Dictionary

All Word

51351 परीक्षण ना. १. परीक्षा लिने काम; सम्बन्धित विषयमा योग्य छ-छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम; जाँच गर्ने काम।
51352 परीक्षण ना. २. पारख गर्ने काम।
51353 परीक्षण काल ना. कुनै नयाँ कर्मचारी सम्बन्धित कामका निम्ति योग्य छ छैन भनी पारख गर्ने निश्चित अवधि।
51354 परीक्षण दर्ता ना. छ महिनाको अवधिका निम्ति गरिने दर्ता।
51355 परीक्षमाण वि. १. परीक्षणकालमा राखिएको।
51356 परीक्षमाण वि. २. परीक्षा भइरहेको।
51357 परीक्षा ना. १. योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम; जाँच गर्ने काम; जाँच; जँचाइ।
51358 परीक्षा ना. २. कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका निम्ति गरिएको प्रयोग; पारख।
51359 परीक्षा ना. ३. प्राचीन न्यायालयमा अभियुक्त वा साक्षीको सच्चाइ जाँच्ने क्रिया; दिव्यपरीक्षा।
51360 परीक्षा ना. ४. तर्क, प्रमाण आदिबाट कुनै वस्तुका यथार्थ तत्त्वको निरूपण गर्ने काम; निष्पक्षता।
51361 परीक्षा नियन्त्रक ना. परीक्षा विभागको उच्च अधिकृत।
51362 परीक्षा प्रमुख ना. परीक्षा सम्बन्धी काम गर्ने प्रमुख अधिकारी।
51363 परीक्षा भवन ना. परीक्षार्थीहरूले परीक्षा दिने घर वा ठाउँ; परीक्षालय।
51364 परीक्षार्थी ना. परीक्षा दिने व्यक्ति; परीक्षा दिन चाहने व्यक्ति।
51365 परीक्षालय ना. परीक्षास्थल; परीक्षाभवन।
51366 परीक्षा विभाग ना. परीक्षासम्बन्धी कामकारोवार हुने विभाग।
51367 परीक्षा शाखा ना. शिक्षणसंस्थाअन्तर्गतका प्रशासनिक निकायहरूमध्येको परीक्षासम्बन्धी कामकारोबार गरिने फाँट वा विभाग।
51368 परीक्षा सञ्चालक ना. परीक्षा सञ्चालन गर्ने अधिकारी।
51369 परीक्षा सञ्चालन ना. परीक्षासम्बन्धी काम।
51370 परीक्षा स्थल ना. परीक्षाभवन; परीक्षालय।
51371 परीक्षित् ना. महाभारतप्रसिद्ध अर्जुनको नाति तथा अभिमन्युको छोरो; सर्पयज्ञ गर्ने जनमेजयको बाबु।
51372 परीक्षित वि. १. परीक्षा गरिएको; जाँच लिइएको; जाँचिएको।
51373 परीक्षित वि. २. पारख गरिएको।
51374 परीक्ष्य वि. परीक्षा गर्न योग्य; जाँच गर्न लायक।
51375 परुत् क्रि.वि पोहोर; गत वर्ष।
51376 परुष वि. १. कठोर; कडा।
51377 परुष वि. २. रुखो; कर्कश; अप्रिय।
51378 परुष वि. ३. तीव्र; उग्र।
51379 परुष वि. ४. निष्ठुर; निर्दय।
51380 परुष वि. ५. नीरस; रसविहीन।
51381 परुषाक्षर वि. कडा र रुखो शब्द प्रयोग गर्ने।
51382 परुषावृत्ति ना. वीररसका निम्ति उपयुक्त, ओजगुणप्रधान, टवर्गीय द्वित्वीभूत तथा संयुक्त वर्णका साथै रेफ, श, ष आदि कठोर वर्ण र लामालामा समासयुक्त शब्दद्वारा काव्यको रचना गर्ने एक रीति।
51383 परुषोक्ति ना. निष्ठुर वचन; कठोर बोली।
51384 परेखिया ना. अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया।
51385 परेठ/परेड ना. सैनिकहरूको तालिम वा शिक्षा; कवायद।
51386 परेता१ ना. सार्कीले छाला पिट्ता तलतिर राखिने ढुङ्गो।
51387 परेता२ ना. चङ्गाको धागो बेर्ने एक खालको लट्टाई।
51388 परेती ना. सानो किसिमको परेता।
51389 परेला ना. हे. परेलो।
51390 परेलापेटी ना. परेलाको बन्धन वा मेखला।
51391 परेली१ ना. कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एक अर्काको काम गरिदिने प्रक्रिया; खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको रिन; खेताले पैँचो; पर्म; बोझे।
51392 परेली२ ना. स्वास्नीलाई बोलाउँदाको मानबोधक शब्द; विवाहिता स्त्री।
51393 परेली३ ना. धामी वा झाँक्री पतुर्ने बेलामा उच्चारण गर्ने मन्त्र।
51394 परेली४/परेलु ना. परेलो (गीत, लोकगीत र कवितामा- झमझम परेली, आँखैमा गाजलु)।
51395 परेलो ना. आँखाको ढकनीका रूपमा रहेको डिलमा उम्रेको रौँ।
51396 परेवा१ ना. औँसी वा पूर्णिमाको भोलिपल्टको तिथि; प्रतिपदा।
51397 परेवा२ ना. हलेसो वा ढुकुरका आकारको केही ठुलो विभिन्न रङ र जातको प्रसिद्ध पक्षी; घरमा पालिने शान्तिको प्रतीक मानिने एक प्रकारको पक्षी।
51398 परेवा आँखी/आँखे वि. परेवाका जस्ता आँखा वा परेवाका आँखा जस्तै बुट्टा भएको (मानिस वा कपडा)।
51399 परेवा डाँक ना. १. परेवाद्वारा पठाइने पुरानो किसिमको डाँक- व्यवस्था (पिजन-पोस्ट)।
51400 परेवा डाँक ना. २. बास बसेको परेवाले प्रत्येक पहरमा बासेको आवाज।