Dictionary

All Word

63851 बेचुवा वि. १. बिक्री भएको; बेचिएको।
63852 बेचुवा वि. २. बेच्न बनाइएको; बेचिने।
63853 बेचैन वि. १. चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल।
63854 बेचैन वि. २. उराठलाग्दो; उदास।
63855 बेचैनी ना. १. चैन नहुने स्थिति; अशान्ति; व्याकुलता; बिसन्चो।
63856 बेचैनी ना. २. उराठिलोपन; उदासी।
63857 बेच्छेउटो ना. नुन; बेसार आदि हाल्ने काठको प्राय: पाँच खण्ड बनाइएको भाँडो।
63858 बेछन्द वि. १. छाँटकाँट वा डिलडौल नमिलेको; छन्द न बन्दको।
63859 बेछन्द वि. २. इच्छानुसार नभएको; भद्दा देखिने।
63860 बेजवाफ वि. जवाफ दिन नसक्ने अवस्थामा पुगेको; जवाफ नभएको; विना उत्तरको ; नाजवाफ
63861 बेजात वि. जात नमिल्ने भिन्न जातको (रुख; काठ आदि)।
63862 बेजाफ्ता वि. १. ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध बेकाइदाको। ना.
63863 बेजाफ्ता वि. २. नियम वा काइदा नमिल्ने ढङ्ग बेइन्साफ; अन्याय।
63864 बेजो ना. १. साटो फेर्ने उद्देश्यले लिइने कुनै कुराको प्रतिक्रिया; बदला।
63865 बेजो ना. २. नोक्सान भएबापतको भर्ना। ३ आम्दानी खर्च आदिको बराबरी।
63866 बेजिङ ना. जनवादी गणतन्त्र चीनको राजधानीको नाम; पेकिङ।
63867 बेजोड / बेजोडा वि. अर्को जोडा नभएको; अतुलनीय अद्वितीय।
63868 बेठ ना. ज्याला वा पैसाविनाको काम।
63869 बेठ बेगार करले बुझाउनुपर्ने दस्तुर वा ज्याला नपाई गर्नुपर्ने काम।
63870 बेठन ना. १. पुस्तकपुस्तिका आदि बेर्ने बाँध्ने कपडा वा रुमाल; बासा; बस्ता।
63871 बेठन ना. २. कसैका पछि लागेर जीविका चलाउने व्यक्ति; अनुचर।
63872 बेठिक वि. ठिक नभएको; बेमुनासिब; अनुचित।
63873 बेठी ना. १. रैतानका बासिन्दाले जमिनदार वा थरी - मुखियालाई बुझाउने रकम वा खेतालापात।
63874 बेठी ना. २. रोपाइँमा पन्चैबाजा बजाई; भोज खुवाई गरिने उत्सव।
63875 बेठिक वि. हे. बेठिक।
63876 बेठेगान वि. १. ठेगान नभएको ठेगान बेथितिको।
63877 बेठेगान वि. २. अनगन्ती; असङ्ख्य।
63878 बेड ना. बिछ्याउना; शय्या।
63879 बेड सिट ना. बिछ्याउनामाथि ओछ्‌याइने एकसरो कपडा; तन्ना।
63880 बेडा ना. १. डुङ्गा वा जहाजहरूको समूह। (उदा.- जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। लेखनाथ )।
63881 बेडा ना. २. बिनसित्तिको झमेला ; जन्जाल।
63882 बेडी ना. अपराधीका गोडामा झिक्न नसकिने पारी ठोकिने फलामे कल्ली नेल।
63883 बेडौल वि. छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको भद्दा।
63884 बेढङ्ग ना. नहुने अवस्था राम्रो थिति नभएको चाल; भद्दापन; कुरूपता।
63885 बेढङ्गी वि. कुनै कामकुरा गर्ने ढङ्ग नभएको; सिप वा चतुऱ्याइँ पुऱ्याउन नसक्ने; बेढङ्गको अर्धङ्गी।
63886 बेढव वि. १. अमिल्दो ढाँचाको बनावट नमिलेको; नसुहाउँदो भद्दा।
63887 बेढव वि. २. विचित्रको अनौठो।
63888 बेढाइ ना. बेढाउने क्रिया वा प्रक्रिया।
63889 बेढा बेढाउने काम गरिनु।
63890 बेढाउनु स.क्रि. १. बालीनालीमा बढी उम्रेका र बाक्ला भएका बोटबिरुवा छाँट्नु वा उखेल्नु।
63891 बेढाउनु स.क्रि. २. बालक जन्मेपछि नाल काट्नु।
63892 बेढाउनु स.क्रि. ३. काटमार गर्नु; छप्काउनु।
63893 बेत ना. सुत्केरी हुनाको पटक; पशुको बियाउनाको पल्ट।
63894 बेत ना. १. बाँसका जस्ता पात र आँखा हुने; नफुल्ने; लामो र चाम्रो हुने; चोया र डन्ठीबाट मेच; सन्दुक; लौरो आदि उपयोगी वस्तु बनाइने एक जातको लहरो। वि.
63895 बेत ना. २. मेहनत गर्नका निम्ति दहिलो बलियो; चाम्रो।
63896 बेतघारी ना. धेरै बेत भएको ठाउँ; बेतको जङ्गल; बेतेनी।
63897 बेतलबी वि. तलब नपाइने वा तलबबिनाको तलब नलिएर काम गर्ने; अवैतनिक।
63898 बेतलबी बिदा ना. अरू किसिमका बिदा सकिएर तलब नपाइने वा कट्टी हुने गरी लिने दिने बिदा।
63899 बेतलौरी ना. सेता फूल फुल्ने; अदुवाका ढाँचाका पात र कन्द हुने; लौरोजस्तो एउटै डाँठ हुने; पिसाब बन्द हुँदा तथा पेट पोल्ने रोगमा सेवन गरिने बुटे झार।
63900 बेत हान्नु टु. समय पुगेर पनि नबियाउनु।