Dictionary

All Word

64751 भगवद्गीता ना. १. कुरुक्षेत्रका रणमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान।
64752 भगवद्गीता ना. २. महाभारतभित्र ब्रह्मविद्या र योगशास्त्रका रूपमा चर्चित, अठार अध्याय भएको प्रसिद्ध पुस्तक।
64753 भगवान् ना. १. ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष; ईश्वर; परमात्मा।
64754 भगवान् ना. २. विष्णु।
64755 भगवान् ना. ३. शिव।
64756 भगवान् ना. ४. बुद्ध। वि.
64757 भगवान् ना. ५. ऐश्वर्ययुक्त; शक्तिसम्पन्न।
64758 भगवान् ना. ६. पूज्य; मान्य।
64759 भगाङ्कुर ना. १. स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी।
64760 भगाङ्कुर ना. २. अल्काई; अर्श रोग।
64761 भगाल्टो ना. भाङको डाँठ।
64762 भगिनी ना. १. दिदी वा बहिनी।
64763 भगिनी ना. २. भाग्यवती स्त्री।
64764 भगीरथ ना. सगरपुत्रहरूको उद्धारका लागि कठिन तपस्या गरी स्वर्गबाट पृथ्वीमा गङ्गा ल्याउने एक प्रसिद्ध सूर्यवंशी राजा; सगर राजाका पनाति।
64765 भगीरथ प्रयास ना. राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि स्वर्गबाट गङ्गा ल्याउन गरेको जस्तो ठुलो र कठिन प्रयास; असाधारण प्रयास; भारी प्रयत्न, ज्यादै ठुलो मेहनत।
64766 भगुवा वि. १. भागेको वा भाग्ने; पलायित।
64767 भगुवा वि. २. कातर; डरपोक; लाछी। स्त्री. भगवी।
64768 भगोष्ठ ना. योनिका दुईतिरका डिल।
64769 भगौटे वि. भगुवा।
64770 भग्न वि. १. टुटफुट भएको; भत्केबिग्रेको।
64771 भग्न वि. २. भागेको; पलायित।
64772 भग्नप्रतिज्ञ वि. आफूले कबुल गरेको कुरासमेत पुऱ्याउन नसक्ने; प्रतिज्ञा भङ्ग भएको; च्युतप्रतिज्ञ।
64773 भग्न मनोरथ वि. मनोरथ पूरा नभएको; इच्छा नपुगेको।
64774 भग्नावशेष ना. १. भत्की - बिग्री बाँकी रहेको अंश।
64775 भग्नावशेष ना. २. पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण प्राचीन अवशेष।
64776 भग्नोत्साह वि. उत्साह भङ्ग भएको।
64777 भङडी ना. हे. भँगडी।
64778 भङाइ ना. भङाउने क्रिया वा प्रक्रिया।
64779 भङाइनु क.क्रि. भङाउने काम गरिनु वा गराइनु।
64780 भङाउनु स.क्रि. वनजङ्गल फाँडेर बस्ती बस्ने ठाउँ बनाउनु; बाँझो ठाउँ खनजोत गर्नु।
64781 भङालो ना. हे. भँगालो।
64782 भङ्ग ना. १. कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम।
64783 भङ्ग ना. २. विनाश; विध्वंस।
64784 भङ्ग ना. ३. पूरा नभएको वा नपुगेको स्थिति (निश्चय, प्रतिज्ञा, आशा आदि)।
64785 भङ्ग ना. ४. सभा, सङ्गठन, संस्था आदि बिचैमा टुट्ने काम।
64786 भङ्ग ना. ५. जल वा ध्वनिको तरङ्ग; लहर।
64787 भङ्ग ना. ६. गाँजा; भाङ।
64788 भङ्गरभाउलो वि. १. सोचविचारै नगरी जथाभाबी टेकेर हिँड्ने।२. उत्ताउलो स्वभावको; उच्छृङ्खल।
64789 भङ्गिगत ना. १. भन्ने ढाँचा; भङ्गिमा।
64790 भङ्गिगत ना. २. लय; भाखा।
64791 भङ्गिमा ना. १. कुनै खास मनोभाव प्रकट गर्ने भावयुक्त तथा कलापूर्ण शारीरिक मुद्रा।
64792 भङ्गिमा ना. २. भनाइ वा बोलाइको ढाँचा तथा विशेषता।
64793 भङ्गिमा ना. ३. व्यङ्ग्य।
64794 भङ्गिमा ना. ४. टेढोपन; वक्रता।
64795 भङ्गिमा ना. ५. भाँचिने काम; टुक्य्राइ।
64796 भङ्गी ना. १. कलात्मक तथा भावपूर्ण हाउभाउ वा बोलाइचलाइ; भावभङ्गी।
64797 भङ्गी ना. २. कुटिलता; टेढोपन।
64798 भङ्गी ना. ३. लहर।
64799 भङ्गी ना. ४. व्यङ्ग्य। वि.
64800 भङ्गी ना. ५. भङ्ग हुने; नाशवान्।