Dictionary

All Word

64101 बेसी क्रि.वि. मात्रा वा आवश्यकताभन्दा धेरै बढी बढ्ता।
64102 बेसुर वि. स्वर नमिलेको; बिनासुरको। सुर वा कुनु नमिलेको; टेढोमेढो बागो (उदा.- डकर्मी काँचो परेछ; बेसुरको गारो पो लाइदियो।)
64103 बेसुरा वि. १. विनास्वरको।
64104 बेसुरा वि. २. दुई थरीका गलाको वा तारको आवाज नमिलेको; बेसुर भएको।
64105 बेसुर२ वि. १. होस नभएको; स्मरणशक्ति बिलाएको बेहोस।
64106 बेसुर२ वि. २. अधबेस।
64107 बेसुल्लो ना. गुन्डो; कुँडो।
64108 बेसोमत ना. १. सोमत नहुने ढाँचा वा स्थिति; असभ्य चाल। वि.
64109 बेसोमत ना. २. बेसोमती।
64110 बेसोमती वि. सोमत नजान्ने; मर्यादा नबुझेको; असभ्य; अभद्र।
64111 बेसौटी ना. बेसाउने काम; बेसाएको अन्नपात; बेसाहा।
64112 बेसौटे वि. १. खरिद गरेको; बेसाएको (अन्न आदि)।
64113 बेसौटे वि. २. बेसाहारी।
64114 बेसौटो ना. . बेसाएको वस्तु।
64115 बेसौती ना. बेसाएको अन्नपात; बेसौटी।
64116 बेसन ना. १. बेसाउने काम; बेसौटी।
64117 बेसन ना. २. बेसाएको अनाज; बेसाहा।
64118 बेसौरी वि. सउर नभएको; बेसउर; अशिष्ट।
64119 बेस्मारी क्रि.वि. चर्कोसँग; बेसरी
64120 बेस्याहार वि. स्याहार नगरिएको वा गर्न नसकिने; स्याहार नपुगेको।
64121 बेस्वाद वि. १. स्वाद नभएको बिरसिलो; खल्लो; नमिठो।।।
64122 बेस्वाद वि. २. स्वाद नहुने स्थिति नमिठोपन; खल्ल्याइँ।
64123 बेस्वादिलो वि. स्वाद नभएको; बेरसिलो; बेस्वाद।
64124 बेस्से ना. १. वेश्या।
64125 बेस्से ना. २. आइमाईलाई गाली गर्दा युक्त शब्द।
64126 बेहक ना. १. हक वा अधिकार नपुग्ने स्थिति। वि.
64127 बेहक ना. २. हक नपुग्ने; अधिकार नभएको।
64128 बेहद वि. १. हद वा सीमा नभएको; विनाअवधिको।
64129 बेहद वि. २. थाहा पाइनसकिने; धेरै; ज्यादा।
64130 बेहान ना. बिहान।
64131 बेहानी बिहानीपख बिहानी।
64132 बेहाल वि. १. गएगुज्रेको अवस्थामा रहेको।
64133 बेहाल वि. २. व्याकुल विकल।
64134 बेहिसाब वि. १. हिसाब गरिनसकिने; अनगन्ती; थुप्रो।
64135 बेहिसाब वि. २. क्रमबद्ध नभएको; अस्तव्यस्त। ना
64136 बेहिसाब वि. ३. अन्याय बरबाद; जथाभाबी।
64137 बेहुली ना. विवाहकी कन्या; दुलही।
64138 बेहुली भतेर ना. दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र; दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज।
64139 बेहोर्नु स.क्रि. १. भइपरिआएका दुःखसुख धैर्यपूर्वक सहनु जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु।
64140 बेहोर्नु स.क्रि. २. कुनै कामका निम्ति हुने खर्चबर्चको जिम्मा लिनु; ऐभारा बोक्नु; अङभर गर्नु।
64141 बेहोर्नु स.क्रि. ३. कुनै काम वा कुरो स्वीकार गर्नु; सकार्नु।
64142 बेहोर ना. १. मानिसमा हुने असल वा खराब बानी; चालचलन; स्वभाव।
64143 बेहोर ना. २. बानीको पूरक शब्द।
64144 बेहोरा ना. १. कुनै कुरा वा घटनाअन्तर्गतका हरेक बुँदा वा दफा; कुनै घटना वा क्रियाकलापसित सम्बन्धित प्रामाणिक कुरा।
64145 बेहोरा ना. २. लेखाइको छाँट वा सिलसिला।
64146 बेहोरा ना. ३. बेहोर
64147 बेहोराइ ना. बेहोर्ने क्रिया वा प्रक्रिया। बेहोर।
64148 बेहोरिणी वि. ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम तमसुक; राजीनामा आदि कागतपत्रमा )।
64149 बेहोरिनु क.क्रि. बेहोर्ने काम गरिनु; सहिनु; खपिनु।
64150 बेहोस वि. १. होस नभएको; अचेत अवस्थाको मूर्च्छित। ना.