Dictionary

All Word

50701 परिचारक ना. २. रोगीको सेवा-टहल गर्ने व्यक्ति।
50702 परिचारक ना. ४. बस्तु-भाउ, बोट-बिरुवा आदिको स्याहार-सम्भार गर्ने व्यक्ति।
50703 परिचार गाडी ना. घाइते, मुर्दा वा बिरामीलाई ओसार्ने गाडी; एम्बुलेन्स।
50704 परिचार दल ना. १. रोगी, लुला-लङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।
50705 परिचार दल ना. २. आहतोपचारी दल।
50706 परिचारण ना. परिचार।
50707 परिचारिका ना. १. अस्पतालमा उपचारका निम्ति भर्ना गरिएका रोगीहरूको सेवाशुश्रूषा गर्ने आइमाई; सेविका; नर्स।
50708 परिचारिका ना. २. नोकर्नी; सेविका; दासी।
50709 परिचारित वि. १. परिचार गरिएको।
50710 परिचारित वि. २. परिचारिकाको सेवा पाएको (शिशु)।
50711 परिचारी ना. परिचारक।
50712 परिचार्य वि. १. सेवा गर्न लायक; सेव्य।
50713 परिचार्य वि. २. स्याहारसम्भार गर्न लायक; परिसेव्य।
50714 परिचालक वि. १. कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने।
50715 परिचालक वि. २. हल्लाउने; वरिपरि घुमाउने। ना.
50716 परिचालक वि. ३. कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति; सञ्चालक।
50717 परिचालन ना. १. कुनै कार्य वा संस्थाको प्रबन्ध।
50718 परिचालन ना. २. हल्लाउने काम; वरिपरि घुमाउने काम।
50719 परिचालन ना. ३. हिँडडुल गराउने काम।
50720 परिचालित वि. १. चालु राखिएको।
50721 परिचालित वि. २. हल्लाइएको; डोलाइएको; वरिपरि घुमाइएको।
50722 परिचालित वि. ३. हिँडडुल गराइएको।
50723 परिचित वि. १. चिनेजानेको; जानपहिचान भएको; परिचय भएको।
50724 परिचित वि. २. थाहा पाइएको; जानिएको; ज्ञात।
50725 परिचित वि. ३. थुप्य्राइएको; एकत्रित गरिएको; बटुलिएको।
50726 परिचिन्तन ना. १. कुनै विषयमा चारैतिर दृष्टि पुऱ्याई गरिएको सोचाइ।
50727 परिचिन्तन ना. २. कुनै विषयको राम्रो सम्झना; स्मरण।
50728 परिचिन्तन ना. ३. फिक्री; चिन्ता।
50729 परिचिन्तित वि. सोचिएको; स्मरण गरिएको; चिन्ता गरिएको।
50730 परिचिह्न ना. १. हस्ताक्षर; दस्तखत।
50731 परिचिह्न ना. २. छाप वा चिह्न; निसाना; राम्रोसँग लगाइएको चिनु।
50732 परिचिह्नित वि. १. हस्ताक्षर गरिएको; दस्तखत गरिएको।
50733 परिचिह्नित वि. २. छाप वा चिह्न लगाइएको; निसाना लगाइएको।
50734 परिचिह्नित वि. ३. राम्ररी चिनु लगाइएको।
50735 परिचुम्बन ना. प्रेमले विभोर भएर गरिने चुम्बन; धेरै माया गर्दा खाइने म्वाइँ।
50736 परिचुम्बित वि. प्रेमपूर्वक चुम्बन गरिएको; मायाले म्वाइँ खाइएको।
50737 परिचेय वि. १. परिचय गर्न योग्य; जानपहिचान गर्न लायक।
50738 परिचेय वि. २. जान्न लायक; थाहा पाउन योग्य।
50739 परिचेय वि. ३. सञ्चय गर्न योग्य; जम्मा गर्न लायक।
50740 परिच्छद ना. १. कुनै वस्तु वा व्यक्तिलाई माथिबाट ढाक्ने कपडा; झापन; आच्छादान।
50741 परिच्छद ना. २. शरीरमा लगाउने लुगा; पोसाक।
50742 परिच्छद ना. ३. राजाका अगि वा पछि लाग्ने व्यक्ति; अनुचर।
50743 परिच्छद ना. ४. परिजन; परिवार; जहान।
50744 परिच्छेद ना. १. कुनै वस्तु वा विषयलाई खण्ड-खण्डमा विभाजित गर्ने काम; विभाजन।
50745 परिच्छेद ना. २. ग्रन्थको कुनै एक विषयको चर्चा गरिएको अंश; अध्याय; खण्ड; प्रकरण।
50746 परिच्छेद ना. ३. सीमा; अवधि।
50747 परिच्छेद ना. ४. सत्य, असत्य आदिको निर्णय; निश्चय।
50748 परिच्छेदक वि. १. सीमा वा अवधि निर्धारण गर्ने।
50749 परिच्छेदक वि. २. अलग-अलग छुट्ट्याउने; विभाजक।
50750 परिच्छेदन ना. १. काट्ने, टुक्र्याउने र चिरा पार्ने काम।