Dictionary

All Word

49851 पथार वि. २. नौनी घिउलाई हातमा राखेर उफार्दै मही निथार्ने काम।
49852 पथार वि. ३. उखेलिएको धान, कोदो आदिका बिउको जरामा अल्झेको माटो पानीमा चोभेर साह्रो ठाउँमा ठोक्तै माटो निथार्ने काम।
49853 पथारपुथुर ना. १. नौनी घिउबाट मही निथार्ने काम।
49854 पथारपुथुर ना. २. धान, कोदो आदिका जरामा टाँसिएको माटो पानीमा पखाल्ने काम।
49855 पथारपुथुर ना. ३. राम्ररी पाँज्ने वा फिँजाउने क्रिया।
49856 पथारा ना. १. रोगी सुत्ने बिछ्यौना; रोगशय्या।
49857 पथारा ना. २. रोगशय्यामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था; थला परेको अवस्था।
49858 पथराइ ना. १. पथार्ने क्रिया वा प्रक्रिया।
49859 पथराइ ना. २. पथरा पर्ने क्रिया वा प्रक्रिया।
49860 पथारिनु क.क्रि. १. पथार्ने काम गरिनु। अ.क्रि.
49861 पथारिनु क.क्रि. २. पथरा परिनु।
49862 पथिक ना. बाटो हिँड्ने व्यक्ति; बटुवा; मुसाफिर।
49863 पथिकाश्रम ना. १. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पाटी, पौवा वा सत्तल।
49864 पथिकाश्रम ना. २. धर्मशाला; अतिथिगृह।
49865 पथी ना. पथिक; बटुवा; यात्री।
49866 पथ्य ना. १. बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ।
49867 पथ्य ना. २. उपयुक्त एवं स्वास्थ्यकर आहार। वि.
49868 पथ्य ना. ३. लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार)।
49869 पथ्यापथ्य ना. रोगीले खान हुने र नहुने तथा बिरामीलाई हित गर्ने वा नगर्ने चिज; पथ्य र अपथ्य आहार।
49870 पथ्रेन/पथ्य्रान ना. ढुङ्गैढुङ्गा भएको जमिन; ढँड्यान; ढाँड।
49871 पद ना. १. गोडो; खुट्टो, पाउ।
49872 पद ना. २. पाइलो; कदम।
49873 पद ना. ३. श्लोकको चरण वा पाउ।
49874 पद ना. ४. वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि।
49875 पद ना. ५. योग्यता, काम वा महत्त्व का आधारमा निश्चित गरिएको दर्जा; पदवी; उपाधि।
49876 पद ना. ६. ठाउँ; स्थान।
49877 पद ना. ७. दान गरिने छाता, जुत्ता, लठ्ठी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र- यी तेह्र थरी वस्तुको समूह।
49878 पदक ना. १. पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा।
49879 पदक ना. २. कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो; तक्मा (मेडल )।
49880 पदक ना. ३. वेदको पाठ गर्ने प्रवीण व्यक्ति।
49881 पदचाप ना. पाइलो राख्ताको आघात; पाइलाको चिह्न।
49882 पदचिह्न ना. पैतालाको डाम; पाइलो।
49883 पदच्छेद ना. वाक्य वा वाक्यांशका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।
49884 पदच्युत वि . आफ्नो पदबाट हटाइएको; नोकरीबाट हटाइएको।
49885 पदच्युति ना. पदबाट हटाउने काम; नोकरीबाट निकाल्ने काम; खोसुवा।
49886 पदतल ना. १. पैतालो।
49887 पदतल ना. २. जुत्ताको तलुवा।
49888 पदत्याग ना. आफ्नो ओहदा वा पदबाट हट्ने काम; जागिर छाड्ने काम; राजीनामा।
49889 पददलित वि . १. खुट्टाले कुल्चिएको।
49890 पददलित वि . २. गर्व चूर्ण पारेर खुट्टामा झुकाइएको वा निहुराइएको।
49891 पददान ना. मृतकका नाउँमा मरेका तेह्रौँ दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औँठी, कमण्डलु, पाकपात्र, पकाएको अन्न, काँचो अन्न, धोती, आसन, द्रव्य आदिको दान।
49892 पदधारी वि. १. कुनै पदमा रहेको वा बहाली भएको; कुनै दर्जा पाएको। ना.
49893 पदधारी वि. २. पदाधिकारी; कर्मचारी।
49894 पदन्यास ना. १. खुट्टा राख्ने काम; गोडाले टेक्ने काम।
49895 पदन्यास ना. २. पाउको चिह्न; पैतालाको डाम; पाइलो।
49896 पदन्यास ना. ३. कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास।
49897 पदपूरक ना. १. कुनै पदको रिक्त स्थान पूर्ति गर्ने काम वा अवस्था। वि.
49898 पदपूरक ना. २. त्यस्तो पद पूरा गर्ने; पदपूर्तिको काम गर्ने (सङ्ख्या, अङ्ग आदि)।
49899 पदपूर्ति ना. १. खाली रहेका पद वा दर्जामा नयाँ व्यक्ति भर्ना गरेर उक्त पद पूरा गर्ने काम।
49900 पदपूर्ति ना. २. परीक्षा आदिका प्रश्नमा तोकिएको कुनै गद्यांशभित्र खाली रहेका ठाउँमा उपयुक्त पद हालेर वाक्य पूरा गर्ने काम।