Dictionary

All Word

50351 परमपद ना. २. मुक्ति; मोक्ष।
50352 परमपिता ना. संसारको सबैभन्दा ठुलो मानिने ईश्वर; परमेश्वर।
50353 परमपुरुष ना. सबभन्दा ठुलो, समर्थ पुरुष; परमेश्वर; विष्णु।
50354 परमभट्टा ना. प्राचीन कालमा कमारा-कमारी किनबेच गर्दा बेच्नेले किन्नेलाई बेचबिखनको बेहोरा लेखी दिने कागत।
50355 परम भट्टारक ना. ठुला राजामहाराजाहरूले पाउने एक प्राचीन उपाधि।
50356 परम भट्टारक महाराजाधिराज ना. लिच्छविकालका राजाहरूलाई विभूषित पार्ने र सम्मान जनाउने शब्द वा प्रशस्ति।
50357 परमर्मज्ञ वि. अर्काको मर्म जान्ने; अर्काको दुःख बुझ्ने।
50358 परमर्षि ना. सबभन्दा ठुला ॠषि; महर्षि।
50359 परमसत्ता ना. १. अनियन्त्रित शक्ति वा अधिकार; पूर्ण तथा अबाध सत्ता।
50360 परमसत्ता ना. २. अधिनायक।
50361 परमसत्ता ना. ३. अधिनायकत्व।
50362 परमहंस ना. १. सन्न्यासीहरूमध्ये माथिल्लो तहको चाहिँ वर्ग वा पद।
50363 परमहंस ना. २. महात्मा।
50364 परमहंस ना. ३. परमेश्वर।
50365 परमाकर ना. सबभन्दा उत्तम अक्षर; ॐ (ओंम्); प्रणव; ओंकार।
50366 परमाङ्गना ना. असल शील-स्वभाव भएकी नारी; उत्तम स्त्री।
50367 परमाङ्गी ना. १. राजाको वा सरकारी उच्च अधिकारीको आज्ञा; प्रमाङ्गी।
50368 परमाङ्गी ना. २. आज्ञा; आदेश; अनुमति।
50369 परमाणु ना. १. कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण।
50370 परमाणु ना. २. कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तत्त्व।
50371 परमाणु ना. ३. वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।
50372 परमाणु बम ना. परमाणुका रचनामा निहित शक्तिलाई एकत्रित गरी तयार गरिएको शक्तिशाली बम।
50373 परमाणुवाद ना. संसारको सम्पूर्ण शक्ति परमाणुबाटै बनेको हो भनी भन्ने एक दार्शनिक सिद्धान्त।
50374 परमाणुवादी वि. परमाणुवादको अनुयायी।
50375 परमात्मा ना. परब्रह्म वा परमेश्वर।
50376 परमादेश ना. तल्लो अदालत, संस्था, अधिकारी आदिलाई कुनै विशिष्ट काम गर्न वा नगर्नका निम्ति सर्वोच्च अदालतले दिने आदेश।
50377 परमाधिकार ना. सर्वोच्च शासकले मात्र प्रयोग गर्न सक्ने विशिष्ट अधिकार।
50378 परमाधिकारी ना. परमाधिकारप्राप्त व्यक्ति।
50379 परमाधिपति ना. राष्ट्रको सर्वोच्च अधिपति (राजा, राष्ट्रपति, अध्यक्षमण्डलको सभापति इ.)।
50380 परमाधिपत्य ना. परमाधिपतिको दायित्व, पद वा अधिकार।
50381 परमानन्द ना. १. ब्रह्माको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रह्मानन्द।
50382 परमानन्द ना. २. परब्रह्म; ईश्वर।
50383 परमानन्द ना. ३. अत्यन्त आनन्द; अति सुख।
50384 परमायु ना. जीवशास्त्रले बताएको पूर्ण आयु; जीवनको सर्वाधिक आयु। (मान्छेको परमायु १०० वर्ष मानेर नेपाली समाजमा आसिक दिँदा बिसासय (एक सय बिस वर्ष) आयु होस् भनिन्छ।)
50385 परमार्थ ना. १. सबैभन्दा महत्त्व को विषय वा अर्थ।
50386 परमार्थ ना. २. मोक्ष; मुक्ति।
50387 परमार्थ सत्य ना. सबैभन्दा ठुलो सत्य; ईश्वरसिद्ध सत्य।
50388 परमार्थवादी वि. वेदान्ती; तत्त्वज्ञ।
50389 परमार्थी वि. परमार्थमा लागेको; मोक्षार्थी।
50390 परमासन ना. राजाका अध्यक्षतामा बस्ने माथिल्लो तहको विशेष इजलास।
50391 परमुखापेक्षी वि. आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अर्काकै परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने; अर्काका भरमा बाँच्ने; परजीवी।
50392 परमेश्वर ना. १. संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म; सगुण ब्रह्म; परमात्मा।
50393 परमेश्वर ना. २. विष्णु।
50394 परमेश्वर ना. ३. शिव।
50395 परमेश्वरी ना. १. सृष्टि, स्थिति र प्रलयकी कारिणी देवी; दुर्गा; महामाया।
50396 परमेश्वरी ना. २. परमेश्वरको शक्ति; आदिशक्ति। वि.
50397 परमेश्वरी ना. ३. परमेश्वरसम्बन्धी।
50398 परमेष्ठी ना. १. सृष्टिकर्ता ब्रह्मा।
50399 परमेष्ठी ना. २. संहारकर्ता शिव।
50400 परमेष्ठी ना. ३. अग्निदेव।