Dictionary

All Word

63551 बुजुक्याइँ ना. बुजुकमा रहने गुण वा योग्यता।
63552 बुझ्नु स.क्रि. १. भएको वा भनेको कुरा जान्नु; थाहा पाउनु; सम्झनु।
63553 बुझ्नु स.क्रि. २. पत्ता लगाउनु।
63554 बुझ्नु स.क्रि. ३. विचार गर्नु सोच्नु।
63555 बुझ्नु स.क्रि. ४. जिम्मा लिनु; असुल गर्नु।
63556 बुझ ना. १. अरूको आँतपेटको कुरा बुझ्ने; सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान।
63557 बुझ ना. २. आशय; विचार; गौर; अन्दाज।
63558 बुझ पचाहा वि. बुझेर पनि नबुझे झैँ गर्ने; बुझ पचाउने।
63559 बुझपच्ची ना. बुझ पचाउने काम।
63560 बुझ पेलाहा वि. जानीबुझीकन पनि वास्ता नगरेर काम गर्ने।
63561 बुझबुझारथ ना. १. आफ्नो पद वा स्थानबाट सरुवा-बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी; जिन्सी मालसामानहरू हालवाला कर्मचारीलाई बुझाउने र हालवालाले बुझ्ने काम।
63562 बुझबुझारथ ना. २. कुनै काम कुराका विषयमा यथार्थ ज्ञान हासिल गर्नका लागि सोधपुछ वा जाँचबुझ गर्ने काम।
63563 बुझक्कड वि. चाँडै बुझ्ने जानिफकार बुजुक।
63564 बुझाइ ना. १. बुभने भाव; क्रिया वा प्रक्रिया। [बुझाउ + आई] २ बुझाउने क्रिया वा प्रक्रिया।
63565 बुझाइनु क.क्रि. बुभने पारिनु।
63566 बुझाउनु प्रे. क्रि. १. बोध गराउनु; स्पष्टसँग बताउनु। २ जिम्मा लगाउनु।
63567 बुझिनु क.क्रि. थाहा पाइनु; जानिनु।
63568 बुट ना. प्रायः फौजी जवानहरूले लाउने; गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता।
63569 बुटजुत्ता ना. बुट।
63570 बुटवल ना. बुटौल; बटौली।
63571 बुटाबुटी ना. सानाठुला धेरै बुटा।
63572 बुटी ना. १. औषधीका काममा आउने झारपात आदि;
63573 बुटी ना. २. केटाकेटीको रक्षाका निम्ति बाँधिने सानो जन्त्र।
63574 बुटी ना. ३. फूल नफुलीकन फल लाग्ने एक जातको रुख।
63575 बुटी ना. ४. गाँजा; भाङ (शिव)।
63576 बुटे वि. १. बुटा भएको।
63577 बुटे वि. २. सभ्यता थाहा नपाएको; जङ्गली।
63578 बुटे ना. धेरै बुटा भएको ठाउँ; बुट्यान।
63579 बुटो ना. १. बोटको सानो रूप; पोथ्रोभन्दा सानो बोट।
63580 बुटो ना. २. जरोको पूरक; जस्तो- जरोबुटो।
63581 बुटौल ना. लुम्बिनी अञ्चलअन्तर्गत रुपन्देही जिल्लामा पर्ने; तिनाउ खोलाको तीरमा रहेको; व्यापारका निम्ति प्रसिद्ध नगर; बुटवल; बटौली।
63582 बुट्टा ना. कागत; कपडा; भित्ता आदिमा भरिने वा छापिने रुख; लहरा; फूल आदिको आकार।
63583 बुट्टादार वि. बुट्टा भएको; बुट्टा भरिएको।
63584 बुट्टे वि. बुट्टा भएको बुट्टादार।
63585 बुट्टेनली ना. बुट्टा भएको नली; बुट्टादार नली।
63586 बुट्यान ना. धेरै बुटा भएको ठाउँ; सानातिना रुख वा पोथ्रापोथ्री रहेको ठाउँ; शुष्क क्षेत्रमा उम्रने सानासाना बिरुवा; बुटेन।
63587 बड्नु अ.क्रि. १. पानीमा शरीर चुर्लुम्म हुनु; डुब्नु।
63588 बड्नु अ.क्रि. २. डुबुल्की मार्नु; गोता लाउनु।
63589 बड्नु अ.क्रि. ३. सर्वनाश हुनु; बिग्रनु; बित्नु।
63590 बुडाइ ना. बुड्ने क्रिया वा प्रक्रिया।
63591 बुडाइ क.क्रि. डुबाइनु।
63592 बुडाउनु प्रे. क्रि. १. डुबाउनु; चोपल्नु।
63593 बुडाउनु प्रे. क्रि. २. बिगार्नु।
63594 बुडि अ.क्रि. डुबिन्।
63595 बुडुल्की ना. डुबुल्की; गोता।
63596 बुडुवा ना. दलदल भएको जग्गा; धाप भएको जमिन।
63597 बुड्यानी ना. मानिसको शरीरमा प्रवेश गरी रोग पैदा गर्ने तथाकथित एक डाइनी।
63598 बुढन्ती ना. बुढो अवस्थाको चिह्न; धार्मिक भावना चिन्तन।
63599 बुढा वि. बुढो' को आदरार्थी रूप।
63600 बुढाकाजी ना. विशेषतः श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धविक्रम शाहका राज्यकालमा पश्चिमी क्षेत्र विजय गर्न गएका प्रसिद्ध काजी अमरसिंह थापालाई बुझाउने आदरपद।