Dictionary

All Word

51201 परिवर्तिनी ना. २. घुम्ने; चक्कर मार्ने; परिवर्तनशील।
51202 परिवर्त्य वि. १. परिवर्तन गर्न सकिने; हेरफेर गर्न सकिने।२. साट्न सकिने; विनिमय गर्न सकिने।
51203 परिवर्द्धन ना. राम्ररी बढ्ने क्रिया; सप्रने प्रक्रिया; परिवृद्धि।
51204 परिवर्द्धित वि. परिवर्द्धन गरिएको वा भएको।
51205 परिवहन ना. १. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम।
51206 परिवहन ना. २. मोटर, गाडा, जहाज आदिद्वारा एक ठाउँबाट अर्का ठाउँमा मालसामान सार्ने काम।
51207 परिवहन ना. ३. तरल पदार्थका अणु तातेपछि चिसा अणुलाई तताउँदै लैजाने तरल पदार्थमा हुने तापको प्रसारण।
51208 परिवहन खर्च ना. परिवहन वा मालसामानको ओसारपसारमा लाग्ने खर्च।
51209 परिवहन व्यवस्थापक ना. रेल, मोटर, जहाज आदि सवारी गाडीबाट आवतजावत गर्ने यात्री तथा मालसामानका परिवहनको व्यवस्था गर्ने अधिकारी।
51210 परिवाद ना. १. कसैप्रति गरिने हेला; निन्दा; अनादर।
51211 परिवाद ना. २. सिकायत।
51212 परिवादक वि. १. परिवाद वा निन्दा गर्ने; निन्दक।
51213 परिवादक वि. २. मुद्दा लड्ने; वादी।
51214 परिवादक वि. ३. वीणा बजाउने।
51215 परिवादिनी ना. सातवटा तार हुने एक प्रकारको वीणा बाजा।
51216 परिवादी वि. १. निन्दा गर्ने; अपवाद फिँजाउने।
51217 परिवादी वि. २. परिवादक।
51218 परिवार ना. १. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह।
51219 परिवार ना. २. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान।
51220 परिवार ना. ३. नातादार र कुटुम्ब आदि समूह।
51221 परिवार ना. ४. सजातीय व्यक्तिहरूको समूह; वर्ग।
51222 परिवार ना. ५. कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन।
51223 परिवार नियोजन ना. परिवारमा छोराछोरीको सङ्ख्या बढ्न नदिने काम; सन्तान उत्पादनमा गरिने नियन्त्रण; सन्तति निग्रह।
51224 परिवित्त ना. दाजुको विवाह नगरीकन विवाह भएको (भाइ)।
51225 परिवित्ति ना. दाजुको भन्दा पहिले भएको भाइको विवाह।
51226 परिविहार ना. अघाउँजी यताउति डुल्ने वा घुमफिर गर्ने काम; चारैतिर घुमफिर गर्ने क्रिया।
51227 परिवृत्त वि. १. घुमाइएको, रिङाइएको वा फर्काइएको।
51228 परिवृत्त वि. २. हेरफेर गरिएको; बदलिएको।
51229 परिवृत्त वि. ३. घेरिएको; बेरिएको; आवेष्टित। ना.
51230 परिवृत्त वि. ४. आलिङ्गन; अँगालो।
51231 परिवृत्त वि. ५. कुनै कार्य, घटना आदिबारे अरूको जानकारीका निम्ति प्रस्तुत गरिने सङ्क्षिप्त विवरण।
51232 परिवृत्ति ना. १. घुम्ने काम; फेरो लगाउने काम।
51233 परिवृत्ति ना. २. घेराइ; बेह्राइ; आवेष्टन।
51234 परिवृत्ति ना. ३. अदलबदल; परिवर्तन; बदलाइ।
51235 परिवृत्ति ना. ४. सट्टापट्टा; विनिमय।
51236 परिवृत्ति ना. ५. घटी र बढी वस्तुको साटफेर भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
51237 परिवृत्ति ना. ६. एक शब्दका ठाउँमा उही अर्थ व्यक्त गर्न अर्को शब्द प्रयोग गर्ने अर्थात् पर्यायवाची शब्द राख्ने काम। (जस्तो- 'कमललोचन' - का स्थानमा पद्मनयन, 'चरणकमल'- का स्थानमा 'पादपद्म' इ.)।
51238 परिवृद्ध वि. १. खुब बढेको; हलहली बढेको; राम्रोसँग बढेको।
51239 परिवृद्ध वि. २. पूरै पाको।
51240 परिवृद्धि ना. राम्ररी बढ्ने क्रिया; सम्यक् वृद्धि;, हल्काइ।
51241 परिवेत्ता ना. १. दाजुको भन्दा पहिले विवाह गर्ने भाइ।
51242 परिवेत्ता ना. २. दाजुको भन्दा पहिले अग्निहोत्री ग्रहण गर्ने भाइ; परिवित्त।
51243 परिवेश ना. १. चारैतिरबाट भएको घेराइ; परिवेष्टन।
51244 परिवेश ना. २. सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल; सभा।
51245 परिवेश ना. ३. परिधि; सीमा।
51246 परिवेश ना. ४. वातावरण।
51247 परिवेष्टक वि. परिवेष्टन गर्ने; चारैतिरबाट घेर्ने।
51248 परिवेष्टन ना. १. वरिपरिबाट घेर्ने काम; चारैतिरको घेराइ; छेकाइ, लपेटाइ; बेह्राइ।
51249 परिवेष्टन ना. २. परिधि; घेरा।
51250 परिवेष्टित वि. १. चारैतिरबाट घेरिएको; छेकारो मारिएको।