Dictionary

All Word

64151 बेहोस वि. २. होसको अभाव; अचेतनता।
64152 बेहोसी ना. १. बेहोस हुने स्थिति होस नहुने चाल। वि.
64153 बेहोसी ना. २. हो नराख्ने होस नभएको।
64154 बेहनु स.क्रि. हे. बेर्नु।
64155 बेहाइ ना. बेराइ।
64156 बेहाइनु क.क्रि. बेराइनु। हाउनु प्रे. क्र. बेराउनु।
64157 बेहाउनु क.क्रि. बेर।
64158 बेहुवा वि. हे. बेरुवा।
64159 बैंस ना. प्रायः खोलाका छेउछाउ हुने लामालामा पात र लहराजस्ता तर्केका हाँगा भएको वृक्षविशेष।
64160 बैंस ना. चढ्दो उमेरको अवस्था; यौवन; जोबन जवानी।
64161 बैसदार वि. बैसालु।
64162 बैसालु वि. यौवन भरिएको; चढ्दो बैंसको।
64163 बैंसे वि. बैंस भएको; बैंसको।
64164 बैक ना. १. लोग्ने; पति; पोइ।
64165 बैक ना. २. पुरुषजाति।
64166 बैकिनी ना. १. विवाहित युवती; बिहे भएकी तरुनी (प. ने.)।
64167 बैकिनी ना. २. स्वास्नी।
64168 बैकिनी ना. ३. स्त्रीजाति; नारी।
64169 बैगनी वि. / ना. हे. बैजनी।
64170 बैगुन ना. १. गुनको अभाव; नराम्रो वा खराब गुन • अवगुण।
64171 बैगुन ना. २. बेफाइदा गर्ने वस्तु कुफत।
64172 बैगुनी वि. १. अरूले लाएको गुन वा उपकार बिर्सने; कृतघ्न।
64173 बैगुनी वि. २. खराब गुण भएको; बेफाइदा गर्ने।
64174 बैक ना. ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने; मागेको बेलामा भुक्तानी वा सापटी दिने; लेनदेन; तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था; ब्याङ्क।
64175 बैक पासबुक ना. बैङ्क हिसाबपुस्तिका।
64176 बैजनी वि. १. रातो भन्टाको रङजस्तो रातो र निलो मिसिएका रङको बैगनी। ना.
64177 बैजनी वि. २. त्यस्तो रङ।
64178 बैठक ना. १. मानिसहरूसँग भेट्ने; कुरा गर्ने विशेष कोठा।।
64179 बैठक ना. २. सभासमिति आदिका सदस्यको एक पटकको बसाइ सभा) कचहरी (मिटिङ)।
64180 बैठक ना. ३. देवप्रतिमाहरू बसाउने आसन।
64181 बैठक ना. ४. भाँडाकुँडा आदिको भुईंमा टेकिने पिँधको घेरो।
64182 बैठक विवरण ना. सभासमिति आदिको बैठकमा भएका छलफल; निर्णय आदिको बेहोरा।
64183 बैठकी ना. लगातार उठबसको अभ्यास गर्ने कसरतविशेष।
64184 बैठके ना. बैठक सजाउने वा बैठकको सरसफाइसम्बन्धी काम गर्ने नोकर।
64185 बैठाई क्रि.वि. मारेर मिति पुऱ्याएर (दिव्य.)।
64186 बैठान ना. १. उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो समाप्ति।
64187 बैठान ना. २. रहने ठाउँ; ठेगान; स्थिति। बैठान कर अन्य देशको विमान आफ्नो देशको विमानस्थलमा आई बसेकोमा लाग्ने कर।
64188 बैठ्याइ ना. बैठ्याउने काम वा किसिम।
64189 बैठ्याइनु क.क्रि. बैठ्याउने काम गरिनु।
64190 बैठ्याउनु स.क्रि. १. उठ्नै नसक्ने गरी पिट्नु बजाउनु ठोक्नु।
64191 बैठ्याउनु स.क्रि. २. मिति पुऱ्याउनु; मार्नु।
64192 बैठ्याउनु स.क्रि. ३. मजैसित धनमाल हातलागी गर्नु।
64193 बैठ्याउनु स.क्रि. ४. खुब खानु।
64194 बैतडी ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने महाकाली अञ्चलको एक पहाडी जिल्ला।
64195 बैतर्नी ना. यमलोक जाँदा बिचमा तर्नुपर्ने भनिएको दुस्तर नदी वैतरणी।
64196 बैता ना. नाउमा चढेर जाने काम।
64197 बैदार ना. हे. बहीदार।
64198 बैदारी ना. बैदारको काम।
64199 बैना ना. किन्ने; बनाउने आदि कामकुराको पक्कापक्की तथा विश्वासका निम्ति पहिले नै दिइने रकम अग्रिम मूल्य पेस्की।
64200 बैनापत्र ना. बैना वा बैनाबट्टा गरिएको कागत।