Dictionary

All Word

63701 बुधना ना. बुदुना।
63702 बुध वि. बुदुने।
63703 बुधेलहरो ना. गाईवस्तुलाई घाँस खुवाइने लहरो विशेष।
63704 बुन्नु स.क्रि. १. यन्त्र वा हाते साधनद्वारा लुगा तयार पार्नु; स्विटर; मोजा; पन्जा आदि बनाउनु। २ सुकुल; गुन्द्री; सोली; डोको आदि तयार गर्नु।
63705 बुनाइ ना. बुन्ने क्रिया वा प्रक्रिया।
63706 बनाइनु क.क्रि. बुन्न लाइनु।
63707 बुनाउनु प्रे. क्रि. बुन्न लाउनु।
63708 बुनियाँ ना. जिलेबीका स्वादको स-साना मकैजस्ता दाना हुने मिठाई; बुंदिया।
63709 बुनियाद ना. १. कुनै कुराको जड वा मूल।
63710 बुनियाद ना. २. आधार; वास्तविकता।
63711 बुनियादी वि. मूल विषय वा कारणसित सम्बद्ध; आधारपूर्वकको।
63712 बुनोट / बनौट ना. कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढड्ग; बुनाइ।
63713 बुन्थी ना. गलो बढ्ने रोग; गाँड।
63714 बुन्यूरो वि. सा होचो वा पुड्को (मानिस)।
63715 बुन्थे वि. घाँटी वागलो बढेको; गँड्याहा। स्त्री. बुन्थेनी।
63716 बुबा ना. बाबु; पिता।
63717 बुबु ना. १. दुध।
63718 बुबु ना. २. जिबा।
63719 बुबाज्यू ना. १. पिताज्यू।
63720 बुबाज्यू ना. २. ससुरा।
63721 बुबू ना. दुध खुवाउने धाई धाईआमा; धात्री।
63722 बुभुक्षा ना. खानाको इच्छा; भोक; क्षुधा।
63723 बुभुक्षित वि. भोकाएको; भोको; क्षुधित।
63724 बुभुक्षु वि. क्षुधित; भोको।
63725 बुभुत्सा ना. जान्ने वा बुझ्ने इच्छा; जिज्ञासा।
63726 बुभुत्सु वि. जान्न चाहने; बुझ्न खोज्ने; जिज्ञासु।
63727 बुरबुर क्रि.वि. फुको पदार्थ खस्ने गरी; बुरबुराउँदो हुने किसिमले।
63728 बुरबुरती क्रि.वि. लगातार धुलो पदार्थ खस्ने गरी।
63729 बुरबुराइ ना. बुरबुर हुने क्रिया वा प्रक्रिया।
63730 बुरबुराइनु अ.क्रि. बुरबुर होइन।
63731 बुरबुराउँदो वि. बुरबुर गर्ने; बुरबुरे।
63732 बुरबुराउनु अ.क्रि. १. माटो आदिको धुलो बुरबुर खस्नु। स.क्रि.
63733 बुरबुराउनु अ.क्रि. २. कुनै वस्तुलाई पिंधी; माडी धुलो पार्नु; बुरबुर हुने गरी झार्नु।
63734 बुरबुरनु क.क्रि. बुरबुर गरेर झारिनु।
63735 बुरबुरे वि. बुरबुर गर्ने; सुक्खा र अति मसिनो (पिठो; धुलो आदि)।
63736 बुरुक बुरुक क्रि.वि. लगातार उफ्रने गरी; बुलुबुक।
63737 बुरुक्क क्रि.वि. दुवै खुट्टा साथै उचालेर उफ्रने बुर्लुक्क।
63738 बुरुच / बुरुज ना. बट्टाईकै बाजी थापेर बट्टाई लडाउने खेल वा काइदा।
63739 बुरुस ना. १. जुत्तामा पालिस लाउने; कोट आदि कपडाको धुलो झार्ने; दाँत माझ्ने; कपाल कोर्ने आदि काममा प्रयोग हुने रौं; नाइलन; तार आदिबाट बनेको साधन।
63740 बुरुस ना. २. तस्बिर लेख्ने; रङ भर्ने आदि काममा आउने एक प्रकारको हाते कुची।
63741 बुर्का ना. मुसलमान स्त्रीहरूले परपुरुषको दृष्टिबाट बच्न ओढ्ने; आँखा हेर्ने ठाउँमा जाली भएको; शरीरको खोलजस्तो प्रायः कालो पहिरन।
63742 बुर्की ना. मुर्दा घाटमा लैजाँदा बाटामा छरिने वा शवका छातीमा राखिने धान; लावा; चामल आदि।
63743 बुर्कुसी ना. वेगसँग फट्का मारेर वा उफ्रीउफ्री दौडने काम। (उदा.- हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए।
63744 बुर्चे / बुचें वि. बढ्नुपर्नेजति बढ्न नसकेको; ठिंगुरो आकारको बुर्कुचो; पुड्को।
63745 बुर्जा ना. घर; महल; किल्ला आदिको माथिल्लो तलामा चारैतिर खुला हुने गरी प्रायः गोलो किसिमले बनाइएको कोठा; धरहरा आदिको माथिल्लो अंश; गुम्बज।
63746 बुर्जुवा वि. अनुदार वा परम्परावादी विचार राख्ने; पुँजीपति वा उच्चकुलीन वर्गको।
63747 बुर्र क्रि.वि. मसिनो धुलो एक झड्कामा खस्ने वा झर्ने गरी।
63748 बुर्लुक क्रि.वि. उफ्राइको चालसँग। बुर्लुकबुर्लुक क्रि.वि. खुसीले उफ्रेर बुरबुर।
63749 बुर्लुक्क क्रि.वि. खुसीले खुट्टा उचालेर उफ्रने गरी; बुर्कुसी मार्ने चालले।
63750 बुलन्द वि. १. खुबै राम्रो वा असल।