Dictionary

All Word

51151 परिरक्षित वि. चारैतिरबाट रक्षा गरिएको; सुरक्षित; संरक्षित; पूर्ण रक्षित।
51152 परिरक्षिता/परिरक्षी वि. पूर्ण रूपले रक्षा गर्ने; परिरक्षक।
51153 परिरूप ना. १. भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा; प्रारूप।
51154 परिरूप ना. २. कुनै कलात्मक कृति वा सजावटसम्बन्धी पूर्वकल्पना।
51155 परिरूप ना. ३. सोअनुसार कपडा, काठ आदिमाथि फूल, बुट्टा वा यस्तै कुरा बनाउने विशेष सिप वा ढङ्ग; रूपाङ्कन; डिजाइन।
51156 परिरूपक ना. रूपाङ्कन गर्ने वा रूपरेखा तयार गर्ने व्यक्ति; नक्सा आदि बनाउने व्यक्ति; प्रारूपक।
51157 परिलक्षित वि. १. वरिपरिका वस्तुस्थितिबाट लख काटिएको।
51158 परिलक्षित वि. २. चाहेको; खोजेको।
51159 परिलक्षित वि. ३. देखाइएको; निर्दिष्ट।
51160 परिलक्षित वि. ४. लक्ष्य गरेको; ताकेको।
51161 परिलक्ष्य ना. १. सोचविचारपूर्वक निर्धारित वा स्वीकृत लक्ष्य; निर्दिष्ट उद्देश्य। वि.
51162 परिलक्ष्य ना. २. परिलक्षित गर्न योग्य।
51163 परिलङ्घन ना. १. उफ्रेर कुनै वस्तु वा अग्लो ठाउँ नाघ्ने काम।
51164 परिलङ्घन ना. २. उल्लङ्घन।
51165 परिलङ्घित वि. नाघिएको; उल्लङ्घन गरिएको।
51166 परिलब्ध वि. अतिरिक्त रूपमा उपलब्ध भएको।
51167 परिलब्धि ना. निर्धारित वेतन वा वृत्तिदेखि बाहेक दिइने भत्ता वा शुल्क; अनुलाभ; अतिरिक्त आम्दानी।
51168 परिलाभ ना. कुनै पदमा रही काम गर्दा सेवा आदिको कारण वेतनबाहेक भएको उपरि लाभ (पुरस्कार आदि)।
51169 परिलिखित वि. चारैतिर रेखा आदिले घेरिएको; वृत्तले घेरिएको।
51170 परिलेख ना. १. रेखाचित्र; खाका।
51171 परिलेख ना. २. ठुलो अधिकारी भएका ठाउँमा पठाइने कुनै कुराको विवरण।
51172 परिवञ्चन/परिवञ्चना ना. अर्कालाई फकाईफुल्याईकन ठग्ने काम।
51173 परिवञ्चनीय वि. परिवञ्चनाको लायक; ठग्न लायक।
51174 परिवञ्चित वि. फकाएर ठगिएको; वञ्चित पारिएको।
51175 परिवर्जन ना. कुनै वस्तु, ठाउँ आदिलाई राम्रैसँग छाड्ने काम; परित्याग।
51176 परिवर्जनीय वि. राम्रैसँग छाड्न योग्य; परित्याग गर्न लायक।
51177 परिवर्जित वि. राम्रैसँग छाडिएको; परित्याग गरिएको।
51178 परिवर्तक वि. १. घुम्ने वा चक्कर खाने।
51179 परिवर्तक वि. २. घुमाउने; रिँगाउने।
51180 परिवर्तक वि. ३. सट्टापट्टा गर्ने; विनिमय गर्ने।
51181 परिवर्तक वि. ४. युगको अन्त गर्ने; नयाँ युग आरम्भ गर्ने।
51182 परिवर्तन ना. १. एक थरी रूप, अवस्था, गुण आदिबाट अर्का थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने क्रिया; हेरफेर; अदलाबदली।
51183 परिवर्तन ना. २. उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम; सुधार्ने काम।
51184 परिवर्तन ना. ३. साटफेर; विनिमय।
51185 परिवर्तन ना. ४. फेरो; चक्कर।
51186 परिवर्तन ना. ५. चक्कर लगाउने काम; परिभ्रमण।
51187 परिवर्तन ना. ६. वर्किने फर्किने काम।
51188 परिवर्तन ना. ७. कुनै पुरानो युगको अन्त र नयाँ युगको आरम्भ।
51189 परिवर्तनवाद ना. कुनै पनि चलिरहेको परम्परा, विधान, सामाजिक बनोटको ढाँचा आदि कुरा परिस्थितिअनुसार बदलिरहनुपर्छ भन्ने विचार।
51190 परिवर्तनवादी वि. १. परिवर्तनवादप्रति विश्वास गर्ने। ना.
51191 परिवर्तनवादी वि. २. परिवर्तनवादको अनुयायी।
51192 परिवर्तनशील वि. परिस्थितिअनुसार परिवर्तन भइरहने; हेरफेर वा अदली-बदली गर्न सकिने।
51193 परिवर्तनीय वि. १. परिवर्तन हुन वा गर्न योग्य; हेरफेर गर्न लायक।
51194 परिवर्तनीय वि. २. परिवर्तनको अधीनमा रहेको।
51195 परिवर्तित वि. १. परिवर्तन गरिएको; अदलबदल गरिएको।
51196 परिवर्तित वि. २. सट्टापट्टा गरिएको; विनिमय गरिएको।
51197 परिवर्तित वि. ३. घुमाइएको।
51198 परिवर्तित वि. ४. फर्केको; फिरेको।
51199 परिवर्तित किरण ना. कुनै परावर्त्य वस्तुमा परेर फर्केको किरण।
51200 परिवर्तिनी ना. १. भाद्रकृष्ण एकादशी। वि.