Dictionary

All Word

51101 परिमार्गी वि. खोजखबर गर्ने; पत्ता लगाउने।
51102 परिमार्जक वि. १. परिमार्जन गर्ने।
51103 परिमार्जक वि. २. धुने; पखाल्ने।
51104 परिमार्जक वि. ३. सफा-सुग्घर गर्ने।
51105 परिमार्जन ना. १. राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम।
51106 परिमार्जन ना. २. लेखरचनामा रहेका दोष, त्रुटि आदिलाई हटाएर राम्रो तुल्याउने काम।
51107 परिमार्जन ना. ३. गुणात्मक विकास वा परिष्कार।
51108 परिमार्जन ना. ४. कुनै मिश्रित वस्तुलाई रासायनिक विधिद्वारा निक्खर वा चोखो पार्ने काम।
51109 परिमार्जित वि. १. राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको।
51110 परिमार्जित वि. २. दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको; परिष्कृत।
51111 परिमित वि. १. नापिएको वा तौलिएको; नापतौल गरिएको; नाप लिइएको।
51112 परिमित वि. २. परिमाणमा घटी वा बढी नभई ठिक मात्रा भएको; ठिक्कको।
51113 परिमित वि. ३. सीमित।
51114 परिमित वि. ४. थोरै; अत्यल्प।
51115 परिमितायु वि. पूरा आयु नहुने वा नभएको; अल्पायु।
51116 परिमिताहार वि. थोरै खाने; अल्प आहार भएको।
51117 परिमिति ना. १. परिमाण; नापो।
51118 परिमिति ना. २. अवधि।
51119 परिमिति ना. ३. सीमा।
51120 परिमिलन ना. १. भेटघाट; संयोग; मिलन।
51121 परिमिलन ना. २. छुने काम; स्पर्श गराइ।
51122 परिमिलित वि. १. राम्ररी मिलेको; संयुक्त।
51123 परिमिलित वि. २. भेटघाट गरिएको।
51124 परिमुक्त वि. राम्ररी मुक्त भएको; उन्मुक्त; पूरै स्वच्छन्द।
51125 परिमुक्ति ना. राम्ररी भएको मुक्ति; उन्मुक्ति।
51126 परिमेय वि. १. परिमाण लिन योग्य।
51127 परिमेय वि. २. तौलन लायक।
51128 परिमेय वि. ३. नाप, तौल वा गन्ती गर्न सकिने।
51129 परिमेय वि. ४. थोरै; अल्प।
51130 परिमेय वि. ५. सीमित।
51131 परिमोक्ष ना. १. पूर्ण रूपले पाएको मुक्ति; निर्वाण।
51132 परिमोक्ष ना. २. छोड्ने काम; परित्याग।
51133 परिमोक्ष ना. ३. दिसा गर्ने काम; मलत्याग।
51134 परिमोक्ष ना. ४. विष्णु।
51135 परिमोक्षण ना. १. परिमोक्ष।
51136 परिमोक्षण ना. २. नेतीधौतीद्वारा शरीरका भित्री अवयव सफा गर्ने एक यौगिक विधि।
51137 परिम्लान वि. १. एकदम म्लान; निन्याउरो; झ्याउरो।
51138 परिम्लान वि. २. ओइलाएको; ओल्याङमल्याङ परेको।
51139 परिम्लायी वि. १. हे. परिम्लान। ना.
51140 परिम्लायी वि. २. आँखाका नानीमा पैदा भई सर्वत्र पहेँलो वा तिरमिर उज्यालो हुने एक रोग; तैमिरिक।
51141 परियार ना. १. परिवार।
51142 परियार ना. २. दमाईँको एक थर। स्त्री. परियार्नी।
51143 परियोजक ना. परियोजना तयार पार्ने; परियोजनाकार।
51144 परियोजना ना. १. कुनै पनि विषयवस्तुको सम्पूर्णतालाई ध्यानमा राखी सोसम्बन्धी कार्य सम्पन्न गर्नका निम्ति बनाइएको योजना (प्रोजेक्ट )।
51145 परियोजना ना. २. मनमा सोचेर अगाडि आउने स्थितिको अनुमान लगाएर गरिएको योजना वा परिकल्पना।
51146 परियोजित वि. परियोजना तयार पारिएको।
51147 परिरक्षक वि. सबैतिरबाट रक्षा गर्ने वा बचाउने; संरक्षक; सुरक्षक।
51148 परिरक्षण ना. १. चारैतिरबाट गरिने रक्षा; संरक्षण; सुरक्षा; पूर्ण रक्षा।
51149 परिरक्षण ना. २. कुनै चलअचल सम्पत्ति सुचारु रूपले राख्ने काम वा सो बारेमा लाग्ने खर्चको रकम।
51150 परिरक्षणीय वि. परिरक्षण गर्न योग्य; संरक्षणीय।