Dictionary

All Word

64401 बौरा ना. दिउसोको खाना दिवाभोजन।
64402 बौराइ ना. बौरने क्रिया वा प्रक्रिया।
64403 बौराइनु क.क्रि. बौरने पारिनु; बिउँताइन्।
64404 बौराउनु प्रे. क्रि. बौरने पार्नु; बिउँताउनु।
64405 बौर अ.क्रि. बिउँति।
64406 बौलट्टी ना. बौलाहाको छाँट; पागलपन।
64407 बौलाइ ना. बौलाउने क्रिया वा प्रक्रिया।
64408 बौलाइनु अ.क्रि. बौलाहा होइनु।
64409 बौलाउनु अ.क्रि. हे. बहुलाउनु।
64410 बौलाहा वि. बौलाएको; बहुला; पागल; सिल्लड; छटाहा।
64411 बौलाही वि. बौलाएकी; बहुलाई; छँटाही; पगली।
64412 बौस्या ना. लोग्ने; पति।
64413 ब्यहोरा ना. हे . बेहोरा।
64414 ब्याँगे ना. ड्याङपाटा।
64415 ब्याँगे कमिलो ना. रुखका पातमा पोको परेर बस्ने; चिल्ने खालको पहेँलो कमिलो; ब्याँगे।
64416 ब्याँलो क्रि.वि. हे. बियाँलो।
64417 ब्याँसी ना. बेंसी।
64418 ब्याइ ना. ब्याउने क्रिया वा प्रक्रिया; बियाइ।
64419 ब्याइता वि. बिहे गरेर भित्र्याइएकी (स्वास्नी); बिहाइता; विवाहिता।
64420 ब्याइते वि. बिहाइते; ब्याइता।
64421 ब्याइनु अ.क्रि. बियाइनु।
64422 ब्याउँदो वि. बियाउँदो।
64423 ब्याउनु अ.क्रि. बियाउनु।
64424 ब्याग ना. छाला; कपडा आदिले बनेको सानो थैलो वा झोला।
64425 ब्याड / वियाड ठुलो खसे भ्यागुतो; भ्यागुतो।
64426 ब्याङ्क ना. ग्राहकलाई ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने; भुक्तानी वा सापटी दिने; लेनदेन; वाणिज्य आदिको आर्थिक कारोबार गर्ने सरकारी वा गैरसरकारी वित्तीय संस्था; बैङ्क; बक।
64427 ब्याङ्कक ना. थाई देशको राजधानी।
64428 ब्याज; ना. १. जागिरदारले दर्जाअनुसार लगाउने सुनचाँदीको सरकारी चिह्नविशेष।
64429 ब्याज; ना. २. कुनै चित्र वा सङ्केत भएको; धातु; कपडा; कागत आदिबाट बनाइएको लुगा; कोट आदिमा लगाइने चिह्न।
64430 ब्याज ना. कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूल धनभन्दा बेसी लाग्ने कबुलअनुसारको वा निर्दिष्ट वृद्धिको नगदी अथवा जिन्सी रकम; रिनीले बुझाउने साउँबाहेकको अतिरिक्त धन वा वस्तु।
64431 ब्याजी / ब्याजे वि. ब्याज लाग्ने ब्याज लागेको।
64432 ब्याटरी / ब्याट्री ना. रासायनिक पदार्थहरूको धनात्मक र ऋणात्मक योगबाट ऊर्जा निस्की बत्ती बल्ने र इन्जिन; रेडियो आदि चल्ने मसलाविशेष।
64433 ब्याड ना. धान; कोदो आदिको बिउ उमार्न बनाइएको जमिन वा त्यस्तो बिउ राखिएको ठाउँ; बियाड।
64434 ब्याडे ना. ब्याडको काम गर्ने व्यक्ति; बिउ काढ्ने खेतालो।
64435 ब्याडमिन्टन ना. प्वाँखले बनेको खेलौना (कर्क) - लाई-ऱ्याकेटले हुत्याई बिचको जालीदार पर्दा नघाएर खेलिने एक खेल; प्वाँखमुङ्ग्री।
64436 ब्यानर ना. सार्वजनिक प्रचारप्रसारका निम्ति कपडामा लेखिएको जानकारीमूलक नारा वा सूचना।
64437 ब्यारिस्टर ना. उच्च दर्जाको वकिल; बालिस्टर।
64438 ब्यारिस्टरी ना. उच्च तहको वकालत; बालिस्टरी।
64439 ब्यारे निपा. निषेध वा समर्थन जनाउन लाडप्यारले प्रयोग गरिने शब्द। (उदा.- हो ब्यारे; मामाले बिहान हामीलाई पेडा दिनुभएको थियो )।
64440 ब्यारेक ना. सैनिकहरू बस्ने सरकारी घर; सैनिक शिविर; छाउनी।
64441 ब्यारोमिटर- ना. हावाको चाप नाप्ने यन्त्र चापमापक यन्त्र।
64442 ब्याली ना. हे. बिहाली।
64443 ब्यास ना. हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवत-जावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपु लेकमा रहेको घाटी; व्यासक्षेत्र; किङ्करबेसी।
64444 ब्यासी ना. नेपालको सुदूर पश्चिमी भेकमा बस्ने एक जाति; ब्यास हिमालका काखको बासिन्दा।
64445 ब्याहुली ना. बेहुली; बेउली; ब्यौली। ब्याहुली भतेर बेहुलीभतेर।
64446 ब्याहुलो ना. बिहे हुने केटो; बेहुलो; बेउलो; ब्यौलो।
64447 ब्युँ ना. बिउँ।
64448 ब्युँझनु अ.क्रि. बिउँतनु।
64449 ब्युँझाइ ना. ब्युँझिने क्रिया वा प्रक्रिया।
64450 ब्युँझाइनु क.क्रि. बिउँझाइनु।