Dictionary

All Word

50101 पन्छनु अ.क्रि. रजस्वला हुनु; नछुने हुनु; पर सर्नु; टक्रिनु।
50102 पन्छाइ ना. पन्छने वा पन्छाउने क्रियाप्रक्रिया।
50103 पन्छाइनु क.क्रि. पन्छाउने काम गरिनु; पर सारिनु।
50104 पन्छाउनु स.क्रि. / प्रे. क्रि. पर सार्नु; हे. पन्साउनु।
50105 पन्छिनु१ अ.क्रि. हे. मन्सिनु।
50106 पन्छिनु२ अ.क्रि. १. पर सर्नु; छुट्टिनु।
50107 पन्छिनु२ अ.क्रि. २. अलग रहनु; हट्नु; टाढा पुग्नु।
50108 पन्छिनु२ अ.क्रि. ३. टर्नु।
50109 पन्छिनु२ अ.क्रि. ४. पन्छनु।
50110 पन्छी ना. पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया।
50111 पन्छ्याइ ना. १. पन्छिने क्रिया वा प्रक्रिया।
50112 पन्छ्याइ ना. २. मन्सिने क्रिया वा प्रक्रिया।
50113 पन्छ्याहट ना. पन्छ्याइ।
50114 पन्जा ना. १. हात वा गोडाका पाँच औँलाको समूह।
50115 पन्जा ना. २. पाँच औँलासहितको हत्केलो; लबटो; पौँजा।
50116 पन्जा ना. ३. तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती।
50117 पन्जा ना. ४. पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ।
50118 पन्जा ना. ५. पासाको खेलमा दुई पासामा दुवा-दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ।
50119 पन्जा ना. ६. गलैँचा बुन्दा तानको तनोट र बुनोटको धागो मिलाउन ठोकिने साधन।
50120 पन्जा ना. ७. पाँच औँलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सुती, ऊनी, प्लास्टिक, छाला आदिको खोल।
50121 पन्जा छाप ना. पाँच औँलाको सामूहिक छाप।
50122 पन्जा पत्र ना. राजाबाट बाहुलीद्वारा सिँदुर रङको छाप लगाई बक्स भएको ऐन, सबाल, सनद आदि।
50123 पन्जाब ना. भारतको उत्तर- पश्चिमी भागमा पर्ने भारत र पाकिस्तानमा विभाजित भएको एक प्रदेश।
50124 पन्जाबी वि. १. पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी।
50125 पन्जाबी वि. २. पन्जाबमा बनेको, भएको वा रहेको। ना.
50126 पन्जाबी वि. ३. पन्जाबको भाषा वा निवासी।
50127 पन्जाबी वि. ४. बिचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पिठाको एक प्रकारको रोटी।
50128 पन्जाबी कुर्था ना. आङ, कम्मर आदि चिटिक्क मिल्ने गरी तयार गरिएको जनाना कुर्था।
50129 पन्जाबी सुट ना. लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठुलो हुने, मोहोतामा खिप राखेर बनाइने जोडी पोसाक।
50130 पन्जाबी सुरुवाल ना. कम्मरमा इँजार बाँधिने, जाँघ खुकुलो हुने, मोहोता साँघुरो पारी कलले बाक्लै तगेर सिइएको सुरुवाल।
50131 पन्जु ना. दुई दुवा र एउटामा पोट आउँदा पर्ने पासाको खेलको एक दाउ।
50132 पन्डर ना. पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता धर्का भएको हरियो डाँठ हुने, एक जातको लहरो; त्यसैको फूल। (आयुर्वेदमा यसको गुण खटिरा नाश गर्ने र आँखाको हित गर्ने भनी लेखिएको छ ।
50133 पन्तरो ना. सानोतिनो कुटुरो; पोको; पुन्तुरो ।
50134 पन्थ ना. १. बाटो; मार्ग ।
50135 पन्थ ना. २. कुनै विचार वा दर्शनको सम्प्रदाय; धर्म ।
50136 पन्थ ना. ३. कुनै किसिमको विचार वा दर्शनको मत; सिद्धान्त ।
50137 पन्थी वि. १. बाटो हिँड्ने; यात्री; बटुवा । ना.
50138 पन्थी वि. २. कुनै सम्प्रदायको अनुयायी ।
50139 पन्थी वि. ३. एक नेपाली थर ।
50140 पन्ध्र ना. १. कथ्य. पन्द्र पनि । दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५-को अङ्क। वि.
50141 पन्ध्र ना. २. दश र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने ।
50142 पन्ध्र पोल ना. पौने एक बिसौली ।
50143 पन्ध्रौँ वि. गणनाका क्रमले चौधपछिको सङ्ख्यामा पर्ने; पन्ध्र सङ्ख्याको ।
50144 पन्ना१ वि. विषयवस्तुमा अत्यन्त निपुण; धेरै जान्ने; सिपालु ।
50145 पन्ना२ ना. १. पुस्तक, कापी आदिको पाना; पातो ।
50146 पन्ना२ ना. २. हरियो वा निलो रङको एक जातको बहुमूल्य रत्न; नीलमणि; चन्द्रमणि ।
50147 पन्याइ ना. पन्याउने क्रिया वा प्रक्रिया ।
50148 पन्याइनु क.क्रि. पन्याउने काम गरिनु; खेतमा पानी लगाइनु ।
50149 पन्याइलो वि. पानीको कमी नभएको (खेत आदि) ।
50150 पन्याउनु स.क्रि. खेतमा पानी लगाउनु; बालीनालीमा पानी पटाउनु; सिँचाइ गर्नु ।