Dictionary

All Word

50151 पन्यालो वि. १. कुनै तरल पदार्थ पानीजस्तो पातलो बनेको; पानी झैँ पातलो; पनेलो; तरल ।
50152 पन्यालो वि. २. भित्र पानी भएको र पानीकै जस्तो स्वाद हुने (काँक्रो, पानीअमला आदिजस्तो) ।
50153 पन्युँ ना. भात चलाइने वा पस्किने, दाबिलाका छाँटको प्रायः धातुको साधन; पनिउँ ।
50154 पन्साइ ना. पन्साउने भाव, क्रिया वा प्रक्रिया; पन्छाइ ।
50155 पन्साइनु क.क्रि. पन्साउने काम गरिनु; कुनै वस्तुलाई वरबाट पर सारिनु ।
50156 पन्साउनु स.क्रि. १. कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु ।
50157 पन्साउनु स.क्रि. २. कुनै वस्तुलाई अलग राख्नु; छुट्ट्याउनु।
50158 पन्साउनु स.क्रि. ३. मन नपरेका व्यक्ति वा विषयलाई आफूबाट अलग गर्नु; हटाउनु; पन्छाउनु।
50159 पन्साउनु स.क्रि. ४. देवता, भूतप्रेत आदिका निम्ति केही वस्तु पर सार्नु; छुट्ट्याएर राख्नु ।
50160 पन्सिनु अ.क्रि. १. अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु ।
50161 पन्सिनु अ.क्रि. २. हट्नु; टाढा जानु वा पुग्नु ।
50162 पन्सिनु अ.क्रि. ३. टरेर जानु; टर्नु; पन्छिनु ।
50163 पन्सिनु अ.क्रि. ४. पन्साउने काम हुनु; पन्साइ माग्नु ।
50164 पन्स्याइ ना. पन्सिने भाव, क्रिया वा प्रक्रिया।
50165 पन्स्याहट ना. पन्छ्याइ ।
50166 पपरी ना. चमेरो (पक्षी)।
50167 पपलिन ना. कटन र सिल्कसमेत मिसी तयार गरिएको एक प्रकारको कपडा।
50168 पपिता ना. अँडिरका जस्ता पात हुने, प्राय: हाँगाबिँगा नहुने, पहेँलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै टुप्पातिर केही पातलो हुने लाम्चा भावका ठुला फल टुप्पानेरै झुत्तिने एक जातको बोट; त्यसै बोटको फल पाकेपछि गुदी पहेँलो रङको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल; मेवा; पविता। (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ। )
50169 पपिता फोर्ट ना. मेवाको फलबाट तयार, एक पाचनकारी औषधी।
50170 पप्पी ना. पातहरूमा काँडैकाँडा हुने एक जातको बिरुवा।
50171 पप्लु ना. १. तीन जोर तास मिलाएर रमी वा साइटिङका ढाँचाले खेलिने एक प्रकारको तास-खेल।
50172 पप्लु ना. २. सो खेलमा जोकर पल्टिएकै रङको माथिल्लो दोस्रो पत्ती।
50173 पबितो /पबित्तो वि. हे. पगितो।
50174 पब्लिक ना. १. सर्वसाधारण मानिस; जनता; प्रजा। वि.
50175 पब्लिक ना. २. जनतासम्बन्धी; जनताको।
50176 पब्लिक कम्पनी ना. कम्पनी- कानुनअनुसार चलेको, जनतामा नै स्वामित्व रहेको संस्था।
50177 पब्लिक कम्पनी लिमिटेड ना. कम्पनी कानुनअनुसार चलेको, जनसमूहमा नै त्यसको स्वामित्व रहेको व्यवसायमूलक संस्था।
50178 पब्लिक सर्भिस कमिसन ना. लोकसेवा आयोग।
50179 पम्प ना. १. पानीको नाला; पाइप।
50180 पम्प ना. २. साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन।
50181 पम्प ना. ३. पानी वा रङ घोलिएको तरल पदार्थ चुसेर फ्याँक्ने वा छ्‌याप्ने साधन; पचका; पिच्कारी।
50182 पम्प ना. ४. फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता।
50183 पब्लिक सेट ना. होचो ठाउँमा भएको वा भुईँभित्रको पानीलाई अग्लो ठाउँमा तान्नुपर्दा प्रयोग गरिने यन्त्र; सिँचाइका लागि प्रयोगमा ल्याइने दमकल।
50184 पम्पास ना. दक्षिण अमेरिकामा रहेको अर्जेन्टिना राज्यको समशीतोष्ण तृणभूमि; घाँसे मैदान।
50185 पम्पु ना. हे. पम्प (हावा भर्ने साधन )।
50186 पम्फा ना. १. मसिनो भुवा र कमलो पत्र हुने एक जातको लेकाली फूल। वि.
50187 पम्फा ना. २. सुन्दरताको अभिमान भएकी (स्त्री)।
50188 पम्फा ना. ३. सानोतिनो कुरामा पनि दुःख मान्ने; पिन्चे।
50189 पय ना. १. दुध।
50190 पय ना. २. पानी।
50191 पयठ ना. १. कुनै गह्रौँ वस्तुका निम्ति दिइने भर; आड; सहारा; पैठ।
50192 पयठ ना. २. ठेल्ने काम; पेलाइ।
50193 पयर ना. पाउ; गोडो; खुट्टो।
50194 पयस्विनी ना. १. निरन्तर पानी बगिरहने नदी।
50195 पयस्विनी ना. २. प्रशस्त मात्रामा दुध आउने गाई; दुहुनू गाई।
50196 पयो ना. डोरीको बटारिएको आँठो; डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक; पोयो।
50197 पयोधर ना. १. पानी धारण गर्ने वा बोक्ने पदार्थ; मेघ।
50198 पयोधर ना. २. दुध धारण गर्ने वा रहने अङ्ग; स्तन; फाँचो।
50199 पयोधा/पयोधि/पयोनिधि ना. १. समुद्र।
50200 पयोधा/पयोधि/पयोनिधि ना. २. बादल।