Dictionary

All Word

50651 परिग्रह्य वि. २. धारण गर्न लायक; लगाउन लायक।
50652 परिघ ना. १. ढोका बन्द गर्न वारपार हुने आग्लो; बिरेआग्लो।
50653 परिघ ना. २. मुद्गर।
50654 परिघ ना. ३. भाला।
50655 परिघ ना. ४. ढोका।
50656 परिघ ना. ५. ज्योतिषशास्त्रअनुसार सत्ताइस विष्कम्भादि योगमध्ये एक।
50657 परिघट्टन ना. वरिपरि वा चारैतिर घुमाईघुमाई घोट्ने क्रिया; पूर्ण घोटा।
50658 परिघट्टित वि. चारैतिर घुमाएर घोटिएको; बेसरी घोटिएको; खुबसँग रगडिएको।
50659 परिघात ना. १. मार्ने काम; वध; हत्या।
50660 परिघात ना. २. प्रहार; हनन।
50661 परिघात ना. ३. नाश गर्ने काम; नष्ट गर्ने क्रिया।
50662 परिघात ना. ४. उल्लङ्घन।
50663 परिघाती वि. १. परिघात गर्ने; मार्ने; वध गर्ने; हत्यारो।
50664 परिघाती वि. २. नष्ट गर्ने; विनाशकारी; संहारकर्ता।
50665 परिघोष ना. १. ठुलो आवाज; भयानक गर्जना।
50666 परिघोष ना. २. अनुचित कुरो; नालायक कामकुरो।
50667 परिङ ना. १. एक जातको बेत।
50668 परिङ ना. २. एक जातको बाँस; एक जातको निगालो।
50669 परिचय ना. १. राम्ररी चिनारी गर्ने वा गराउने काम; जानपहिचान; चिनाजानी; चिनापर्ची।
50670 परिचय ना. २. राम्ररी जम्मा गर्ने क्रिया; एकत्रित गर्ने काम; बटुलो; सँगालो।
50671 परिचय पट्ट ना. कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा अरू कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु, काठ आदिको फलक; सूचनापाटी; परिचयपाटी।
50672 परिचय पत्र ना. १. वस्तुहरूका सम्प्राप्तिको उचित प्रबन्धका लागि हुलाकद्वारा सर्वसाधारणले उपयोग गर्न सक्ने गरी दस्तुर लिई जारी गरिने पत्र।
50673 परिचय पत्र ना. २. कुनै व्यक्तिलाई परिचय गराउनका निम्ति उसको नाम, कार्य आदि विवरण लेखिएको पत्र।
50674 परिचय पत्र ना. ३. कुनै विषय वा संस्थाको उद्देश्य, कार्यप्रणाली आदिको विस्तृत विवरण लेखिएको पत्र वा पुस्तिका।
50675 परिचय पाटी ना. सार्वजनिक तथा ज्ञातव्य सूचनाका निम्ति टाँगिएको काठ, धातु आदिको चिह्न (साइनबोर्ड)।
50676 परिचयात्मक वि. १. आपसमा चिनजान गर्ने वा गराउने।
50677 परिचयात्मक वि. २. कुनै पनि विषय वा वस्तुको चिनारी दिलाउने; परिचय भएको।
50678 परिचयात्मक वि. ३. परिचयसँगसम्बन्धित।
50679 परिचयात्मकता ना. परिचयात्मक अवस्था, भाव वा क्रिया।
50680 परिचर ना. १. नोकर; चाकर; सेवक।
50681 परिचर ना. २. रोगीका सेवा- शुश्रूषा आदिका निम्ति रहेको व्यक्ति।
50682 परिचरण ना. परिचर्या गर्ने काम; सेवा; शुश्रूषा।
50683 परिचरणीय वि. १. सेवा गर्न लायक; परिचरणयोग्य; शुश्रूषा योग्य। ना.
50684 परिचरणीय वि. २. परिचरको कर्तव्य।
50685 परिचरित वि. परिचरण गरिएको।
50686 परिचरिता ना. १. सेवक; परिचर्या गर्ने व्यक्ति; नोकर; चाकर; भृत्य।
50687 परिचरिता ना. २. अस्पतालकी नर्स।
50688 परिचरी ना. १. नोकर्नी; दासी; चाकर्नी; सेविका।
50689 परिचरी ना. २. नर्स।
50690 परिचर्चा ना. कुनै विषयका गुणअवगुण आदिको चौतर्फी चर्चा वा विश्लेषण।
50691 परिचर्या ना. १. आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा- टहल गर्ने काम।
50692 परिचर्या ना. २. जीवन निर्वाहका निम्ति ठुला बडाको सेवाशुश्रूषा गर्ने काम।
50693 परिचायक वि. १. कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; परिचय दिने वा चिनाउने।
50694 परिचायक वि. २. कुनै वस्तु वा विषयको खास रहस्य बताउने। ना.
50695 परिचायक वि. ३. कुनै पदार्थ, विषय, घटना आदिको परिचय दिने वा गराउने वस्तु; सम्झौटो।
50696 परिचायक चिह्न ना. परिचय गराउने खास चिनो (निसान, छाप, नम्बर आदि) ।
50697 परिचार ना. १. परिचारक; परिचर; नोकर; चाकर।
50698 परिचार ना. २. यताउति घुमफिर गर्ने ठाउँ।
50699 परिचार ना. ३. रोगी आदिको सेवाशुश्रूषा गर्ने काम।
50700 परिचारक ना. १. जीवन-निर्वाहका निमित्त ठुलाबडाको सेवा- टहल गर्ने व्यक्ति; सेवक; नोकर; चाकर; दास; भृत्य; परिचार; परिचर।