Dictionary

All Word

50201 पयोव्रत ना. उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दुध मात्र खाएर लिइने एक किसिमको व्रत।
50202 पर्नु अ.क्रि. १. खस्नु; झर्नु; गिर्नु।
50203 पर्नु अ.क्रि. २. आइलाग्नु।
50204 पर्नु अ.क्रि. ३. संयुक्त हुनु; मिल्नु।
50205 पर्नु अ.क्रि. ४. आवश्यक हुनु; जरुरत हुनु।
50206 पर्नु अ.क्रि. ५. बल्नु, सल्कनु।
50207 पर्नु अ.क्रि. ६. संयोग हुनु; जरुरत हुनु।
50208 पर्नु अ.क्रि. ७. ठिकठाक हुनु; तयार हुनु।
50209 पर्नु अ.क्रि. ८. कुनै काम गर्ने स्थिति हुनु।
50210 पर:पुंसा ना. आफ्ना पतिदेखि असन्तुष्ट भएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने आइमाई।
50211 पर:श्व क्रि.वि. पर्सि; भोलिको भोलि वा निपर्सिको हिजो।
50212 पर पू.स. १. शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, अर्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.)। प.स.
50213 पर पू.स. २. शब्दका अन्तमा लागेर निमग्न, तल्लीन, उद्यत आदि अर्थ बुझाउने एक प्रत्यय (स्वार्थपर, तत्पर इ.)। वि.
50214 पर पू.स. ३. पराई; अर्को; भिन्न। क्रि.वि.
50215 पर पू.स. ४. टाढा; दूर।
50216 परक प.स. शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय (जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.)।
50217 परकम्प ना. ठुलो भूकम्प भइसकेपछि फेरि-फेरि हुने ससाना कम्प।
50218 परकाय प्रवेश ना. १. योगबलद्वारा अर्काको मृत शरीरमा आफ्नो आत्माको प्रवेश गराउने काम वा साधन।
50219 परकाय प्रवेश ना. २. मरेका मान्छेलाई आफ्नो आत्मा दिएर बचाउने र आफू मर्ने यौगिक विधि।
50220 परकीय वि. अर्कासँग सम्बन्ध रहेको; अर्काको; अन्य जनको; पराईको।
50221 परकीया ना. १. गुप्त तबरले परपुरुषसित प्रेम गर्ने नायिका; नाट्यशास्त्रअनुसार नायिकाका मुख्य दुई भेदमध्ये एक।
50222 परकीया ना. २. अर्काकी पत्नी; परस्त्री; परनारी।
50223 परको वि. टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने। स्त्री. परकी।
50224 परक्क क्रि.वि. १. कुनै वस्तु निमोठिने गरी बटारेर।
50225 परक्क क्रि.वि. २. प्राणी आदिको मुन्टो बटारिने किसिमले।
50226 परक्क क्रि.वि. ३. तेल, घिउ आदिमा तरकारी आदि भुट्ताको आवाज निक्लने गरी।
50227 परक्क क्रि.वि. ४. चाम्रो वस्तु (उखु, मकैको ढोड आदि) भाँचिने वा भाँच्ने किसिमले।
50228 परक्षेत्र ना. १. पराईको वा अर्काको शरीर।
50229 परक्षेत्र ना. २. अर्काको जग्गाजमिन।।
50230 परक्षेत्र ना. ३. अर्काकी स्वास्नी; परस्त्री।
50231 परख ना. कुनै वस्तुमा रहेको गुणदोष, राम्रोनराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम; परीक्षा; पारख।
50232 परखिया ना. सातसाले क्रान्तिपूर्व तराईका मालअड्डाको नौसिन्दाभन्दा तलको अनि लेखनदासभन्दा माथिको कर्मचारी।
50233 परगन्ना ना. प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका; भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराईका मौजे, तप्पालाई दिइएको संज्ञा; प्रगन्ना।
50234 परगेल्नु स.क्रि. १. मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग-अलग छुट्ट्याउनु; छान्नु।
50235 परगेल्नु स.क्रि. २. केलाउनु; अनावश्यक वस्तुलाई फ्याँक्ने र आवश्यक वस्तुलाई राख्ने काम गर्नु।
50236 परगेल्नु स.क्रि. ३. नाउँ काढेर बोलाउनु; नाउँ किट्नु।
50237 परगेलाइ ना. परगेल्ने क्रिया वा प्रक्रिया।
50238 परगेलाइनु क.क्रि परगेल्न लाइनु।
50239 परगेलाउनु प्रे. क्रि. परगेल्न लाउनु।
50240 परगेलाहट ना. परगेल्ने स्थिति, क्रिया वा प्रक्रिया।
50241 परगेलिनु क.क्रि परगेल्ने काम गरिनु।
50242 परचक्र ना. १. शत्रुको राष्ट्र वा सेना।
50243 परचक्र ना. २. शत्रुको आक्रमण।
50244 परचक्र ना. ३. शत्रुको कूटनैतिक चाल।
50245 परचक्री वि. १. अर्को; पराई। ना.
50246 परचक्री वि. २. आफन्तदेखि अतिरिक्त व्यक्ति; पराई मानिस।
50247 परच्छन्द वि. अर्काका अधीनमा रहेको; पराधीन; परतन्त्र।
50248 परच्छन्दानुवर्ती वि. अर्काका इच्छाअनुसार काम गर्ने; अर्काको इसारामा नाच्ने; पराधीन; परमुख।
50249 परजात वि. १. अर्काबाट उत्पन्न भएको; अन्यज।
50250 परजात वि. २. अर्कोद्वारा पालिएको। ना.