Dictionary

All Word

64551 ब्राह्मण ना. ४. ब्रह्मज्ञान भएको वा वेद जान्ने व्यक्ति।
64552 ब्राह्मणत्व ना. ब्राह्मणमा रहने गुण; ब्रह्मत्व।
64553 ब्राह्मण देवता ना. अग्नि र बृहस्पति।
64554 ब्राह्मण ब्रुव ना. ब्रह्मकर्म र संस्काररहित ब्राह्मण; नाममात्रको बाहुन।
64555 ब्राह्मण भोजन ना. धर्मकर्मका निम्ति ब्राह्मणहरूलाई गराइने भोजन।
64556 ब्राह्मणी ना. ब्राह्मण जातकी स्त्री; बाहुनी।
64557 ब्राह्ममुहूर्त ना. सूर्योदय हुनुभन्दा दुई घडीअघिको शुभ तथा पवित्र मानिने समय झिसमिसे बेला; उषाकाल प्रातःकाल।
64558 ब्राह्मविवाह ना. धर्मशास्त्रमा वर्णित आठ प्रकारका विवाहमध्ये समान जाति र भिन्न गोत्रका बिचमा वरलाई घरमा बोलाएर वैदिक विधिअनुसार वस्त्र; आभूषणसहित कन्यादान दिइने एक विवाह पद्धति।
64559 ब्राह्मी ना. १. ब्रह्माकी शक्ति (सरस्वती; दुर्गा आदि)।
64560 ब्राह्मी ना. २. 'ललितविस्तर'का अनुसार जन्मदाता ब्रह्मा मानिएका; आठौं शताब्दीभन्दा पहिलेदेखि प्रचलित तथा देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि।
64561 ब्रिगेड ना. सेनाको एक विभाग वा दल; वाहिनी।
64562 ब्रिगेडियर वि. ब्रिगेड वा वाहिनीसम्बन्धी (जनरल आदि)।
64563 ब्रिज ना. तासको एक प्रकारको खेल।
64564 ब्रिटिस वि. ब्रिटेनसम्बन्धी; ब्रिटेनको अङ्ग्रेजी।
64565 ब्रिटेन ना. बेलायत; बेलाइत।
64566 ब्रुअरी ना. रम तथा बियरको उत्पादनशाला।
64567 ब्रेक ना. मोटर; रेल; साइकल आदि सवारी वा कुनै गति बन्द गर्ने अवयव।
64568 ब्रेकर वि. १. ब्रेक लगाउने; रोक्ने (व्यक्ति वा साधन )।
64569 ब्रेकर वि. २. नियन्त्रण गर्ने।
64570 ब्रेल ना. लुइस ब्रेल नामका व्यक्तिले आविष्कार गरेको; छोएर पढ्न र लेख्न जान्ने व्यवस्था भएको अन्धाहरूको वर्णमाला।
64571 ब्रेसियर- ना. स्तनकस चोली; ब्रा; कञ्चुकी।
64572 ब्रोकेट ना. झिरझिर गर्ने बुट्टा भएको र साजसज्जाका निम्ति प्रयोग गरिने एक प्रकारको कपडा।
64573 ब्लक ना. १. चित्र; अक्षर आदि छाप्ने काठ; रबर; जस्ता; तामा आदिको साँचो; छपाइ - साँचो।
64574 ब्लक ना. २. कुनै क्षेत्रको निर्धारित भाग।
64575 ब्लटिङ ना. लेख्ता कलमले छादेको वा बढी भएको मसी सोस्ने एक प्रकारको खस्रो कागत; सोस्ता; शोषणी।
64576 ब्लटिङ पेपर ना. ब्लटिङ; सोस्ता; सोख्ता।
64577 ब्लड बैंक ना. रक्त सञ्चयभण्डार।
64578 ब्लाउज ना. घाँटीको अगाडिपछाडि दुवैतिर खोलिएको र आधा बाहुला हुने; टाँक लगाइने चोलो।
64579 ब्लेड ना. १. छुरा; कैंची आदि हतियारको धार।
64580 ब्लेड ना. २. कपाल; रौं; दाह्री खौरने पत्ती।
64581 ब्ल्याक वि. कालो; अँध्यारो; मैलो
64582 ब्ल्याक बोर्ड ना. कालोपाटी।
64583 ब्ल्याक मार्केट ना. गुप्त रूपमा वा अवैध किसिमले बढी मूल्य लिएर माल बिक्री गर्ने बजार; चोरबजार; कालोबजार।
64584 ब्ल्याङ्क फायर ना. भिडभाड वा आतङ्क हटाउनका निम्ति हावामा चलाइने गोली ; हवाईफायर।
64585 ब्वाँसो ना. १. पशुहरूलाई गुदद्वारबाट हात हालेर आन्द्रा झिकी मार्ने एक हिंसक पशु; जङ्गली कुकुर। वि.
64586 ब्वाँसो ना. २. चिप्ला कुरा गरी अरूको बिगार गर्ने; कुरा धुत्नमा बित्पाते; धूर्त (मानिस)।
64587 ब्वायलर ना. मासु खाइने विकासे कुखुराको एक जात।
64588 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये चौबिसौँ वर्ण, ओष्ठ्य, स्पर्शी, सघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको चौथो अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; भकारी भ।
64589 भँगडची वि. भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नशामा भुल्ने; भँग्याहा।
64590 भँगडी ना. भाङ खाने; भँगडची ; भङडी।
64591 भँगालिनु अ.क्रि. खोलो, खोल्सो आदिले आफ्नो बाटो छाडी केही भाग फुटेर वा छरिएर यताउति लाग्नु; भँगालो भएर बग्नु।
64592 भँगालो ना. १. मूल नदी वा खोलाबाट फाटेर दायाँ-बायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो।
64593 भँगालो ना. २. बर्खाको पानीले गहिरो पारेको ठाउँ; खेत- बारीमा पानीले खोलेको भाग; भङ्दालो।
64594 भँगेरी ना. भँगेराको पोथी।
64595 भँगेरी खुट्टे ना. १. भँगेराका खुट्टा जस्तै काँडा हुने एक प्रकारको लहरो। वि.
64596 भँगेरी खुट्टे ना. २. भँगेराका जस्तै झिना खुट्टा हुने (मानिस)।
64597 भँगेरे ना. खैरो रङको दाना हुने एक खालको धान वा सो धानको चामल।
64598 भँगेरो ना. खैरो रङको, कोटेरो वा फिस्टोजत्रै सानो एक जातको चरो।
64599 भँग्याहा वि. भाङ खाने लत बसेको; भँगडची; भँगडी।
64600 भँचाइ ना. भाँच्ने भाव, क्रिया वा प्रक्रिया।