वा विद्रोहीलाई शरीरमा 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय।
42688 दामल ना. २. धातुको तताएको मुद्राले डाम्ने काम।
42689 दामली वि. दामलको सजाय पाएको; दामल भएको।
42690 दामली ना. पक्रिएका प्राणीलाई बाँधिराख्ने एक किसिमको पासो; दाम्लो।
42691 दामासही ना. किपटप्रथाअनुसार रु.६/५० र रु. ७/५० वार्षिक तिरो तिर्ने गरी सुब्बाले पाएको जग्गा अरूलाई बन्धकी दिँदा मालपोत कार्यालयमा जम्मा गरिने रकम; किपट जमिनको मालपो।
42692 दामासाही ना. कुनै सामूहिक रकम त्यसको हकदारहरूले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था; भागसान्ती।
42693 दामिनी ना. १.बिजुली; विद्युत्।
42694 दामिनी ना. २. स्त्रीहरूले शिरमा लाउने एक किसिमको गहना।
42695 दामी वि. धेरै मोल पर्ने;महँगो; बहुमूल्य।
42696 दामोदर ना. १.यशोदाले एकचोटि कम्मरमा दाम्लाले बाँधिदिएकाले यो नाम रहेको भनी प्रसिद्ध कृष्णको एक नाम; कृष्ण।
42697 दामोदर ना. २. विष्णु; नारायण।
42698 दामोदर कुण्ड ना. नेपालको मुस्ताङ जिल्लामा पर्ने एक प्रसिद्ध कुण्ड वा पोखरी; सोही तीर्थस्थल।
42699 दामोदर पाँडे ना. नेपालमा वि. सं. १८५८ मा मूल काजी (प्रधानमन्त्री) भएका इतिहासप्रसिद्ध व्यक्ति।
42700 दाम्चो ना. केराको थामको पत्रैपत्र भएको बाहिरी बोक्रो।