Dictionary

All Word

64651 भकारी ना. १. बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो।
64652 भकारी ना. २. त्यसरी बुनेको चित्रो। वि
64653 भकारी ना. ३. ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति)। ना.
64654 भकारी ना. ४. नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो।
64655 भकारो ना. गाई, भैँसी आदि पशुहरूको मल; गोबरको थाप्रो।
64656 भकी अमिलो ना. भकिम्लो। एकै भेट्नामा चारपाँचवटा पात लाग्ने, छदेखि आठजोरसम्म दाँतीका कुना हुने, सेतो सेतो पहेँल्च्या रङका झुप्पादार मसिना फूल फुल्ने, गहतका जस्ता राता मसिना दाना फल्ने, असोजतिर देखिने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख; सोही रुखको अमिलो फल।
64657 भकुन्डिनु अ.क्रि. भकुन्डो झैँ गुड्नु; लडीबुडी गर्नु।
64658 भकुन्डे वि. भकुन्डोजस्तो बाटुलो परेको; गोलो।
64659 भकुन्डे भाइ फर्सी (फूलमती दिदी भकुन्डे भाइ)।
64660 भकुन्डो ना. १. हुत्त्याएर वा गुडाएर खेलिने रबरले मोरिएको गोलो साधन; बल। वि.
64661 भकुन्डो ना. २. पुड्को र डल्लो जिउ भएको।
64662 भकुन्ड्याइ ना. भुकुन्डिने भाव, क्रिया वा प्रक्रिया।
64663 भुकुन्ड्याइनु क.क्रि. भुकुन्डो झैँ गुडाइनु।
64664 भकुन्ड्याउनु स.क्रि. १. भकुन्डो झैँ गुडाउनु।
64665 भकुन्ड्याउनु स.क्रि. २. लात्तीले हानेर यताउति गुडाउनु; लत्त्याउनु।
64666 भकुर्नु स.क्रि. १. खुबसित खानु; बेसरी खानु; घिच्नु।
64667 भकुर्नु स.क्रि. २. बेसरी पिट्नु; गोद्नु।
64668 भकुराइ ना. भकुर्ते भाव, क्रिया वा प्रक्रिया।
64669 भकुराइनु क.क्रि. भकुर्न लाइनु।
64670 भकुराउनु प्रे. क्रि. भकुर्न लाउनु।
64671 भकुरिनु क.क्रि. बेसरी पिटिनु।
64672 भकुल्ले वि. मोटोघाटो शरीरको ; भुक्लुक्क परेको; थामरथुमर।
64673 भकुल्लो वि. शरीर भुक्लुक्क देखिने किसिमको; मोटोघाटो वा थामरथुमर।
64674 भक्क क्रि.वि. १. दुध, पानी आदि उम्लिने गरी।
64675 भक्क क्रि.वि. २. फुल्ने वा सुन्निने किसिमले।
64676 भक्कानिनु अ.क्रि. १. भक्कानो छुट्नु; मनमा गाँठो पर्नु।
64677 भक्कानिनु अ.क्रि. २. अप्रत्याशित घटनाले पिरोलिनु।
64678 भक्कानु/भक्कानो ना. १. माटो आदिको ठुलो डल्लो वा चपरी।
64679 भक्कानु/भक्कानो ना. २. ठुलो गानु।
64680 भक्कानु/भक्कानो ना. ३. ज्यादै हर्ष वा ठुलो दुःख हुँदा बोली नफुट्ने गरी मुटु वा छातीमा रोकिएको गाँठो; उँभर्को; उमर्को।
64681 भक्कार वि. बडेमान; बडोमा (गोरु, राँगो इ.)।
64682 भक्कासे वि. बेछाँटको ठुलो ; भद्दा।
64683 भक्कु १ ना. १. भाद्रशुक्ल पक्षमा राँगो बलि दिन भैरवी नाचमा नाच्ने गण।
64684 भक्कु १ ना. २. धेरै; थुप्रै (उदा.- आज उसले भक्कु खायो।)
64685 भक्कुमारी ना. केटाकेटीले खेल्ने एक प्रकारको खेल।
64686 भक्कुचुर ना. निर्घात, भक्कुमार।
64687 भक्कु २ वि. १. भुक्लुक्क परेको; मोटोघाटो र मूर्ख; बोधो; नासमझ।
64688 भक्कु २ वि. २. डल्ले।
64689 भक्कोटे वि.बो. आफ्नो चङ्गाले विपक्षीको चङ्गा काट्ता खुसीमा भनिने शब्द; भचेट।
64690 भक्खर क्रि.वि. केही बेर मात्र पहिले; भर्खर; अहिले।
64691 भक्खरको वि. १. थोरै बेर मात्र भएको; ताजा।
64692 भक्खरको वि. २. जवानी चढेको; उमेरदार। स्त्री. भक्खरकी।
64693 भक्त वि. १. श्रद्धासाथ ईश्वर वा देवताको भक्ति गर्ने; भक्तालु।
64694 भक्त वि. २. पूज्य वा ठुला व्यक्तिमा श्रद्धा राख्ने।
64695 भक्त वि. २. धार्मिक कार्यमा आस्था भएको; श्रद्धालु।
64696 भक्त वि. ३. भाग वा अंश लगाइएको; विभक्त। ना.
64697 भक्त वि. ४. सेवक; उपासक।
64698 भक्त वि. ५. भात; भोजन।
64699 भक्तपुर ना. काठमाडौँदेखि तीन कोस पूर्वमा रहेको प्रसिद्ध नगर; उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये एक; भादगाउँको वर्तमान नाम।
64700 भक्तपुरे वि. १. भक्तपुरसम्बन्धी; भक्तपुरको।