Dictionary

All Word

49751 पत्याउनु स.क्रि. १. कसैको भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; भरोसा गर्नु।
49752 पत्याउनु स.क्रि. २. अरूले भनेको कुरा साँचो सम्झनु; हो भन्ने निश्चय गर्नु।
49753 पत्यान ना. धेरै पात वा पाती भएको ठाउँ; पातीघारी।
49754 पत्यार ना. १. कथ्य. पतेर पनि। कसैका भनाइमा वा कुनै विषयमा सत्यप्रतीति; विश्वास।
49755 पत्यार ना. २. भरोसा; आड।
49756 पत्यार ना. ३. निश्चय; पक्कापक्की।
49757 पत्यारपत्र ना. व्यक्तिको चिनारी गराउने वा विश्वास दिलाउने पत्र; परिचयपत्र।
49758 पत्यारवाला वि. माथवर; पत्यारिलो।
49759 पत्यारिलो वि. पत्यारलाग्दो; विश्वासिलो।
49760 पत्र ना. १. बोटबिरुवाका पात; पत्ती; दल।
49761 पत्र ना. २. चिठी।
49762 पत्र ना. ३. कागत।
49763 पत्र ना. ४. कुनै विषयको प्रामाणिक लेख लेखिएको कागत, धातु, शिला आदिको पातो (दानपत्र, ताम्रपत्र, शिलापत्र आदि )।
49764 पत्र ना. ५. समाचार आदि छापिएको कागज; अखबार।
49765 पत्र ना. ६. पुस्तक, कापी आदिको पातो; पाना।
49766 पत्र ना. ७. बाणका मोठमा लगाइने प्वाँख।
49767 पत्र ना. ८. एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह; खात।
49768 पत्र ना. ५. फूलका पत्ती वा दल।
49769 पत्रकार ना. समाचार, लेख-रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति; पत्र-पत्रिकाको काम गर्ने व्यक्ति।
49770 पत्रकार सङ्घ ना. पत्रकारहरूमध्येबाट निश्चित व्यक्तिहरू छानिएर बसेको सङ्गठन वा समिति।
49771 पत्रकारिता ना. १. पत्रकारले गर्ने काम; पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप।
49772 पत्रकारिता ना. २. पत्रकारहरूको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या।
49773 पत्रपुट ना. पात गाँसेर बनाइएको खोची; दुनु; सोली।
49774 पत्रपुष्प ना. १. सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री।
49775 पत्रपुष्प ना. २. रातो तुलसी।
49776 पत्रपुष्प ना. ३. पात र फूलको समूह।
49777 पत्रपेटिका ना. १. हुलाकमा पठाइने चिठीपत्र, पोस्टकार्ड आदि खसाल्ने बाकस; पत्रमञ्जूषा।
49778 पत्रपेटिका ना. २. बाहिरबाट आएका चिठी, पत्रपत्रिका आदि छोड्नका निमित्त कार्यालय वा घरका भित्तामा ठोकिएको वा टाँसिएको सानो पेटी।
49779 पत्र प्रतिनिधि ना. हप्तामा एक पटक वा सोभन्दा बढी प्रकाशित हुने समाचारपत्रका प्रतिनिधि वा संवादसमितिको प्रतिनिधि।
49780 पत्रभङ्ग ना. युवतीहरूका गाला, छाती, हातहरूमा चन्दन, कस्तूरी आदिद्वारा बनाइने पात, लहरा, फूल आदिको रचना।
49781 पत्रमञ्जूषा ना. हुलाकद्वारा अन्यत्र पठाउनका निम्ति ठाउँ-ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका।
49782 पत्रमित्र ना. एक-अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारद्वारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति।
49783 पत्रमुद्रा ना. एक, पाँच, दश, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याङ्कका मातहतबाट छापी जारी गरिएको) कागज आदिको मुद्रा; कागजी मुद्रा; नोट वा विनासर्त रुपियाँ दिनेबारेको प्रमाणित लेखोट (प्रमिसरी नोट)।
49784 पत्रम्पुष्पम् ना. १. मान्य जनलाई श्रद्धापूर्वक दिइने वस्तु; साधारण उपहार (विनयार्थमा)।
49785 पत्रम्पुष्पम् ना. २. कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक।
49786 पत्ररचना ना. १. हे. पत्रभङ्ग।
49787 पत्ररचना ना. २. चिठी आदि लेख्ने क्रिया।
49788 पत्रवल्लरी ना. हे. पत्रभङ्ग।
49789 पत्रवाचन ना. १. चिठीपत्र पढ्ने काम।
49790 पत्रवाचन ना. २. समाचारपत्र आदि पढ्ने काम।
49791 पत्रवाहक ना. १. पत्र वा चिठी पुऱ्याउने व्यक्ति; कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति।
49792 पत्रवाहक ना. २. पत्र वा प्वाँख भएको जीव; पक्षी।
49793 पत्रवाहक ना. ३. प्वाँख जडान गरिएको हतियार; बाण।
49794 पत्रवितरक ना. बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुऱ्याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन।
49795 पत्रवियोजक ना. हुलाकमा जम्मा भएका विभिन्न क्षेत्र वा ठाउँमा पठाइएका चिठीपत्रहरूलाई क्षेत्र, अञ्चल, जिल्ला, गाउँ आदिका आधारमा भिन्नभिन्न वर्गमा छुट्ट्याउने हुलाक वा डाँकखानाको कर्मचारी (सर्टिङ क्लर्क)।
49796 पत्र व्यवहार ना. परस्परमा चिठीपत्र आदिको आदान-प्रदान गर्ने काम; चिठी लेखालेख गर्ने क्रिया।
49797 पत्रशिरा ना. बोटबिरुवाहरूका पातको नसो।
49798 पत्रसङ्ख्या ना. पत्रको शिरभागमा लेखिने सिलसिलेवार सङ्केत नम्बर; प. सं.।
49799 पत्रसञ्चार ना. एक ठाउँबाट अर्का ठाउँमा चिठीपत्र, खबरकागज आदि ओसारपसार गर्ने काम।
49800 पत्राङ्ग ना. १. रातो चन्दन; रक्तचन्दन।