Dictionary

All Word

64201 बैना बट्टा ना. घरजग्गा आदि खरिदबिक्री गर्दा लिनेदिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम।
64202 बैनी ना. बहिनी; भगिनी।
64203 बैनी जुवाइँ / ज्वाइँ ना. बहिनीको लोग्ने बहिनी - जुवाइँ।
64204 बैनेउलो वि. बैनीसँग सम्बन्धित बैनीको।
64205 बै जुवाइँ / ज्वाइँ ना. बैनीजुवाइँ; बैनीज्वाइँ।
64206 बैनेउलो ना. दिदीबहिनीको छोरो; सानीआमा वा ठुलीआमाको छोरो।
64207 बैड ना. बादशाही बाजा; बेन।
64208 बैयुँकेरा ना. मालभोग केराको जस्तै बास्ना आउने; लामा र ठुला कसा हुने एक जातको केरा।
64209 बैरङ चिठी ना. टिकटविना पठाइएको र पाउनेले नै टिकटखर्च बेहोर्नुपर्ने चिठी।
64210 बैल ना. बयल; गोरु।
64211 बैलगाडा ना. बैलले तान्ने गाडा।
64212 बैलगाडी ना. बैलगाडी।
64213 बैला वि. यौवन परिपक्व भएर पनि गर्भधारण नगर्ने; सन्तान नजन्माउने; कहिल्यै नबियाउने; बाँझी; थारी।
64214 बैलिनु अ.क्रि. मस्त तरुनी भएर पनि पेट नबोक्नु; बैला हुनु; बठि।
64215 बैल्याइ ना. बैलिने क्रिया वा प्रक्रिया।
64216 बैल्याइनु क.क्रि. बैलिने पारिनु।
64217 बैल्याउनु प्रे. क्रि. बैलिने पार्नु।
64218 बैसाखी ना. लँगडाले काखीमा च्यापी टेकेर हिँड्ने लट्ठी; खर्ल्याङखुट्टी।
64219 बोक्नु स.क्रि. १. कुनै भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु।
64220 बोक्नु स.क्रि. २. अभिभा वहन गर्नु; जवाफदेही लिनु।
64221 बोक्नु स.क्रि. ३. गर्भधारण गर्नु।
64222 बोकाइ ना. बोक्ने क्रिया वा प्रक्रिया।
64223 बोकाइनु क.क्रि. बोक्न लाइनु।
64224 बोकाउनी ना. बोकानी।
64225 बोकाउनु प्रे. क्रि. बोक्न लाउनु।
64226 बोकानी ना. बोक्ने काम बोकेको ज्याला।
64227 बोकाबोक ना. पालैसित एकले अर्कोलाई बोक्ने काम।
64228 बोकहा वि. अरूको मुद्दा वा झगडिया बोकेर हिँड्ने; काँधे।
64229 बोकुवा वि. बोक्ने बानी भएको; बोकिने; बोक्ने।
64230 बोके वि. १. बोकाका ढाँचाको बोकोजस्तो।
64231 बोके वि. २. पुड्को ग्याँचे। ना
64232 बोके वि. ३. बोको।
64233 बोके वि. ४. लाम्चा पात तथा पाँचवटा लामा र घुमेका केस्रा हुने; खैरा फूल फुल्ने; लाम्चा फल फल्ने र गनाउने खालको लहरो वा त्यसैको फल।
64234 बोके जिरा ना. सेतो खालको ठुलो जातको जिरा।
64235 बोके टिमुर/टिम्मुर ना. बाटुला ठुला दाना हुने एक जातको टिमुर। बोके दाह्री ना. बोको जस्तो चिउँडोमन्तिर मात्रै हुने झुस्स परेको दाह्री।
64236 बोके लहरो ना. एक जातको लहरोविशेष; बोके।
64237 बोको ना. बाख्रीको भाले; नसुमरेको पाठो बोके।
64238 बोकोर ना. थकाली जातिमा पाँचदेखि बाह वर्षभित्रका केटाहरूको बिजोर वर्ष पारेर गरिने; ब्राह्मणजातिको चूडाकर्म जस्तै एक कर्म।
64239 बोक्वो ना. सूचीकारको सिउने मालमत्ता राख्ने थैली; सुजेरो; बुक्ची।
64240 बोक्रो ना. तन्त्रमन्त्रद्वारा गरिने उच्चाटन; वशीकरण।
64241 बोक्रिनु अ.क्रि. १. गुदी फेला नपर्नु; फोस्रो हुनु।
64242 बोक्रिनु अ.क्रि. २. इच्छा गरेको चिज नपाउनु; हिस्सिनु; ठगिनु।
64243 बोक्रिनु अ.क्रि. ३. निराश हुनु।
64244 बोक्रे वि. १. गुदी वा सार नभएको निस्सार।
64245 बोक्रे वि. २. आडम्बर मात्र देखाउने; ढाँचावाल; देखौवा।
64246 बोक्रे वि. ३. बोक्रा मात्र भएको बोक्राको।
64247 बोक्रे धाक ना. देखावा धाक; फोसो ढाँचा; आडम्बर।
64248 बोक्रे निम्तो ना. देखावटी रूपमा गरिएको निम्तो; देखीनिम्तो।
64249 बोक्रेपन ना. देखावटी चाल; देखौवापन।
64250 बोक्रे मिजास ना. हृदयैदेखि नभएर बाहिरी रूपमा मात्र गरिने मिजास; मुखको मात्र बोलचाल वा लोलोपोतो।