Dictionary

All Word

64351 बोल ना. १. भनिएको कुरो; बोली; वचन।
64352 बोल ना. २. कबुलिएको कुरो; कबुल; प्रतिज्ञा।
64353 बोल ना. ३. सङ्गीतको मुख्य टुक्रा वा लय।
64354 बोलकबुल/कबोल ना. बोलेको वा गरेको कुरा (सर्त; दरभाउ आदि); बोल रकबुल करार;प्रतिज्ञा।
64355 बोलक्कड वि. धक नमानीकन वा मौकाअनुसार बोल्न सक्ने; बोल्नमा सिपालु; बोलैया।
64356 बोलचाल ना. साधारण कुराकानी; परस्परमा बोल्ने काम; बातचित।
64357 बोलपत्र ना. काम गराउने संस्थालाई काम गर्न सकिने दररेट खोली ठेकदार वा सरोकारवालाले लेखेर दिने कागत।
64358 बोलवाला ना. बोलेको कुरो पुऱ्याउन सक्ने स्थिति वा सबैलाई चने शक्ति; दबदबा; चकचकी।
64359 बोलाइ ना. बोल्ने भाव; क्रिया वा प्रक्रिया। [बोलाउ + आइ] बोलाउने भाव; क्रिया वा प्रक्रिया।
64360 बोलाइनु क.क्रि. १. . बोल्ने पारिनु।
64361 बोलाइनु क.क्रि. २. डाकिनु।
64362 बोलाउनु स.क्रि. १. निम्तो गर्नु; डाक्नु।
64363 बोलाउनु स.क्रि. २. आपद् वा दुःखकष्टमा परेकालाई धैर्य र सान्त्वना दिनु; आडभरोस दिनु। प्रे. क्रि.
64364 बोलाउनु स.क्रि. ३. बोल्ने पार्नु; बोल्न लाउनु।
64365 बोला वि. धेरै बोल्ने; बोल्नमा सिपालु; बोलैया।
64366 बोलावट ना. १. बोलाउने काम; डाक्ने काम।
64367 बोलावट ना. २. निमन्त्रणा; निम्तो।
64368 बोलाहट ना. बोलाउने वा डाक्ने काम; बोलावट।
64369 बोली ना. १. मुखबाट निस्केको शब्द; वाणी; वचन।
64370 बोली ना. २. कुनै जाति वा वर्गको मातृभाषा; भाषा।
64371 बोली ना. ३. लिलाम गर्ने र सकार्नेले बोलेको दाम; डाँक; बोल।
64372 बोली ना. ४. चराचुरुङ्गी कराएको आवाज।
64373 बोलीचाली ना. आपसको कुराकानी; बोलचाल।
64374 बोलीवचन ना. १. बोली र वचन बोलचाल।
64375 बोलीवचन ना. २. बोलचाल वा कुराकानी गर्ने तरिका।
64376 बोलैया वि. धाराप्रवाह रूपमा मिठो र तर्कसङ्गत कुरा बोल्न सक्ने खुलेर बोल्ने; बोलक्कड।
64377 बोसी ना. काठ चिर्ने ताछ्ने काम गर्ने जाति वा व्यक्ति।
64378 बोसे वि. बोसोसम्बन्धी धेरै बोसो भएको।
64379 बोसे आन्द्रो ना. पेटमा बोसो धेरै टाँसिएर रहने एक आन्द्रो।
64380 बोसो ना. प्राणीको शरीरभित्र रहने सेतो र चिल्लो पदार्थ; मेद।
64381 बोसे बोस्याइलो वि. धेरै बोसो भएको; चाहिँदो बोसो भएको।
64382 बोहरी ना. १. ससाना कुनादार पात हुने; सेता फूल फुल्ने; मसिना काला दाना फल्ने; फूलको तर्कारी; अचार आदि खाइने एक जातको रुख।
64383 बोहरी ना. २. बाजका छाँटको एक प्रकारको हिंसक पक्षी।
64384 बोहारिक ना. पहिलेपहिलेका न्यायविभागको कुनै कर्मचारी।
64385 बोहोतो ना. प्राय: सालका हरिया पात सिन्काले खुटेर गाँसिने; चार कुना परेको वा बाटुलो ठुलो दुनु; बोतो।
64386 बौंडाई ना. घाम डुबेपछि नाच्न थाल्ने सारौंका छाँटको एक जातको चरो; बेसारे चरो।
64387 बौद्ध वि. १. बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक। ना.
64388 बौद्ध वि. २. बुद्धधर्मको अनुयायी वा त्यो धर्म मान्ने सम्प्रदाय।
64389 बौद्ध वि. ३. काठमाडौँको पूर्वोत्तरमा चावहिल नजिकै रहेको एक प्रसिद्ध स्तूप।
64390 बौद्ध धर्म ना. बुद्धले चलाएको धर्म; बुद्धधर्म।
64391 बौद्ध धाम ना. १. बौद्धमार्गीहरूको तीर्थस्थल।
64392 बौद्ध धाम ना. २. दार्जीलिङमा रहेको प्रसिद्ध स्तूपको नाम।
64393 बौद्ध भिक्षु ना. बौद्ध धर्म ग्रहण गरी भिक्षुरूप धारण गरेको व्यक्ति।
64394 बौद्ध मत ना. बुद्धले चलाएको मत; बौद्ध सम्प्रदाय।
64395 बौद्धिक ना. १. बुद्धिबाट हुने; बुद्धिसम्बन्धी; बुद्धिको।
64396 बौद्धिक ना. २. बुद्धिद्वारा ग्रहण गरिन योग्य।
64397 बौद्धिकता ना. बौद्धिक हुनाको भाव वा अवस्था।
64398 बौरनु अ.क्रि. १. विचेत अवस्थाबाट चेतमा आउनु होस फर्कनु; बिउँतनु।
64399 बौरनु अ.क्रि. २. मरेमरेजस्तो भइसकेर बाँच्नु।
64400 बौर ना. . भुटेको जौ।