Dictionary

All Word

51401 परोक्त वि. गलत कुरो भनिएको।
51402 परोक्त दोष ना. न्यायालय आदिमा अनुचित वा अशिष्ट बयान दिएबापत लाग्ने दोष।
51403 परोक्ष वि. १. आँखाका सामुन्ने नभएको; अप्रत्यक्ष।
51404 परोक्ष वि. २. सोझो ढङ्गले नभनी घुमाउरो पाराले भनिएको।
51405 परोक्ष वि. ३. छिपेको; गुप्त।
51406 परोक्ष वि. ४. व्याकरणमा पूर्ण भूतकाल।
51407 परोक्ष वि. ५. उपमान।
51408 परोक्ष निर्वाचन ना. जनताबाट सोझै मतदान नभएर अप्रत्यक्ष तरिकाद्वारा गराइने चुनाउ; जनताले मतदान गरेर पठाएका सदस्यहरूबाट कार्यकारिणीका सदस्यहरू छान्ने चुनाउ-प्रणाली।
51409 परोक्षार्थ वि. अर्थ वा अभिप्राय रहस्यपूर्ण रहेको; अर्थ गम्भीर भएको; सजिलै बुझ्न नसकिने।
51410 परोढा ना. अर्काकी स्वास्नी; परस्त्री।
51411 परोपकार ना. अर्काको उपकार; पराईको भलो हुने काम।
51412 परोपकारक वि. अर्काको उपकार गर्ने; अर्काको भलो गर्ने।
51413 परोपकार संस्था ना. अनाथ वा दीनदुःखीहरूको उपकार गर्ने संस्था।
51414 परोपकारी वि. परोपकार गर्ने; परोपकारक।
51415 परोपकृत वि. अरूद्वारा उपकार गरिएको; अरूबाट हित गरिएको।
51416 परोपजीवी वि. १. अर्काले दिएको खाएर जीविका गर्ने; अर्काका भरमा बाँच्ने; परान्नभोजी। ना.
51417 परोपजीवी वि. २. अर्काको अङ्गबाट खाद्य वस्तु चुसेर बाँच्ने वनस्पति (ऐँजेरु, सुनाखरी, इ.) वा (जुका, किर्ना, जुम्रा इ.)।
51418 परोपदेश ना. १. अर्कालाई मात्र उपदेश दिने काम; अर्कालाई अर्ती दिने काम।
51419 परोपदेश ना. २. अर्काद्वारा दिइएको उपदेश वा अर्ती।
51420 परौँठा/परौठा ना. १. गहुँको पिठोलाई घिउ दल्दै बेलेर पत्रैपत्र पारी फेरि पट्याई बेरी घिउ लगाउँदै पकाइने विशेष प्रकारको रोटी; पत्रे रोटी।
51421 पर्काल ना. गोल वा अन्य विविध किसिमका रेखा खिँच्ने एक साधन; कर्काटो।
51422 पर्खनु स.क्रि. १. कसैको बाटो हेर्नु; प्रतीक्षा गर्नु।
51423 पर्खनु स.क्रि. २. कुनै थालेको काम रोकेर वा स्थगित गरेर कसैको प्रतीक्षा गर्नु।
51424 पर्खनु स.क्रि. ३. पख्नु; बाटो हेर्नु; ढुक्नु।
51425 पर्खाइ ना. पर्खने क्रिया वा प्रक्रिया।
51426 पर्खाइनु क.क्रि. पर्खन लाइनु।
51427 पर्खाउनु प्रे.क्रि. पर्खन लाउनु।
51428 पर्खापर्खी ना. परस्परमा पर्खने काम।
51429 पर्खाल ना. १. इँट, ढुङ्गा आदिको गारो लगाएर अग्लो पारी बारिएको बार; दिवाल।
51430 पर्खाल ना. २. गारो।
51431 पर्खिनु स.क्रि. / क.क्रि. १. पर्खनु।
51432 पर्खिनु स.क्रि. / क.क्रि. २. गति अडाइनु।
51433 पर्गेल्नु स.क्रि. छासमिस भएका धेरै वस्तुबाट निश्चित वस्तु छान्ने काम गर्नु।
51434 पर्गेलाइ ना. पर्गेल्ने क्रिया वा प्रक्रिया।
51435 पर्गेलाइनु क.क्रि. पर्गेल्न लगाइनु।
51436 पर्गेलाउनु प्रे. क्रि. पर्गेल्न लाउनु।
51437 पर्गेलिनु क.क्रि. पर्गेल्ने काम गरिनु।
51438 पर्चा ना. १. प्रचारका निमित्त कुनै कुरा लेखिएको वा छापिएको कागत; विज्ञापनको कुरो लेखिएको पुर्जा; सूचनापत्र।
51439 पर्चा ना. २. अड्डा-अदालतबाट दिइने तारेखको पुर्जा।
51440 पर्चा ना. ३. विशेष अवस्थामा लेखिने मुद्दामामिलाको टिप्पणी।
51441 पर्चा ना. ४. फैसला।
51442 पर्चा ना. ५. अदालतमा वादीप्रतिवादी परेपछि प्रमाण बुझी फैसला गर्नुपर्ने भएमा प्रमाण बुझ्नलाई छोटकरीमा मुद्दासमेत लेखी दस्तखत गराई मिसिलसाथ राखिने कागज।
51443 पर्चा ना. ६. परीक्षा आदिको प्रश्नपत्र।
51444 पर्चा पत्र ना. लम्बाइमा दशदेखि बाह्र इन्चसम्मको तासको आकारको बाक्लो कागजको टुक्रामा आफ्नो विचार स्पष्टसँग लेखेर कुनै विशेष समयमा प्रदर्शन गर्ने एक किसिमको शैक्षिक सामग्री।
51445 पर्चाबाजी ना. कुनै विशेष कुराको समर्थन, विरोध वा विज्ञापन गर्दा पर्चा बाँड्ने काम।
51446 पर्ची ना. १. सानो पर्चा।
51447 पर्ची ना. २. चिनाको पूरक, जस्तो- चिनापर्ची।
51448 पर्जन्य ना. १. बादल; मेघ।
51449 पर्जन्य ना. २. झरी; वर्षा।
51450 पर्जन्य ना. ३. मेघको गर्जन।