Dictionary

All Word

50601 परिक्रमा ना. १. चारैतिर घुम्ने क्रिया।
50602 परिक्रमा ना. २. देवताको मूर्ति, मन्दिर, पुण्यक्षेत्र आदिलाई दाहिने पारी घुम्ने काम।
50603 परिक्रमा ना. ३. फागुन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमाका दिन समाप्त हुने, देवस्थलहरूको प्रदक्षिणा गरिने एक उत्सव। (यो परिक्रमा जनकपुरबाट थालिई हनुमाननगर, कल्याणेश्वर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनपुर, धनुषा आदि हुँदै फेरि जनकपुरै पुगेपछि समाप्त हुन्छ।)
50604 परिक्रमात्मक वि. १. परिक्रमा गर्ने।
50605 परिक्रमात्मक वि. २. कुनै वस्तुलाई केन्द्र बनाई त्यसैका वरिपरि घुम्ने (अर्को वस्तुको गति वा सञ्चालन)।
50606 परिक्रान्त वि. कुल्चीमिल्ची पारिएको; पदार्पण गरिएको; टेकिएको।
50607 परिक्लान्त वि. ज्यादै थाकेको; थकाइले भुतुक्क भएको; अति थकित।
50608 परिक्लान्ति ना. ठुलो परिश्रम वा थकाइ।
50609 परिक्षालन ना. राम्रोसँग धुने काम; राम्ररी पखाल्ने काम।
50610 परिक्षिप्त वि. १. यताउति फ्याँकिएको; चारैतिर फालिएको, छरिएको वा मिल्काइएको।
50611 परिक्षिप्त वि. २. चारैतिर फैलिएको; पाँजिएको; प्रकीर्ण।
50612 परिक्षिप्त वि. ३. चारैतिर घेरिएको; जेलिएको।
50613 परिक्षिप्त वि. ४. छोडिएको; त्यक्त।
50614 परिक्षिप्ति ना. १. परिक्षिप्त हुनाको भाव वा अवस्था; छराइ; बर्काइ।
50615 परिक्षिप्ति ना. २. फैलाइ; परिक्षेप।
50616 परिक्षेप ना. १. यताउति डुल्ने काम; टहल्ने काम।
50617 परिक्षेप ना. २. चारैतिर फैलाउने काम; फिँजाउने काम; परिक्षिप्ति।
50618 परिक्षेप ना. ३. फाल्ने वा आफल्ने काम; मिल्काउने काम।
50619 परिक्षेप ना. ४. चारैतिर घेर्ने काम; छेकारो मार्ने काम।
50620 परिखा / परिखात ना. नगर वा किल्लामा अरू कोही प्रवेश गर्न नपाऊन् भनी चारैतिर खनिएको खाल्टो वा चारैतिर उठाइएको अग्लो पर्खाल।
50621 परिगणन ना. नबिराईकन राम्ररी गणना गर्ने काम; मिहिनेतसाथको गनाइ; परिगणना।
50622 परिगणना ना. परिगणन।
50623 परिगणनीय वि. राम्ररी गन्न योग्य; गणना गर्न लायक; गनिरहूँ लाग्ने; गनूँगनूँजस्तो लाग्ने।
50624 परिगणित वि. १. गणना गरिएको; गनिएको; गणनामा आएको।
50625 परिगणित वि. २. अनुसूचीमा अङ्कित भएको, परेको वा दरिएको; गणनाद्वारा अनुसूचीमा अङ्कित भएको (आदिवासी, दलित, अल्पसङ्ख्यक आदि जाति वा वर्ग)।
50626 परिगत वि. १. चारैतिर घेरिएको; आवेष्टित।
50627 परिगत वि. २. चौतर्फी ढाकिएको; सर्वव्याप्त।
50628 परिगत वि. ३. राम्ररी जानिएको; परिज्ञात।
50629 परिगत वि. ४. बितिसकेको; विगत।
50630 परिगत वि. ५. मरेको; मृत।
50631 परिगतवृत्त ना. कुनै एउटा वृत्तले अर्को वृत्तलाई घेरेको छ भने सो घेरिएको चाहिँ वृत्त।
50632 परिगति ना. १. घेराइ; आवेष्टन; व्याप्ति।
50633 परिगति ना. २. व्यापक ज्ञान।
50634 परिगति ना. ३. मृत्यु।
50635 परिगमन ना. १. चारैतिर जाने, घेर्ने काम; चौघेरा; आवेष्टन।
50636 परिगमन ना. २. चारैतिर ढाक्ने काम; परिव्याप्त हुने क्रिया।
50637 परिगमन ना. ३. कुनै वस्तु प्राप्त गर्ने काम; प्राप्ति।
50638 परिगर्भिक ना. गर्भिणीको दुध पिउँदा उत्पन्न हुने एक खालको रोग।
50639 परिगृहीत वि. १. ग्रहण गरिएको; स्वीकृत।
50640 परिगृहीत वि. २. पाएको; प्राप्त।
50641 परिगृहीत वि. ३. समातिएको; पकडिएको; अँठ्याइएको।
50642 परिगृहीता वि. विवाह भएकी; परिगृहीत भइसकेकी; विवाहिता।
50643 परिग्रह ना. १. लिने वा ग्रहण गर्ने काम; स्वीकार।
50644 परिग्रह ना. २. चारैतिर घेर्ने काम; घेरा हाल्ने काम।
50645 परिग्रह ना. ३. विवाह।
50646 परिग्रह ना. ४. स्वास्नी; पत्नी; भार्या।
50647 परिग्रह ना. ५. परिवार; जहान।
50648 परिग्रहण ना. १. लिने काम; ग्रहण गर्ने काम; स्वीकार गर्ने काम; स्वीकार; स्वीकृति।
50649 परिग्रहण ना. २. पहिरने काम; धारण गर्ने काम; धारण।
50650 परिग्रह्य वि. १. लिन लायक; स्वीकार गर्न योग्य।