Dictionary

All Word

51001 परिप्लव/ परिप्लावन ना. ४. अत्याचार।
51002 परिप्लव/ परिप्लावन ना. ५. द्रोणकलशबाट सोमरस झिक्ने पात्र।
51003 परिप्लावित वि. १. पानी आदिले बेसरी भिजेको; निथ्रुक्क भिजेको।
51004 परिप्लावित वि. २. चुर्लुम्म डुबेको; परिप्लव वा परिप्लावन भएको।
51005 परिबन्द ना. १. औपचारिक कारण, हेतु वा बेहोरा।
51006 परिबन्द ना. २. रोकावट; प्रतिबन्ध।
51007 परिबन्द ना. ३. घटनाचक्रबाट कुनै किसिमले स्वतः आइपर्ने काम वा कुरो; चारैतिरबाट फन्दामा पर्ने काम।
51008 परिबन्द ना. ४. काकताली, संयोग।
51009 परिबन्ध/ परिबन्धन ना. १. कसेर बाँध्ने काम।
51010 परिबन्ध/ परिबन्धन ना. २. रोकावट; प्रतिबन्ध।
51011 परिबन्ध/ परिबन्धन ना. ३. चौघेरामा परेर फुत्कन नसक्ने स्थिति।
51012 परिभक्षण ना. भएभरको जति सबै खाने कार्य; भएजति सबै भक्षण गर्ने क्रिया; सऱ्यापसुरुप।
51013 परिभक्षित वि. पूरै भक्षण गरिएको; सऱ्यापसुरुप पारिएको।
51014 परिभव ना. १. कसैलाई तिरस्कार गर्ने काम; निन्दा।
51015 परिभव ना. २. अनादर; हेला।
51016 परिभव ना. ३. पराजय; हार; पराभव।
51017 परिभावना ना. १. विचार; चिन्तन।
51018 परिभावना ना. २. चिन्ता; फिक्री।
51019 परिभावना ना. ३. साहित्यमा अतिशय उत्सुकता उत्पन्न गर्ने पद वा वाक्य।
51020 परिभावित वि. १. टम्म मिलेको; संयुक्त।
51021 परिभावित वि. २. राम्ररी विचार गरिएको; गम्भीरतापूर्वक सोचिएको।
51022 परिभावित वि. ३. चारैतिर ढाकिएको; व्याप्त।
51023 परिभाव्य वि. होसियारी वा सोच गर्न लायक।
51024 परिभाव्य धन ना. १. ठुलठुला उपयोगी योजना आदि जिम्मा लिनेसँग जिम्मा दिनेले जमानतका रूपमा लिने अग्रिम धरौटी (सेक्युरिटी)।
51025 परिभाव्य धन ना. २. छात्रहरूले क्षति गरेमा नगदी रूपमा सोधभर्ना गर्ने उद्देश्यले छात्रसँग सत्रारम्भमा लिइएको अग्रिम धरौटी (अर्नेस्टमनी)।
51026 परिभाषक वि. / ना. १. वार्तालाप वा कुराकानी गर्ने।
51027 परिभाषक वि. / ना. २. वक्ता; भाषणकर्ता।
51028 परिभाषक वि. / ना. ३. कसैमाथि निन्दा तथा दोषरोपण गर्ने; निन्दक।
51029 परिभाषक वि. / ना. ४. परिभाषा गर्ने (व्यक्ति)।
51030 परिभाषण ना. १. कुराकानी; वार्तालाप।
51031 परिभाषण ना. २. दुर्वचन बोल्ने वा गाली गर्ने काम।
51032 परिभाषण ना. ३. परिभाषा गराइ।
51033 परिभाषा ना. १. कुनै शब्द वा पदको अर्थ वा भाव निश्चित रूपमा स्पष्ट गर्ने कथन; व्याख्या; लक्षण।
51034 परिभाषा ना. २. कुनै कुराको सामान्य गुण र विशेष गुण दुवैको उल्लेख गरी दिइएको परिचय।
51035 परिभाषा ना. ३. कुनै वस्तुको स्वरूप, गुण, विशेषता आदिको यथार्थ ज्ञान गराउने लक्षण।
51036 परिभाषा ना. ४. कुनै शास्त्र वा विद्याका क्षेत्रमा विशिष्ट अर्थमा प्रयुक्त हुने शब्द; पारिभाषिक शब्द।
51037 परिभाषा ना. ५. आफूले प्रयोग गर्नाका निम्ति शास्त्रकारहरूले रचेका विशिष्ट संज्ञा।
51038 परिभाषा ना. ६. कुराकानी; वार्तालाप।
51039 परिभाषा ना. ७. टीका; व्याख्या।
51040 परिभाषित वि. १. परिभाषा गरिएको; परिभाषा दिइएको।
51041 परिभाषित वि. २. राम्ररी भनिएको।
51042 परिभाषी वि. १. राम्ररी बोल्ने वा भाषण गर्ने।
51043 परिभाषी वि. २. परिभाषा दिने वा गर्ने।
51044 परिभाष्य वि. १. परिभाषा गर्न वा गरिन योग्य।
51045 परिभाष्य वि. २. भन्न लायक।
51046 परिभुक्त वि. १. परिभोग गरिएको वा राम्ररी भोगिएको; अनुभव गरिएको।
51047 परिभुक्त वि. २. उपभोग गरिएको; उपभुक्त।
51048 परिभूषण ना. १. राम्ररी सजाउने वा शृङ्गार गर्ने काम।
51049 परिभूषण ना. २. कुनै एक प्रदेशको आम्दानी विपक्षी देशलाई दिएर गरिएको सन्धि वा मिलापत्र।
51050 परिभूषित वि. १. राम्ररी सजाइएको वा सिँगारिएको।