Dictionary

All Word

63951 बेपर्दा वि. २. पर्दा वा लाज नहुने स्थिति।
63952 बेपर्बाह वि. कुनै कुराको चासो वा वास्ता नभएको; मनमोजी; निस्फिक्र; बेपरवाह।
63953 बेपर्बाही ना. पर्बाह नगर्ने चाल; वास्ता वा चासो नलिने काम।
63954 बेपार ना. मालमत्ताहरू उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य।
63955 बेपारी ना. १. बेपारको पेसा लिएको मानिस; व्यापार गर्ने व्यक्ति।
63956 बेपारी ना. २. निबाराका जस्ता र बिखालु पात हुने रुखविशेष।
63957 बेफाइदा/बेफायदा वि. १. केही लाभ वा हित नहुने; फाइदा नभएको; व्यर्थको। ना.
63958 बेफाइदा/बेफायदा वि. २. फाइदा नहुने स्थिति हानि; नोक्सानी।
63959 बेफिक्र वि. कुनै फिक्री वा चिन्तापिर नलिने निश्चिन्त; ह।
63960 बेफिक्री ना. कुनै फिक्री नहुने स्थिति वा चाल; निश्चिन्तता।
63961 बेफ्वाँक क्रि.वि. बिनसित्ति; व्यर्थ सित्तैं। (उदा.- यहाँ मै नभएको भए बेकमा किन दुःख दिएको ? )।
63962 बेमजा / बेमज्जा ना. मज्जा वा आनन्द नहुने स्थिति; नमज्जा; नरमाइलो।
63963 बेमतलब वि. मतलब नभएको; कुनै किसिमको फाइदा नहुने निरर्थक।
63964 बेमनासिब वि. बेठिक; बेमुनासिब।
63965 बेमरम्मत- वि. मरम्मत नभएको वा नगरिएको; टुटेफुटेको।
63966 बेमाख वि. कुनै अंश बाँकी नरहेको; सबै चुक्ता वा फछ्र्योट गरिसकिएको; बिमाख।
63967 बेमाखी ना. बेमा हुने काम वा स्थिति।
63968 बेमार वि. बिमार; बिरामी।
63969 बेमारी ना. बिमारी।
63970 बेमुनासिब वि. मुनासिब नभएको; बेठिक; अनुचित।
63971 बेमेल वि. १. जोडा नमिलेको; मेल नखाने। ना.
63972 बेमेल वि. २. मेल नहुने काम वैरभाव; फाटो।
63973 बमोज ना. बेस्वाद; बेमज्जा।
63974 बेमौका ना. मौका नपर्ने वा मौका नपरेको बेला; खराब समय; कुबेला; असमय।
63975 बेमौसम ना. मौसम नभएको बेला भिन्न ऋतु असामयिक समय।
63976 बेमौसमी वि. कुनै चिज हुनुपर्ने समयमा नभई अर्कै समयमा भएको; मौसम वा समयमा पैदा नहुने; बेबखतको फलफूल आदि)।
63977 बेयरर ना. चेक आदि लिएर आउने व्यक्ति; वाहक।
63978 बेयरर चेक कुनै सर्त वा बन्देज नलगाइएको र वाहकलाई सरासर भुक्तानी दिने खालको चेक।
63979 बेयरा ना. होटेल आदिमा काम गर्ने तालिमप्राप्त वा सधिएको परिचर; सेवक।
63980 बेर्नु स.क्रि. कुनै चिज वा वस्तुलाई धागो; कपडा आदिले लपेट्न; वेष्टन गर्नु; घेर्नु; जेल्नु।
63981 बेर ना. १. बितिसकेको बेला; अवकाश बाँकी नभएको समय अबेर बियाँलो। क्रि.वि. २ पटक; खेर (जस्तै- अलिबेर; उतिबेर; कतिबेर इ.)।
63982 बेरबार ना. १. बेर्ने र बार्ने काम।
63983 बेरबार ना. २. लपेट्ने वा घेर्ने काम।
63984 बेरबेरै क्रि.वि. पटकैपिच्छे ; बारम्बार (उदा. सकल भनिसक्या बात क्या भनूँ बेरबेरै। भानुभक्तीय रामायण)।
63985 बेरसिलो वि. १. रस वा स्वाद नभएको; नीरस; खल्लो।
63986 बेरसिलो वि. २. बेमिजासको रुखो।
63987 बेराइ ना. बेर्ने क्रिया वा प्रक्रिया।
63988 बेराइनु क.क्रि. बेर्न लाइनु।
63989 बेराउनु प्रे.क्रि. बेर्न लाउनु वेष्टन गराउनु।
63990 बेराजी वि. राजी नभएको; बेमन्जुर; अप्रसन्न।
63991 बेराजु वि. बेराजी; बिराजी।
63992 बेरामी वि. बिरामी।
63993 बेरिज ना. सेस्तामा जिन्सीका धेरै कलमको आम्दानीखर्चको जम्माजम्मी अङ्क।
63994 बेरित वि. १. रीत वा काइदा नमिलेको; बेथितिको। ना.
63995 बेरित वि. २. रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरीत।
63996 बेरिति ना. रीति वा कायदा नमिल्ने अवस्था; अनरीति।
63997 बेरिनु क.क्रि. बेर्ने काम गरिनु; बेराइ पुग्नु।
63998 बेरी वि. हे. बेरित।
63999 बेरीति ना. हे. बेरिती।
64000 बेरुजु वि. १. रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको।