Dictionary

All Word

49651 पता ना. ४. रहस्य; भेद; भेउ।
49652 पता ना. ५. ज्ञान।
49653 पताका ना. १. झन्डा वा ध्वजा।
49654 पताका ना. २. चिह्न वा निसान।
49655 पताका ना. ३. साहित्यमा नाटकको मूल कथावस्तुदेखि अतिरिक्त सहायक कथा हुने विशिष्ट स्थल; पताकास्थानक।
49656 पताकास्थानक ना. विचार गरिएको विषय वा प्रस्तुत प्रसङ्गसँग मेल खाने अर्को विषय वा प्रसङ्ग उपस्थित हुने नाटकको स्थल।
49657 पताकी वि. १. पताका भएको; झन्डावाल।
49658 पताकी वि. २. पताका लिने; झन्डा बोक्ने। ना.
49659 पताकी वि. ३. रथ।
49660 पताल ना. हे. पाताल।
49661 पतासी ना. हे. पटासी।
49662 पतिँगर ना. हे. पतिङ्गर।
49663 पतिंवरा ना. आफ्ना इच्छाअनुसार पति वरण गर्ने कन्या; स्वयंवरा।
49664 पति ना. १. कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी।
49665 पति ना. २. कुनै विवाहिता स्त्रीको लोग्ने; पोइ; कान्त।
49666 पति ना. ३. राष्ट्रको सर्वोच्च शासक।
49667 पति ना. ४. पाशुपत दर्शनअनुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त (जगत्को सृष्टि, स्थिति र संहारका कारण) महेश्वर।
49668 पति ना. ५. इज्जत; आबरु; पती; मान; प्रतिष्ठा।
49669 पति ना. ६. जरो; मूल।
49670 पति ना. ७. शाही सेनाको एक उच्च पदाधिकारी; कमान्डर (जस्तो- चमूपति )।
49671 पतिकामा ना. पतिको कामना गर्ने स्त्री।
49672 पतिघातिनी ना. १. पतिलाई मार्ने स्त्री।
49673 पतिघातिनी ना. २. ज्योतिष वा सामुद्रिक शास्त्रअनुसार विधवा हुने योग वा लक्षण भएकी स्त्री।
49674 पति भज्नु अ.क्रि. मन एवं तनले लोग्ने तुल्याउनु।
49675 पतिङर / पतिङ्गर ना. झरेर भुईँमा झरेका पातहरूको समुदाय; पातपतिङ्गर।
49676 पतित वि. १. खसेको; झरेको; गिरेको।
49677 पतित वि. २. जाति, धर्म आदिबाट च्युत भएको।
49678 पतित वि. ३. आचारभ्रष्ट; चरित्रभ्रष्ट।
49679 पतित वि. ४. महापापी; पातकी।
49680 पतित वि. ५. नीच; अधम।
49681 पतित पावन वि. १. पतितहरूको उद्धार गर्ने; अपवित्रलाई पवित्र पार्ने। ना. २ ईश्वर।
49682 पतित पावन वि. ३. ब्रह्मा।
49683 पतिदेवता ना. १. पतिरूपी देवता। ना.
49684 पतिदेवता ना. २. आफ्ना पतिलाई देवतासमान मान्ने स्त्री; पतिव्रता स्त्री।
49685 पतिधर्म ना. पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य। स्त्रीप्रति पुरुष वा पतिले गर्नुपर्ने कर्तव्य।
49686 पतिना ना. बाबरी झार; पुदिना; पदिना।
49687 पतिया ना. नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने गरेको शुद्धि; प्रायश्चित्त।
49688 पतिया पुर्जी ना. जातबाट पतित भएका मानिसलाई आफ्ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी।
49689 पतिवती वि. पति जिउँदै भएकी; सधवा; सौभाग्यवती (स्त्री)।
49690 पतिव्रत ना. पतिको निरन्तर सेवा-शुश्रूषा गरिने व्रत; पातिव्रत्य; पतिप्रतिको अनन्य भक्ति र प्रेम।
49691 पतिव्रता ना. पतिव्रत लिएकी स्त्री; सती।
49692 पती ना. इज्जत; आबरु; हुर्मत।
49693 पतुर्नु अ.क्रि. १. धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आङमा चढाएर काँप्नु।
49694 पतुर्नु अ.क्रि. २. त्यसरी काँप्तै बक्नु।
49695 पतुराइ ना. पतुर्ने भाव, क्रिया वा प्रक्रिया।
49696 पतुरिनु अ.क्रि. पतुर्ने होइनु ।
49697 पतेरो ना. १. बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रङको किरो; पधेरो।
49698 पतेलो ना. १. हाँडी। [पात+एलो]
49699 पतेलो ना. २. बिरुवा (जस्तो-बेला-पतेला)।
49700 पतै ना. १. पराल काटेर पारिएको धुलो; कुटी।