Dictionary

All Word

51501 पर्मपात ना. आपसआपसमा गरिने पर्म; परस्परको पर्म।
51502 पर्माङ्गी ना. हे. प्रमाङ्गी।
51503 पर्यङ्क ना. पलङ; खाट।
51504 पर्यटक वि. १. पर्यटन गर्ने; देशविदेश घुम्ने; भ्रमण गर्ने; घुमक्कड। ना.
51505 पर्यटक वि. २. त्यस्तो व्यक्ति।
51506 पर्यटन ना. दर्शनीय र महत्त्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा।
51507 पर्यटन उद्योग ना. देशविदेशबाट मन बहलाउन वा महत्त्वपूर्ण स्थलहरूको अवलोकन गर्न आउने व्यक्तिहरूको सुविधाका लागि स्थापना गरिने होटल वा दृश्यावलोकनका साधनहरू र त्यसबाट हुने विदेशी मुद्राको आर्जनसम्बन्धी उद्योग।
51508 पर्यटन केन्द्र ना. पर्यटनसम्बन्धी दृश्यावलोकन आदि भएको मुख्य ठाउँ।
51509 पर्यटन विभाग ना. पर्यटक तथा पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने र तत्सम्बन्धी व्यवस्था, रेखदेख, नियन्त्रण आदि गर्ने उद्योग-मन्त्रालयअन्तर्गतको एक विभाग।
51510 पर्यनुयोग ना. कुनै बयान वा भनाइलाई झुट्टा साबित गर्नाका निम्ति गरिएको सोधपुछ।
51511 पर्यन्त ना. यो. १. तक; सम्म; तलक। वि.
51512 पर्यन्त ना. यो. २. सीमित। ना.
51513 पर्यन्त ना. यो. ३. अन्तिम सीमा; हद।
51514 पर्यन्त ना. यो. ४. अन्त; आखिर।
51515 पर्यन्तभूमि ना. नदी, पर्वत, नगर आदिका आसपासको जमिन।
51516 पर्यबन्धन ना. कपडाले पिठिउँ र घुँडा बाँधेर बसिने एक आसन।
51517 पर्यवलोकन ना. कुनै काम वा क्षेत्र आदिको आदिदेखि अन्त्यसम्म हेर्ने वा खोजतलास गर्ने काम; कुनै विषयको साङ्गोपाङ्ग हेरविचार गर्ने काम।
51518 पर्यवसान ना. १. अन्त; समाप्ति; टुङ्गो।
51519 पर्यवसान ना. २. निश्चय; निधो।
51520 पर्यवसित वि. १. सिद्धिएको; समाप्त।
51521 पर्यवसित वि. २. निधो गरिएको; निश्चित।
51522 पर्यवसित वि. ३. नष्ट।
51523 पर्यवेक्षक ना. १. जाँचबुझ गर्ने व्यक्ति; खोजबखर गर्ने व्यक्ति।
51524 पर्यवेक्षक ना. २. कुनै काम वा विषयको रेखदेख गर्ने व्यक्ति; निरीक्षक।
51525 पर्यवेक्षक ना. ३. जाँचकी; परीक्षक।
51526 पर्यवेक्षण ना. १. कुनै काम वा विषयको जाँचबुझ गर्ने काम।
51527 पर्यवेक्षण ना. २. कुनै कार्य वा विषयलाई विचारपूर्वक हेर्ने काम; निरीक्षण।
51528 पर्यस्त वि. १. फ्याँकिएको; मिल्काइएको।
51529 पर्यस्त वि. २. हटाइएको; निकालिएको।
51530 पर्यस्तापह्नुति ना. उपमानका गुणलाई छिपाएर उपमेयप्रति आरोप गर्दा हुने अपह्नुति अलङ्कारको एक भेद।
51531 पऱ्याकपुरुक क्रि.वि. १. घिउतेलमा तरकारी भुट्दा परपरी पारेर।।
51532 पऱ्याकपुरुक क्रि.वि. २. सानातिना काठ वा सन्ठी आदिका टुक्रा भाँच्दा शब्द आउने किसिमले।
51533 पऱ्याकपुरुक क्रि.वि. ३. साग आदि निमोठनामोठ पार्दा शब्द आउने चालसँग।
51534 पर्याण ना. घोडाको काठी।
51535 पर्याप्त वि. १. चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो; लात्तीकुत्ती।
51536 पर्याप्त वि. २. पाइएको; प्राप्त।
51537 पर्याप्त वि. ३. समर्थ।
51538 पर्याप्ति ना. चाहिएजति हुने अवस्था; प्रशस्त मात्रामा पुग्ने स्थिति; यथेष्टता।
51539 पर्याय ना. १. समान अर्थ बुझाउने शब्द; एउटै अर्थ बुझाउने अर्को शब्द; समानार्थक शब्द।
51540 पर्याय ना. २. अनुक्रम; सिलसिला।
51541 पर्याय ना. ३. एउटा वस्तुको क्रमैसँग अनेक आश्रय वा एउटैमा आश्रित अनेक वस्तुहरू वर्णन गर्दा हुने एक अर्थालङ्कार।
51542 पर्यायवाचक/वाची वि. समान अर्थ बुझाउने; एउटै अर्थ बुझाउने; समानार्थक।
51543 पर्यायोक्ति ना. कुनै कुरो सोझै नभनेर घुमाउरो पाराले वा चमत्कारपूर्ण ढङ्गले वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
51544 पर्यालोकन ना. चारैतिर राम्ररी हेर्ने काम; सम्यक् अवलोकन।
51545 पर्यालोकित वि. पर्यालोकन गरिएको; राम्ररी हेरिएको।
51546 पर्यालोचन ना. कुनै विषय वा वस्तुको दोष, गुण आदि वा सबै किसिमका पक्षको राम्ररी विचार गर्ने काम; समीक्षा।
51547 पर्यालोचना ना. पर्यालोचन।
51548 पर्यालोचित वि. पर्यालोचन गरिएको; समीक्षित।
51549 पर्यावरण ना. १. कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति; वातावरण।
51550 पर्यावरण ना. २. चारैतिर फैलिएको वा रहेको हावा- पानी।