Dictionary

All Word

50401 परम्पद ना. हे. परमपद।
50402 परम्परा ना. १. पहिलेदेखि चलिआएको रीतिथिति, अविच्छिन्न रूपले चलिआएको क्रम वा सिलसिला; प्रथा; रूढि।
50403 परम्परा ना. २. क्रमबद्ध समूह; पङ्क्ति।
50404 परम्परा ना. ३. पद्धति; प्रणाली; अनुक्रम।
50405 परम्परा ना. ४. वंश; सन्तति।
50406 परम्परागत वि. १. परम्परादेखि चलिआएको; पहिलेदेखि हुँदै आएको।
50407 परम्परागत वि. २. क्रमैसँग आएको; क्रमागत।
50408 परम्परित वि. परम्परा भएको; सिलसिला भएको; क्रमैसँग रहेको।
50409 परम्परा रूपक ना. साहित्यमा एउटालाई गरेको आरोप अर्कामा पर्न जाँदा हुने रूपक अलङ्कारको एक भेद।
50410 परराष्ट्र ना. १. एक राष्ट्रको दृष्टिमा अर्को राष्ट्र; आफ्नो देशभन्दा भिन्दै देश; अर्को देश।
50411 परराष्ट्र ना. २. मित्रराष्ट्र; विदेश।
50412 परराष्ट्र नीति ना. एक राष्ट्रले अर्का राष्ट्रसँग व्यवहार गर्दा तथा पारस्परिक सम्बन्ध राख्दा अँगालिने नीति वा सिद्धान्त।
50413 परराष्ट्र मन्त्रालय ना. परराष्ट्रसम्बन्धी मामिलाको काम गर्न परराष्ट्रमन्त्रीका मातहतको कार्यालय; विदेशमन्त्रालय।
50414 परल वि. १. परिरहेको; मिल्किरहेको। २ परेको; तयार गर्दा वा किन्दा लागेको (लागत वा मूल्य)।
50415 परलोक ना. १. धर्म तथा पुराणअनुसार, मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ; स्वर्ग।
50416 परलोक ना. २. मृत्यु; मरण।
50417 परलोक गमन ना. परलोकको यात्रा; मृत्यु; मरण।
50418 परलोक प्राप्ति ना. परलोकवास।
50419 परलोकवास ना. मृत्यु; मरण।
50420 परलोकवासी वि. परलोक भएको; मरेको; परलोकमा बस्ने।
50421 परवर वि. संरक्षण गर्ने; पालन गर्ने। (यो शब्दका अन्तमा आउँछ, जस्तै- गरिबपरवर)।
50422 परवर्ती वि. पछि हुने; पछि रहने; पछिल्ला काँटको।
50423 परवश वि. अर्काका अधीनमा रहेको; पराधीन; परतन्त्र।
50424 परवशता परवश हुनाको भाव वा स्थिति; पराधीनता।
50425 परवाद ना. १. पहिलेदेखि चलेर आएको हल्ला; जनश्रुति, किंवदन्ती।
50426 परवाद ना. २. अपवाद; निन्दा।
50427 परवाह ना. हे. पर्बाह।
50428 परशु ना. बन्चरो; कुठार।
50429 परशुराम ना. विष्णुका दश अवतारमध्ये छैटौँ अवतार मानिने एक ॠषि; भृगुवंशी जमदग्नि ॠषिका छोरा।
50430 परसर्ग ना. आफू एक्लैमा स्वतन्त्र अर्थ नहुने तर कुनै धातु वा प्रातिपदिकका पछाडि गाँसिँदा विशेष अर्थ बुझाउने प्रत्ययधर्मी पद ।
50431 परस्त्री ना. आफ्नी पत्नीबाहेककी अन्य स्त्री; पराईकी स्त्री ।
50432 परस्त्रीगमन ना. अर्काकी स्त्रीसँग समागम गर्ने काम; नाठोगिरी।
50433 परस्थानीय वि. १. परतिर रहने; पल्लापट्टि रहने; पछाडि रहने।
50434 परस्थानीय वि. २. अर्काका स्थानको; अर्काको ठाउँसम्बन्धी।
50435 परस्थानीय प्रजाति ना. परस्थानमा रहने प्राणी वा वनस्पतिको सानो उपजाति।
50436 परस्पर क्रि.वि. १. आफू-आफूमा; एक-अर्काका साथ; आपस-आपसमा। ना.
50437 परस्पर क्रि.वि. २. आफूआफू; आफन्त; आपस।
50438 परस्परता ना. १. दुई बिन्दु वा वस्तुका मिल्दाजुल्दा लक्षण वा विशेषता।
50439 परस्परता ना. २. मेल; मिलाप।
50440 परस्परोपमा ना. अर्को उपमा नराखी उपमेयलाई नै उपमानको रूपमा देखाउँदा हुने उपमा अलङ्कारको एक भेद; उपमेयोपमा।
50441 परस्व ना. अर्काको सम्पत्ति; अरूको धन; परद्रव्य।
50442 परहित ना. अर्काको भलाइ; पराईको कल्याण।
50443 परहितैषी वि. परहित गर्ने; अरूको भलाइ चाहने।
50444 परहेज ना. बिरामीले हानिकारक वस्तु नखाने वा मुख बार्ने काम; पथपरहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारना।
50445 परहेजी वि. परहेजमा रहने; स्वास्थ्यका लागि अहित हुने कुराबाट जोगिने; मुख बार्ने।
50446 परा उप. १. शब्दका अगाडि रहेर अर्को, टाढा, अगिल्तिर, ठुलो आदि अर्थ प्रकट गर्ने उपसर्ग (जस्तै- पराक्रम, पराकाष्ठा, पराजय, परामर्श इ.)। ना.
50447 परा उप. २. चार प्रकारका वाणीमध्ये मूलाधारमा रहेको नादरूपी पहिलो वाणी।
50448 परा उप. ३. ब्रह्मविद्या।
50449 परा उप. ४. गङ्गा।
50450 पराइ ना. पर्ने क्रिया वा प्रक्रिया।