Dictionary

All Word

51451 पर्जन्य ना. ४. इन्द्र।
51452 पर्ण ना. १. बोटबिरुवा आदिको पात; पत्र।
51453 पर्ण ना. २. पान।
51454 पर्ण ना. ३. पखेटा।
51455 पर्ण ना. ४. बाणमा लगाइने प्वाँख।
51456 पर्ण ना. ५. पलाँसको रुख वा बोट।
51457 पर्ण ना. ६. कागजको पातो; पाना।
51458 पर्णक ना. विनामूल्य वितरणको काममा ल्याउन छापेको कागजको टुक्रा; पर्चा (पाम्प्लेट)।
51459 पर्णकुटी ना. सेउलाको बार र सेउलाकै छानो आदि भएको छाप्रो; सेउले छाप्रो।
51460 पर्णकुटीर ना. पर्णकुटी।
51461 पर्णलता ना. पानको लहरो।
51462 पर्णवीटिका ना. पानको बिरा; पानको खिल्ली।
51463 पर्णशर ना. बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने क्रिया; नारायणबलि।
51464 पर्णशव ना. लास बेपत्ता भएका शवको दाहसंस्कारका निम्ति बनाइने आदिको पुतला; नारायणबलि।
51465 पर्णशाला ना. पर्णकुटी।
51466 पर्णाशन ना. पात मात्र खाएर वा सागपात आदिको आहाराले मात्र लिइने एक किसिमको व्रत।
51467 पर्णिक ना. पात बेचेर जीवन-निर्वाह गर्ने व्यक्ति।
51468 पर्णिका ना. अमुक व्यक्तिलाई अमुक वस्तु यति दिनू भनी लेखिएको कागज; वस्तुहरूको सीमित वितरणका व्यवस्थामा बजारबाट मालसामान किन्न पाइने पुर्जी; कुपन।
51469 पर्णी ना. वृक्ष; बोट।
51470 पर्ता१ ना. १. परेको मोल; परल; साउँ।
51471 पर्ता१ ना. २. नाफा; फाइदा।
51472 पर्ता२ वि. पर्ती; बाँझो।
51473 पर्ती वि. आबाद वा खनजोत नभएको; बाँझो; पर्ता (जमिन)।
51474 पर्ती आवादी ना. हालआबादी।
51475 पर्ती जग्गा ना. खनजोत नभएको वा नगरिएको जमिन; बालीनाली नलगाएको बाँझो जग्गा।
51476 पर्दा ना. १. भित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्याल–ढोकामा झुन्ड्याइने कपडा आदिको आवरण।
51477 पर्दा ना. २. स्त्रीजातिले मुख छोप्न आवरणको रूपमा प्रयोग गर्ने घुम्टो आदि।
51478 पर्दा ना. ३. नाटक वा चलचित्रको पट।
51479 पर्दा ना. ४. अदेखा वा अछेका प्रथा।
51480 पर्दा ना. ५. मर्यादा वा इज्जत।
51481 पर्दा ना. ६. आँखाको नानीमा मोतियाबिन्दु हुँदा लाग्ने जालो।
51482 पर्दा ना. ७. हार्बिन, प्यानो आदि बजाउँदा औँलाले दबाउने अवयव।
51483 पर्दा ना. ८. पुराना शैलीका मयलपोसमा छातीनेर निकालिने एक फेसन।
51484 पर्दा घर ना. झ्यालढोका आदिमा पर्दा अड्ने एक शिल्पविधान।
51485 पर्दानसिन वि. पर्दामा रहेकी (आइमाई )।
51486 पर्दाफास ना. पर्दा खुलेको अवस्था; कुनै कुरो प्रत्यक्ष भएको स्थिति; रहस्योद्घाटन; भन्डाफोर।
51487 पर्दावाल वि. पर्दा भएको; पर्दायुक्त; पर्दाभित्र रहेको वा रहने।
51488 पर्धानी ना. टुप्पामा फलामको कापा जडिएको, डोली अड्याउनलाई डोलेहरूले लिएर हिँड्ने लौरो।
51489 पर्प ना. १. घर; गृह।
51490 पर्प ना. २. हरियो वा नयाँ घाँस।
51491 पर्प ना. ३. लँगडालाई एक ठाउँबाट अर्का ठाउँमा लैजाने साधन।
51492 पर्प ना. ४. लँगडाले हिँड्दा सहायता लिने लट्ठी वा काठको एक प्रकारको साधन; खर्ल्याङखुट्टी; बैसाखी।
51493 पर्पट ना. पापड।
51494 पर्पटी ना. १. पापड।
51495 पर्पटी ना. २. गोपीचन्दन।
51496 पर्पटी ना. ३. आयुर्वेदमा प्रसिद्ध एक रसादि औषधी।
51497 पर्बाह ना. १. कुनै विषयप्रति मन दिने क्रिया; वास्ता; सरोकार; चासो; परबाह।
51498 पर्बाह ना. २. चिन्ता; फिक्री।
51499 पर्बाह ना. ३. सोच; विचार; ख्याल।
51500 पर्म ना. आफू-आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन; परेली; पालो; बोझे।