Dictionary

All Word

50051 पधौरे वि. पदुवा; पदौरे।
50052 पन१ प्रत्य. भाववाचक नामशब्द बनाउनका निम्ति गुणवाचक वा जातिवाचक शब्दका पछाडि गाँसिने एक प्रत्यय; पना। (जस्तै- राम्रोपन, बुढोपन, भेडोपन इ.)।
50053 पन२ ना. पक्षपात; पनपच्छे।
50054 पनडुब्बा ना. पानीभित्र लुकेर रहने र कुनै मानिस पानीका छेउछाउमा गएमा तानेर डुबाउँछ भनी लोकले पत्याएको एक प्रकारको पानीभूत।
50055 पनडुब्बी ना. पानीभित्रभित्रै चल्ने एक प्रकारको जहान; सवमेरिन।
50056 पनपक्ष ना. विवेक वा न्यायको विचार नगरी कसैको पक्ष लिने काम; ओड; पनपच्छे; पक्षपात।
50057 पनपक्षी वि. पनपक्ष गर्ने; पक्षपाती।
50058 पनपच्छे ना. पक्षपात; पनपक्ष।
50059 पनबिजुली ना. जलप्रवाहको वैज्ञानिक ढङ्गले गरिएको प्रयोगबाट उत्पन्न हुने विद्युत्शक्ति वा बिजुली।
50060 पना प्रत्य. १. पन (रातोपना; जिउँदोपना इ.)। ना.
50061 पना प्रत्य. २. विशेषता; गुण; बाना।
50062 पनाति ना. नाति वा नातिनीको छोरो; छोरा वा छोरीको नाति।
50063 पनातिनी ना. नाति वा नातिनीकी छोरी; छोरा वा छोरीकी नातिनी।
50064 पनातिने वि. पनाति वा पनातिनीसित सम्बन्ध भएको।
50065 पनातिने जुवाइँ/ज्वाइँ ना. पनातिनीको लोग्ने वा पति।
50066 पनातिने बुहारी ना. पनातिकी स्वास्नी वा पत्नी ।
50067 पनाली ना. पानी बग्ने नल; कुलो; ढल।
50068 पनालो ना. ठुलो आकारको पनाली।
50069 पनि क्रि.वि. समेत; सहित; लगायत।
50070 पनिउँ ना. समात्नेतिर डोलो वा चेप्टो भएको अनि अगाडिपट्टि चेप्टो र फराकिलो रहेको, भात आदि चलाउने वा पस्कने दाबिलोजस्तो साधन; पन्युँ।
50071 पनिर ना. १. दुध फटाएको छोक्रा; छेना।
50072 पनिर ना. २. पानी निचोरिएको दही।
50073 पनेर ना. १. लाम्चा र ठुला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट।
50074 पनेर ना. २. त्यसैको फल।
50075 पनेरु ना. दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको निलो फल।
50076 पनेरू ना. ब्राह्मण जातिको एक थर।
50077 पनेरो१ ना. हे. पँधेरो।
50078 पनेरो२ ना. पँधेरो; कुवा।
50079 पनेर्नी ना. पनेरामा पानी लिन जाने आइमाई; पँधेर्नी।
50080 पनेला ना. गाढा कालो र टल्कने एक जातको कपडा; फलाटिन।
50081 पनेलो वि. हे. पन्यालो; तरल।
50082 पनौती ना. बाह्रबर्से मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ।
50083 पनौतो ना. सधैँ पानी लागिरहने; पानी पुग्ने (जग्गा)।
50084 पनौनी ना. हराएको वस्तु भेट्टाएबापत दिइने इनाम।
50085 पन्च ना. छाला, कागज आदिमा सानो बाटुलो प्वाल पार्ने साधन वा सामान।
50086 पन्चट/पन्चर ना. १. भकुन्डो, मोटर, साइकल आदिमा हावा भरिएको ठाउँमा प्वाल परी हावा छिर्ने कार्य, रबर आदिको ट्युबबाट प्वाल पर्दा हुने, भरिराखेको हावाको उम्काइ। वि.
50087 पन्चट/पन्चर ना. २. त्यसरी हावा बाहिरिन गई बेकम्मा भएको।
50088 पन्चट/पन्चर ना. ३. रद्दी; थोत्रो।
50089 पन्चान्नब्बे ना. १. पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या। वि.
50090 पन्चान्नब्बे ना. २. नब्बे र पाँचका योगको।
50091 पन्चान्नब्बेऔँ / पन्चानब्बेयौँ गणनाका क्रमले पन्चान्नब्बे सङ्ख्यामा पर्ने; पन्चान्नब्बे सङ्ख्याको।
50092 पन्चाली ना. हे. पञ्चवलि।
50093 पन्चे वि. १. दुनोटमा पाँच दोबर; पाँच गुना। ना.
50094 पन्चे वि. २. पञ्चलाई गाली गर्ने शब्द।
50095 पन्चेन लामा ना. तिब्बतको तासीलुम्पो नाउँ भएका गुम्बाका प्रधान धर्मगुरु; तासीलामा।
50096 पन्चे माटो ना. पानी नछिर्ने खालको, पहेँलो किसिमको माटो।
50097 पन्चै वि. हे. पन्चे।
50098 पन्चै बाजा ना. दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभ कार्यमा बजाइने उक्त पाँच प्रकारका बाजा।
50099 पन्चौली वि. पञ्चायती।
50100 पन्चौली सभा ना. पञ्चायती सभा।