Dictionary

All Word

64251 बोक्रो ना. १. बोटबिरुवाको बाहिरी तह; रुखको छाला।
64252 बोक्रो ना. २. फलको गुदीभन्दा बाहिरको भाग।
64253 बोक्साबोक्सी ना. बोक्सो र बोक्सीको समूह।
64254 बोक्सी ना. १. बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री डकिनी; डाइनी।
64255 बोक्सी ना. २. दुष्टा स्त्री।
64256 बोक्सीकाँडो ना. तिखो एक किसिमको काँडो।
64257 बोक्सीको सास ना. (रिसको बोलीमा) हुरी वा बतास।
64258 बोक्सी घाँस ना. लज्जावती झारका जस्ता मसिना पात हुने; गुलाफी सेता फूल फुल्ने; टाटे खालका फल लाग्ने एक जातको काँडे भार।
64259 बोक्सी बुढी ना. बोक्से बुढाको स्त्री रूप।
64260 बोक्सी मन्त्र ना. बोक्सीको मन्त्र।
64261 बोक्सी रुख ना. वरिपरिका रुखहरूलाई बाधा पार्ने गरी बढेको रुख।
64262 बोक्सी सितारा ना. पत्रे ढुङ्गामा झलल्ल झल्किने सिताराजस्ता अभ्रक कणको समूह।
64263 बोक्से वि. बोक्सेरो जान्ने; बोक्साबोक्सीसम्बन्धी।
64264 बोक्से बुढो ना. नजाती र खराब आचारविचार भएको बुढो मान्छेलाई भनिने शब्द त्यस्तो शब्दमा गरिने गाली।
64265 बोक्से भिर ना. ठुलो डरलाग्दो भिर; मानिस लडेर मर्ने भिर।
64266 बोक्सेरो ना. बोक्सीको मन्त्र - प्रयोगसम्बन्धी विद्या बोक्सीविद्या; टुनामुना वा व्यभिचारसम्बन्धी काम।
64267 बोक्सो ना. १. बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा।
64268 बोक्सो ना. २. सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष।
64269 बोज ना. हे. बोझो।
64270 बोझ ना. १. बोकिएको वा बोकिने गहौं वस्तु भार; बोझा।
64271 बोझ ना. २. कार्यभार जिम्मेदारी।
64272 बोदायी वि. बोझिलो; विशेष गहुगो।
64273 बोझा ना. बोझ।
64274 बोझिल वि. बोझिलो।
64275 बोझिलो वि. बोझ भएको; गहौं।
64276 बोझे ना. अरूको बोझ सघाउने काम पर्म। भारी;
64277 बोझो ना. सिमसार जमिनमा उम्रने; अदुवाका जस्ता लामा-लामा पात र घोगाका आकारका फूल हुने; गन्धवाला कन्द फल्ने; औषधीमा प्रयुक्त हुने एक झार; बोजो।
64278 बोट ना. १. प्रायः फलफूल; अन्नपात आदिको सानोतिनो रुख; पोथ्रो; बिरुवा।
64279 बोट ना. २. रुख; वृक्ष।
64280 बोट ना. ३. मूलधन; साउँ; जिलो।
64281 बोट ना. ४. वंशका प्रथम पुरुष; आमाबाबु।
64282 बोट धयेंरो ना. अम्बाका जस्ता खसा कुप्रा पात हुने; खैरा खालका सेता फूल फुल्ने; काला सिलटिमुरजत्रा फल फल्ने; सरकारले रोक्का गरेका तेह्र जातमध्ये एक जातमा पर्ने; पहेँलो भावको सेतो चुरो हुने बलियो एक वृक्ष। बोट न बिरुवा नौ मुरी तोरी ( उखान )।
64283 बोटी ना. १. खेतीमा उब्जेको मोही र तल्सिङले पाउने हरेक भाग।
64284 बोटी ना. २. भाग; खण्ड; अंश।
64285 बोटे ना. घाटमा डुङ्गा खियाउने व्यक्ति माझी।
64286 बोडी ना. रङ-रङका फूल फुल्ने तरकारी जातको लहरोविशेष र त्यसै लहरामा फल्ने लामालामा कोसा वा कोसाभित्रको दलहन अन्न।
64287 बोडी ना. १. पुरानो नापतौलको प्रणालीअनुसार धार्नीको आठौं भाग नेपाली तौलको न्यूनतम मात्रा (
64288 बोडी ना. २. ५ पोलको मात्रा)।
64289 बोतल ना. लामो खालको ठुलो सिसी।
64290 बोतलची वि. बोतलबाज।
64291 बोतल बाज वि. रक्सीबाज; रक्स्याहा; बोतलची।
64292 बोता ना. उँटको बच्चो।
64293 बोतो ना. हे. बोहोतो।
64294 बोद्धव्य वि. बुझ्नु वा जान्नुपर्ने; ज्ञातव्य।
64295 बोद्धा वि. सुनेको वा पढेको कुरा बुझ्न सक्ने; जान्ने (व्यक्ति)।
64296 बोध ना. १. सुनेर; पढेर बुझ्ने क्षमता वा सिप; जान्ने वा • बुझ्ने काम; समझ; ज्ञान; जानकारी।
64297 बोध ना. २. सान्त्वना; धैर्य।
64298 बोधक वि. बोध वा ज्ञान गराउने; बुझाउने जनाउने।
64299 बोधगम्य वि. बुझ्न सकिने वा समझमा आउने सजिलो।
64300 बोधन ना. १. बोध वा ज्ञान गराउने काम बुझाउने काम।