Dictionary

All Word

50451 पराइनु क.क्रि. पर्ने लगाइनु; पर्ने पारिनु।
50452 पराई वि. १. आफूदेखि बाहेकको; अर्को; बिरानो। ना.
50453 पराई वि. २. आफन्तबाहेकको व्यक्ति; परचक्री।
50454 पराउनु प्रे.क्रि. १. पर्न लाउनु; पर्ने पार्नु। [पार्+आउ+नु]
50455 पराउनु प्रे.क्रि. २. पार्न लाउनु; पार्ने पार्नु।
50456 पराकाष्ठा ना. निश्चित आयाम वा विषयको अन्तिम सीमा; चरमसीमा; आखिरी हद; पल्लो फाल।
50457 पराक्रम ना. १. शक्ति-सामर्थ्यका साथ गरिने वा हुने कुनै ठुलो काम; बहादुरी; वीरता।
50458 पराक्रम ना. २. उत्साह तथा उद्यमका रूपमा गरिने कुनै राम्रो र ठुलो काम; पौरख; पुरुषार्थ।
50459 पराक्रम ना. ३. अगाडि बढेर कसैमाथि आक्रमण गर्ने काम; जाइकटक; चढाइ।
50460 पराक्रमण ना. १. अर्कामाथि जाइलाग्ने काम।
50461 पराक्रमण ना. २. अर्कामा निहित अधिकार बलपूर्वक आफूमा हस्तान्तरित गर्ने काम।
50462 पराक्रमी वि. पराक्रम भएको; पुरुषार्थी; पौरखी।
50463 पराक्रम्य वि. आक्रमण गर्न लायकको; पराक्रमण गर्न योग्य।
50464 पराग ना. १. फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज।
50465 पराग ना. २. नुहाउनुभन्दा पहिले घसिने सुगन्धी चूर्ण; बुकुवा।
50466 पराग ना. ३. चन्दन; सुगन्धी लेपन।
50467 पराग कण ना. फूलहरूका परागकेलीमा उत्पन्न हुने एक किसिमको उर्वर प्रजननशील तत्त्व।
50468 पराग केसर ना. फूलका गुभामा पराग टाँसिएको सूत्र।
50469 पराग कोष ना. परागकणहरू रहने पुरुषेन्द्रियको एक छेउको भाग।
50470 परागण ना. भमरा आदिले एक फूलको केसर लगेर अर्का फूलमा हालिदिने क्रिया; पराग-सेचन; भालेपोथी फूलहरूको प्रजनन-व्यापार।
50471 परागण कार्य ना. एक फूलमा रहेका शुक्रकीट अर्का फूलका डिम्बमा पर्ने क्रिया।
50472 परागत वि. १. परलोक भइसकेको; मरेको; मृत।
50473 परागत वि. २. लपेटिएको; बेरिएको।
50474 परागत वि. ३. फैलिएको; पाँजिएको।
50475 परागत वि. ४. पछिल्लो वर्णका प्रभावमा परेर अगिल्लो वर्ण पनि पछिल्लो वर्ण जस्तै भएको (जस्तै- भक्त > भत्त आदि)।
50476 पराग सेचन ना. पूर्ण विकसित पराग एकअर्कामा सङ्क्रमण हुने र बीजाधान हुने प्रक्रिया।
50477 पराघौँ वि. आउँदो तेस्रो वर्ष; आघौँपछिको वर्ष।
50478 पराङ्मुख वि. १. विपरीत दिशापट्टि वा पछिल्तिर मुख फर्काएको; मुन्टो फर्काएको; विमुख।
50479 पराङ्मुख वि. २. अनुकूल नभएको; प्रतिकूल।
50480 पराजय ना. युद्ध, खेल, प्रतियोगिता आदिमा हार खाने काम; हार।
50481 पराजित वि. पराजय भएको; हार खाएको; हारेको।
50482 परात्मा ना. १. परमात्मा; परब्रह्म।
50483 परात्मा ना. २. अर्काको आत्मा।
50484 पराधीन वि. अर्काका अधीनमा रहेको; स्वतन्त्र नभएको; परतन्त्र; परवश।
50485 पराधीनता ना. पराधीन हुनाको भाव वा अवस्था; अर्काका अधीनमा रहने काम; परतन्त्रता; परवशता।
50486 पराधीन वाक्य ना. आफू स्वतन्त्र नरही अर्काका अधीनमा रहेको वाक्य; अधीन वा आश्रित वाक्य; गौण वाक्य; अङ्गवाक्य।
50487 परानी ना. माकुराका आकारको, लामालामा खुट्टा हुने, कालो रङको एक प्रकारको किरो; ढिकीच्याउँ; चाकाचुली (किरो)।
50488 परान्त ना. भिउँट।
50489 परान्न ना. १. अरूले दिएको अन्न वा भोजन।
50490 परान्न ना. २. अरूको स्वामित्व भएको अन्न।
50491 परान्न भक्षण ना. अर्काको कमाइ खाएर गरिने पेटपालो।
50492 परान्नभोजी वि. अर्काले दिएको अन्नबाट जीवननिर्वाह गर्ने; परोपजीवी।
50493 परापर वि. १. पर तथा अपर।
50494 परापर वि. २. राम्रो र नराम्रो।
50495 परापर वि. ३. वैशेषिक दर्शनअनुसार परत्व र अपरत्व दुवै गुणले युक्त।
50496 परापूर्व क्रि.वि. १. धेरै वर्षअघि; उहिले। ना.
50497 परापूर्व क्रि.वि. २. कुलपरम्परा; पुर्ख्यौली ।
50498 परापूर्व काल ना. धेरै वर्षअघिको समय।
50499 पराभव ना. १. पतन तथा ह्रास हुन लागेको स्थिति; नाश वा विनाशको अवस्था।
50500 पराभव ना. २. पराजय; हार।