Dictionary

All Word

49701 पतै ना. २. धानका नलको फेद काटेको छोटो-छोटो टुक्रे पराल।
49702 पतै ना. ३. दाइँ गर्दा धानमा मिसिएको पराल।
49703 पत्कर ना. सुकेर भुईँमा झरेका पातपतिङ्गर वा झारपात।
49704 पत्तन१ वि. खेर गएको; बिग्रेको; कामै नलाग्ने।
49705 पत्तन२ ना. १. सहर; नगर; पट्टन।
49706 पत्तन२ ना. २. मृदङ्ग।
49707 पत्तन आयुक्त ना. नगर-रक्षक।
49708 पत्तनपाला ना. नगरी ।
49709 पत्ता१ ना. १. ठेगाना; पता।
49710 पत्ता१ ना. २. ज्ञान; थाहा।
49711 पत्ता२ ना. १. पात; पत्र।
49712 पत्ता२ ना. २. तास, गन्जिफा आदिको चक्की; पत्ती।
49713 पत्ताइ ना. पत्ताउने क्रिया वा प्रक्रिया।
49714 पत्ताइनु अ.क्रि. १. पातका रूपमा परिणत होइनु।
49715 पत्ताइनु अ.क्रि. २. पत्ताउने होइनु; बत्ताइनु।
49716 पत्ताउनु अ.क्रि. १. मुनाले पातको रूप लिनु।
49717 पत्ताउनु अ.क्रि. २. पातजस्तो हलुको भई यताउति उड्न लाग्नु; बत्ताउनु।
49718 पत्तातोड / पत्तातोल ना. १. बेगिलो कुदाइ।
49719 पत्तातोड / पत्तातोल ना. २. सुइँकुच्चा।
49720 पत्तातोड / पत्तातोल ना. ३. भगाइ; पलायन।
49721 पत्ताल ना. हे. पाताल।
49722 पत्ति ना. १. पैदल हिँड्ने यात्री; पदयात्री।
49723 पत्ति ना. २. पैदल हिँड्ने सिपाही; पदाति।
49724 पत्ति ना. ३. योद्धा; वीर।
49725 पत्ति ना. ४. एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग; पट्टी।
49726 पत्ती ना. १. कागज, कपडा आदिको टुक्रा; पत्र।
49727 पत्ती ना. २. सानो पात।
49728 पत्ती ना. ३. फुलको पत्ता वा दल। ४। तास, गन्जिफा आदिको चक्की।
49729 पत्ती ना. ५. दाह्री काट्ने दुवै किनारमा धार भएको पातलो साधन; ब्लेड।
49730 पत्तु ना. रुपियाँ-पैसा; सिक्का (तुच्छार्थमा)।
49731 पत्तेरो वि. पत्यारिलो; विश्वासिलो।
49732 पत्तो ना. पत्ता; पता।
49733 पत्त्याइ ना. पात्तिने भाव, क्रिया वा प्रक्रिया।
49734 पत्त्याहट ना. पत्याइ; मत्याइ।
49735 पत्थर ना. १. ढुङ्गो; शिला; पाषाण।
49736 पत्थर ना. २. हीरा, यूँ, पन्ना आदि रत्न।
49737 पत्थर ना. ३. पित्ते थैली वा मूत्राशयमा जम्ने ढुङ्गा जस्तै साह्रो वस्तु; पत्थरी। वि.
49738 पत्थर ना. ४. कडा हृदयको।
49739 पत्थरकला/काला ना. १. पुराना समयको एक प्रकारको बन्दुक; पर्काल।
49740 पत्थरकला/काला ना. २. चकमक र पत्थर घोटेर आगो निकाली बारुद सल्काएर पड्काउनुपर्ने सोही बन्दुक।
49741 पत्थर कुङ्कुम ना. नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने, एक प्रकारको बुटी; शैलेय।
49742 पत्थर कोइला ना. प्राङ्गारयुगमा सृष्टि भएको ढुङ्गा वा पत्थरजस्तो प्राङ्गारिक इन्धन; बाल्ने काममा आउने एक प्रकारको खनिज पदार्थ।
49743 पत्थरिलो वि. पत्थरैपत्थर भएको; चारैतिर वा जमिनमुनि समेत ढुङ्गैढुङ्गा भएको; पथ्रेन; ढुङ्गेलो; ढुङ्ग्याने।
49744 पत्थरी ना. १. ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि।
49745 पत्थरी ना. २. खास गरी मृगौला वा पित्तथैलीमा पत्थर जस्तै साह्रो बनी वेदना बढाउने एक खालको रोग।
49746 पत्थरी ना. ३. उक्त रोगद्वारा जमेको पत्थर।
49747 पत्नी ना. विधिपूर्वक विवाह गरेर ल्याइएकी स्त्री; विवाहिता स्त्री; स्वास्नी; भार्या।
49748 पत्नीव्रत ना. विवाहिता स्त्रीबाहेक अरू स्त्रीहरूका साथ सहवास नगर्ने व्रत; स्वनारीव्रत।
49749 पत्याइ ना. पत्याउने भाव, क्रिया वा प्रक्रिया।
49750 पत्याइनु क.क्रि पत्यार गरिनु; पत्याउने काम गरिनु।