Dictionary

All Word

64051 बेलुकी क्रि.वि. साँझमा बेलुका।
64052 बेलुकीपख क्रि.वि. बेलुकातिर; साँझ साँझमा।
64053 बेलुन ना. भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने; रबर आदिबाट बनेको विभिन्न आकारप्रकार हुने फुकुन्डो।
64054 बेले ना. १. धेरै वर्ष पुरानो पात्रो; वेलापञ्चाङ्ग। वि.
64055 बेले ना. २. बेला भएको।
64056 बेले वि. १. बेलो भएको; लहरावाल ( जस्तो- नाग)। ना.
64057 बेले वि. २. घुम्रिएका र गरादार सिङ हुने भैँसीको नाम।
64058 बेलो ना. नरम र सानासाना मुन्टा हुने लहरो; लता (फर्सीको बेलो; तरुलको बेलो; काँक्राको बेलो इ.)।
64059 बेलौती ना. अम्बा; लताम।
64060 बेल्चा ना. कृषिकार्यमा आउने एक किसिमको औजार।
64061 बेल्ट ना. १. प्रायः सैनिकले शरीरमा कपडामाथि बाँध्ने छाला वा पटारको फित्ता; कमरपेटी; लोता।
64062 बेल्ट ना. २. भौगोलिक वा अन्य कारणलाई आधार बनाई निर्धारण भएको लामो साँध वा सिमाना; क्षेत्र।
64063 बेल्डा ना. खस्रा पात हुने; खनियोजस्तो घाँसको बुटो; खस ओबारो।
64064 बेवकुफ वि. नासमझ; मूर्ख; बेकुफ।
64065 बेवकुफी ना. बेवकुफ हुने पन; बेकुफी।
64066 बेवारिस वि. १. वारिस वा प्रतिनिधि नभएको।
64067 बेवारिस वि. २. मालधनी वा हकवाला नभएको; अलपत्रएको।
64068 बेवारिसी वि. बेवारिस।
64069 बेवास्ता वि. १. सरोकार वा वास्ता नभएको; सम्बन्ध वा सम्पर्क नभएको; विनामतलबको। ना.
64070 बेवास्ता वि. २. वास्ता वा प्रयोजन हुने स्थिति सम्बन्धको अभाव।
64071 बेस वि. १. अर्को वस्तुसँगको तुलनामा राम्रो; असल; बढिया उम्दा।
64072 बेस वि. २. सज्जन; भलो।
64073 बेस वि. अक्कल; ढङ्ग वा सोमत नभएको।
64074 बेसन ना. चनाको छाँटाको पिठो।
64075 बेसनको लड्डु ना. बेसनबाट बनेको वा बनाइएको लड्डु।
64076 बेसमझ वि. समझ वा विचार गर्ने शक्ति नभएको; विनासमझको; नासमझ।
64077 बेसम्भार वि. सँभाल्न नसकिने; जतन पुऱ्याउन नसकिने।
64078 बेसरम वि. सरम वा लाज नभएको; नकच्चरो; निर्लज्ज।
64079 बेसरमी ना. लाज नहुने चाल; निर्लज्जता; नकच्चरोपन।
64080 बेसरी क्रि.वि. ठिक हुनेभन्दा बढी हुने गरी जोरसित; खुबसँग राम्ररी; छ्यालब्याल; मनग्यै।
64081 बेसरी ना. नेपालका प्रसिद्ध वैयाकरण वीरेन्द्रकेशरीद्वारा रचित; 'सुन्दरी' पत्रिका (सं. १९६३) का विभिन्न अङ्कमा प्रकाशित अपूर्ण नेपाली लक्षण-ग्रन्थ।
64082 बेसाँध वि. साँध वा सीमा नभएको; मर्यादारहित।
64083 बेसाई ना. बेसाउने क्रिया वा प्रक्रिया।
64084 बेसाइत ना. नराम्रो साइत; कुसाइत।
64085 बेसाइनु क.क्रि. बेसाउने काम गरिनु; किनिनु।
64086 बेसाउनु स.क्रि. १. धान; चामलजस्ता खाद्यान्न खरिद गर्नु; सौदा गर्नु।
64087 बेसाउनु स.क्रि. २. जानीजानी गर्न अयोग्य काम गरेर दुःख पाउनु झन्झट मोल्नु।
64088 बेसाउनी ना. अन्न आदि किन्ने काम; बेसाउने काम।
64089 बेसाउरे वि. आफ्नो खेतीको अन्नले खान नपुगी किनेर खाने; बेसाएर खाने।
64090 बेसार वि. कुनै सार नभएको; फोसो; बेकामको।
64091 बेसार ना. अदुवाका ढाँचाको बोट हुने र जमिनमुनि त्यस्तै छाँटले फल्ने पहेँलो एक कन्द; दालतरकारीमा हालिने त्यसैको धुलो; दो।
64092 बेसारे वि. १. चिप्लो कुरा गरेर रिझाउन सिपालु; लोलोपोतो गर्न जान्ने चेप्याइँ पार्न सक्ने। (उदा.- च्यान्टी त साह्रै बेसारे पो छ; कुराले ठिक्क पाछे।)
64093 बेसारे वि. २. बेसारजस्तो पहेँलो।
64094 बेसारो ना. आकासमा पखेटा चालेर एकै ठाउँमा उडिरहने चिलजत्रो एक चरो।
64095 बेसाई ना. बेसारेपन; ढाँट।
64096 बेसाइँ घस्नु अ.क्रि. लोलोपोतो गर्नु।
64097 बेसाहा ना. दैनिक उपभोगका लागि बेसाइने अन्नपात आदि आवश्यक वस्तु खरिद गरिने अन्नहरूको बजारभाउ।
64098 बेसाहारी ना. १. बेसाएको अन्नले जीविका गर्ने व्यक्ति।
64099 बेसाहारी ना. २. अनिकालका समयमा अन्न खोज्न आउने मानिस।
64100 बेसी ना. पहाडको फेदीको मैदानी भाग; बेंसी।