Dictionary

All Word

49801 पत्राङ्ग ना. २. भोजपत्र; भुर्जपत्र।
49802 पत्राङ्ग ना. ३. उड्ने पुतली वा किरोविशेष।
49803 पत्राचार ना. पत्रव्यवहार।
49804 पत्रात्मक वि. १. कथाभित्रका पात्रहरूले एक-अर्कामा गरेका पत्रव्यवहारद्वारा घटनाबोध गराइएको।
49805 पत्रात्मक वि. २. चिठी लेखिएझैँ शैलीमा लेखिएको।
49806 पत्रालय ना. चिठी, पार्सल, धनादेश (मनी अर्डर) आदि बाहिर पठाउने, बाहिरबाट आएर जम्मा हुने र प्रापकहरूका जिम्मा दिने सरकारी संस्था; डाँकघर; हुलाक; पोस्ट अफिस।
49807 पत्रालाप ना. चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान।
49808 पत्रावली ना. १. पत्रहरूको ताँती वा चाङ।
49809 पत्रावली ना. २. कसैले पठाएका चिठीपत्रहरूको क्रमिक रूपमा गरिएको सङ्ग्रह।
49810 पत्रिका ना. १. निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन।
49811 पत्रिका ना. २. विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका।
49812 पत्रिका ना. ३. चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र।
49813 पत्रिका ना. ४. चिना; टिपन।
49814 पत्रिका ना. ५. आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भित्र्याइने फूलपाती।
49815 पत्रिताश्म ना. पत्रैपत्र भएको ढुङ्गो; पत्रे चट्टान।
49816 पत्री वि. १. पत्र भएको; पत्तीदार।
49817 पत्री वि. २. प्वाँख भएको; प्वाँख हुने। ना.
49818 पत्री वि. ३. चिठीपत्र।
49819 पत्री वि. ४. सानो वा छोटो लेख।
49820 पत्री वि. ५. हे. पत्रिका।
49821 पत्री वि. ६. चिना; जन्मपत्र; टिपन।
49822 पत्री वि. ७. तेजपात।
49823 पत्रु वि. १. काम चलाउँदा चलाउँदा पुरानो भएको; थोत्रो।
49824 पत्रु वि. २. रद्दी; बेकम्मा। ना. ३ काममा नआउने भएका धातुका भाँडाकुँडा।
49825 पत्रे वि. १. पत्र भएको; पत्रदार।
49826 पत्रे वि. २. तहैतह मिलेको; पत्रैपत्र परेको।
49827 पत्रे चट्टान ना. पत्रिताश्म।
49828 पत्रे डाँठ ना. काण्डसँग जोडिएको पातको भाग।
49829 पत्रे सितारा ना. ढुङ्गामा पत्रपत्र परेर टल्किने सितारा जस्तै कण; बोक्सी सितारा।
49830 पत्रैपत्र वि. धेरै पत्र भएको; खातैखात; खापैखाप।
49831 पथ१ ना. १. रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु।
49832 पथ१ ना. २. हलुको र स्वास्थ्यकर खानेकुरा।
49833 पथ१ ना. ३. पाथेय।
49834 पथ२ ना. १. बाटो; मार्ग।
49835 पथ२ ना. २. कार्यपद्धति; कार्यप्रणाली।
49836 पथकर ना. कुनै सडक वा पुलबाट जाने-आउने र मालसामान ल्याउने-लैजाने काम गरेबापत लाग्ने दस्तुर।
49837 पथगामी वि. १. पथ वा बाटामा हिँड्ने; पथिक; बटुवा।
49838 पथगामी वि. २. अनुयायी; अनुगामी।
49839 पथचारी ना. बाटो हिँड्ने; बटुवा; पथिक।
49840 पथदर्शक ना. बाटो देखाउने मानिस; भेगियार; अगुवा व्यक्ति; पथप्रदर्शक।
49841 पथपरहेज ना. रोगीले गर्ने, नगर्ने वा खान नहुने कुरा आदिको अनुशासन; मुख बार्ने काम।
49842 पथप्रदर्शक ना. बाटो देखाउने वा कुनै विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक; मार्गदर्शक।
49843 पथप्रदर्शन ना. बाटो देखाउने काम; कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन।
49844 पथरा ना. १. रोगीको बिछ्‌यौना; रोगशय्या।
49845 पथरा ना. २. रोगी थला परेको अवस्था; पथारा।
49846 पथार्नु स.क्रि. १. पत्थर वा चकलामा मुछेको पिठो राखेर बेल्नाले बेल्नु।
49847 पथार्नु स.क्रि. २. गिलो गोबरको गुइँठा वा डल्ला पार्नु।
49848 पथार्नु स.क्रि. ३. नौनी घिउ हातमा उफार्दै मोही निथार्नु।
49849 पथार्नु स.क्रि. ४. धान, कोदो आदिका जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम गर्नु।
49850 पथार वि. १. थेप्चो वा चेप्टो। ना.