Dictionary

All Word

49901 पदपूर्ति प्रश्न ना. बिच-बिचका पदहरू खाली छाडेर सो ठाउँमा पदपूर्ति गर्नका निम्ति सोधिने प्रश्न।
49902 पदबन्ध ना. पद वा शब्दहरूको समूह; हे. पदावली।
49903 पदबिरी ना. पाँचदेखि पन्ध्र सेन्टिमिटरसम्म लामा र डल्लादेखि भालाकारसम्म पात हुने; बैजनी वा गुलाफी भावका फूल फुल्ने र अण्डाकार राता वा काला फल फल्ने एक जातको लहरो। (आयुर्वेदमा यसका पातलाई पौष्टिक बताइएको छ।)
49904 पदभेद ना. नाम, सर्वनाम आदि पदका विभिन्न प्रकार; शब्दभेद; पदकोटि।
49905 पदम ना. १. कमलको फूल; पद्म।
49906 पदम ना. २. आरती- स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा।
49907 पदमचाल/चाल्नु ना. १. कर्कलाका आकारका ठुला पात, खैरा फल, हरियोमा खैरा र पहेँला टीका परेका फूल र पहेँलो ठुलो कन्द हुने, लेकाली जङ्गलमा पाइने एक बुटी; पद्मचारिणी।
49908 पदमचाल/चाल्नु ना. २. आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको त्यसैको अमिलो र ठुलो कन्द।
49909 पदमपुष्कर ना. तेह्रदेखि तिस सेन्टिमिटर अग्लो, लामा- लामा दाँती परेका पात हुने, पहेँलो फूल फुल्ने, डल्ला र लामा फल फल्ने, हिमाली प्रदेशमा हुने एक जातको बुटी। (आयुर्वेदमा यसको जरो पित्तनाशक र पिसाबसम्बन्धी रोगमा हितकारी बताइएको छ। )
49910 पदमिलान ना. वाक्यमा उल्टोपाल्टो परेर रहेका पदहरूलाई ठिक-ठिक ठाउँमा मिलाउने काम; पदन्यास।
49911 पदमिलान प्रश्न ना. कुनै वाक्य वा गद्यांशका पदहरूलाई उल्टोपाल्टो पारेर विद्यार्थीहरूलाई वाक्यमा पदविन्याससम्बन्धी ज्ञान भए-नभएको जाँच्नका निम्ति बनाइने प्रश्न।
49912 पदमुक्त वि. आफ्नो पद वा स्थान छाडेको वा त्यसबाट हटेको (व्यक्ति)।
49913 पदमुक्ति ना. कुनै पद वा दर्जाबाट छुटाउने काम; नोकरी खोसिने क्रिया; बर्खास्तगी; खोसुवा।
49914 पदमैत्री ना. १. विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास।
49915 पदमैत्री ना. २. वाक्य वा छन्दका आदि, मध्य र अन्तमा चमत्कारपूर्ण पदहरूको योजना गर्ने काम; अनुप्रास।
49916 पदमोचन ना. कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम; पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा।
49917 पदयोजना ना. १. कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम।
49918 पदयोजना ना. २. गद्य-रचनामा व्याकरणका नियमअनुसार पदहरूको संयोजन गर्ने काम; पदन्यास।
49919 पदलोलुप वि. दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने; पदको लोभी; ओहदामुखी।
49920 पदलोलुपता ना. पदलोलुप हुनाको भाव, क्रिया वा स्थिति।
49921 पदवि ना. हे. पदवी; दर्जा।
49922 पदविच्छेद ना. समास वा सन्धि भएका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।
49923 पदविराम ना. गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास- खास ठाउँमा हुने विराम वा यति।
49924 पदविराम चिह्न ना. पद, वाक्यांश वा चरणका अन्तमा विश्राम गरिने कुरा बुझाउन प्रयोग गरिने चिह्न; कमा (,); अल्पविराम (;)।
49925 पदवी ना. १. कुनै व्यक्तिलाई योग्यताअनुसार सरकार वा अन्य कुनै संस्थाबाट दिइने उच्च पद वा सम्मानित उपाधि।
49926 पदवी ना. २. प्रतिष्ठासूचक पद; दर्जा; ओहदा।
49927 पदव्याख्या ना. कुनै पद वा शब्दको भेद, वचन, लिङ्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने काम।
49928 पद शिक्षार्थी वि. नोकरी पाउने आशाले कम तलब वा विनातलबमा काम सिक्ने व्यक्ति; सिकारु उम्मेदवार (अप्रेन्टिस )।
49929 पदसङ्गति ना. वाक्यमा व्याकरणका नियमअनुसार लिङ्ग, वचन र पुरुषसम्बन्धी पदहरू मिलाएर राख्ने काम।
49930 पदसङ्घात ना. १. संहितामा छुट्टिएका पदहरू मिलाउने काम।
49931 पदसङ्घात ना. २. टीका; व्याख्या।
49932 पदसूचक वि. पद जनाउने; पदको बोध गराउने।
49933 पदसूचक चिह्न ना. राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा, पट्टा, बिल्ला, पगरी, तोडा, ब्याज आदि)।
49934 पदस्थापन ना. १. लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई कुनै निश्चित ठाउँमा काम गर्ने गरी बहाली गर्ने कार्य (पोस्टिङ)।
49935 पदस्थापन ना. २. पदको स्थापना; दरबन्दी।
49936 पदाइ ना. पाद्ने क्रिया वा प्रक्रिया।
49937 पदाइनु क.क्रि. १. पाद्न लगाइनु; पाद्ने पारिनु।
49938 पदाइनु क.क्रि. २. हाराबारा खेलाइनु।
49939 पदाउनु प्रे. क्रि. १. पाद्न लगाउनु; पाद्ने पार्नु। स.क्रि.
49940 पदाउनु प्रे. क्रि. २. आच्छु-आच्छु खेलाउनु; मुस्किल पार्नु।
49941 पदाउनु प्रे. क्रि. ३. सास्ती दिनु, कष्ट दिनु।
49942 पदाउनु प्रे. क्रि. ४. डन्डीबियोका खेलमा जित्नेले हार्नेलाई 'बजी' भन्दै दौडाउनु; खेद्नु।
49943 पदाक्रान्त वि. गोडाले कुल्चिएको; खुट्टाले थिचिएको; पाउले खुँदेको; पददलित।
49944 पदाघात ना. लात्तीले हान्ने काम; पदप्रहार; लात्तीले भकुर्ने काम; लत्याइ।
49945 पदाति ना. पैदल हिँड्ने सिपाही; पैदल सैनिक; पत्ति।
49946 पदाधिकार ना. कुनै पदमा रहेका अधिकारीले प्रयोग गर्न पाउने अधिकार; अधिकारीमा निहित अधिकार।
49947 पदाधिकारी वि कुनै पदमा रहेर वा नियुक्त भएर अधिकारपूर्वक काम गर्ने अधिकारी; ओहदादार।
49948 पदान्त ना. १. पदको अन्तिम भाग।
49949 पदान्त ना. २. कुनै श्लोक वाद्यका चरणको अन्तिम भाग।
49950 पदारूढ वि पदमा रहेको; पदासीन।