Dictionary

All Word

64301 बोधन ना. २. जाग्रत् गराउने काम; बिउँझाइ।
64302 बोधनीय वि. बोध वा ज्ञान गराउन योग्य; बुझाउन लायक।
64303 बोधयिता वि. बुझाउने; बोधक।
64304 बोधात्मक वि. बोध नै मूल रूपमा रहेको; बोध वा अनुभवद्वारा जानिबुझिने बोधक्रियाका माध्यममा आउने।
64305 बोधात्मकता ना. बोधात्मक हुनाको भाव; गुण वा विशेषता।
64306 बोधार्थ वि. १. कुनै कामकुराको विषय वा प्रगतिको अवगतका निम्ति पाउनेबाहेक सम्बन्धित अङ्ग वा व्यक्तिलाई त्यही प्रतिमा तल जनाई छुट्टै पठाइने (पत्र)। क्रि.वि.
64307 बोधार्थ वि. २. जानकारीका निम्ति; सम्झौटोका रूपमा।
64308 बोधि ना. १. ज्ञानप्राप्तिका निम्ति तल्लीन हुने समाधिको एक भेद।
64309 बोधि ना. २. बोधिवृक्ष।
64310 बोधित वि. १. बोध गराइएको; बुझाइएको।
64311 बोधित वि. २. बोध भएको; प्रबुद्ध।
64312 बोधितव्य वि. १. बोध गराउन उचित वा योग्य; बुझाउन लायक।
64313 बोधितव्य वि. २. बिउँझाउन योग्य वा मनासिब।
64314 बोधिवृक्ष ना. १. भारतको बिहार राज्यअन्तर्गत 'गया' भन्ने स्थानमा रहेको प्रसिद्ध पिपलको बोट; जुन बोटमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए भनिन्छ।
64315 बोधिवृक्ष ना. २. पिपलको बोट।
64316 बोधिसत्त्व ना. बुद्ध बन्ने अधिकारी भइसकेको तर बुद्धत्वप्राप्ति नभएको व्यक्ति।
64317 बोधो वि. १. मोटो बुद्धि भएको भनेको कुरो झट्ट नबुझ्ने।
64318 बोधो वि. २. धार नभएको; भुत्ते ( हतियार)।
64319 बोधो वि. ३. बेछाँटको भद्दा।
64320 बोध्य वि. बुझ्नुपर्ने; जान्न वा थाहा पाउन योग्य।
64321 बोन ना. हे. पोन।
64322 बोनस ना. १. लाभांश।
64323 बोनस ना. २. पुरस्कार इनाम।
64324 बोम्बाबारी ना. मुगीका जस्ता पात र आकर्षक फूल हुने; कोसामा फल्ने एक जातको बुटी।
64325 बोर्नु स.क्रि. १. पानी; भातभान्सा आदिको लसपसमा पार्नु; बोर्ने काम गर्नु।
64326 बोर्नु स.क्रि. २. खराब कामकुरा वा कसुर हुने काममा फसाउनु; सरोबर पार्नु; मुछ्नु।
64327 बोर ना. १. पानी; भातभान्सा आदिमा निषेध मानिएर पनि भएको सम्पर्क; छुतछात लसपस; लाटलोट। वि.
64328 बोर ना. २. सँभाल्न नसकिने असम्भार।
64329 बोर ना. अनावश्यक कामकुरा वा भोजभमेलाका कारणले हुने मानसिक छटपटी; पट्टाइ न्यासोपन।
64330 बोरा ना. जुटले बनेको; अनाज आदि हाल्ने ठुलो थैलो।
64331 बोराइ ना. बोर्ने क्रिया वा प्रक्रिया।
64332 बोराइनु क.क्रि. बोर्न लाइनु।
64333 बोराउनु प्रे. क्रि. बोर्ने काम गराउनु बोर्न लाउनु।
64334 बोराहा वि. भातभान्सा; पानी आदिमा लसपस गराउने; सरोबर पार्ने; बोर्ने।
64335 बोरिनु क.क्रि. बोर्ने काम हुनु; छुवाछुतमा पारिनु।
64336 बोरुवा ना. कागत बनाउने काममा प्रयोग गरिने एक जातको पाट; अर्घेली।
64337 बोरो ना. बोरा।
64338 बोर्ड ना. १. सूचना; कागतपत्र आदि टाँसिने फल्याक; सूचनापाटी।
64339 बोर्ड ना. २. चक वा खरीले लेखिने काठ आदिको ठुलो फल्याक; कालोपाटी।
64340 बोर्ड ना. 3. कुनै विशेष कामका निम्ति गठित समिति; परिषद्।
64341 बोर्डर ना. कुनै विशेष समाचार वा महत्त्वपूर्ण उद्धृतांशलाई दिने साद वा बुट्टेदार घेरो। वि. बोर्डिङमा बस्ने आवासीय।
64342 बोर्डिङ ना. बस्ने र भोजन गर्ने स्थान।
64343 बोर्डिङ स्कुल ना. आवासीय विद्यालय।
64344 बोर्डिङ हाउस ना. छात्रावास; पाकशाला।
64345 बोर्सी ना. आगो तापिने एक प्रकारको फलाम] मकल अटल।
64346 बोर्सो ना. भान्साकोठा (प. ने.)।
64347 बोल्नु स.क्रि. १. मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु; वाक्य फुट्नु।
64348 बोल्नु स.क्रि. २. कुरा गर्नु; बोलचाल गर्नु।
64349 बोल्नु स.क्रि. ३. वचन दिनु भन्नु हनु।
64350 बोल्नु स.क्रि. ४. चराचुरुङ्गी कराउनु वा बास्तु।