Dictionary

All Word

64851 भटमासे ना. २. भटमास खाएर जीवनवृत्ति गर्ने; दुःखजिलो गर्ने निर्धन।
64852 भटमासे ना. ३. असभ्य; बेसोमती।
64853 भटमासे ना. ४. भटमासबाट बनेको; भटमाससम्बन्धी।
64854 भटाभट क्रि.वि. नरोकिईकन फुर्तीसाथ; चटाचट; भकाभक।
64855 भटाभटी क्रि.वि. भटाभट।
64856 भटार्नु स.क्रि. भिजाएको पिठो, चामल आदि थोरै घिउ- तेलमा भुट्नु; त्यसरी पुवा आदि पकाउनु।
64857 भटार ना. थोरै चिल्लामा पुवा, कनिका आदि भुटभाट पार्ने काम।
64858 भटारभुटुर ना. पुवा आदि भटार्ने वा पकाउने काम।
64859 भटाराइ ना. भटार्ने भाव, क्रिया वा प्रक्रिया।
64860 भटारिनु क.क्रि. १. भिजाएको चामल आदि घिउमा भुटिनु। अ.क्रि.
64861 भटारिनु क.क्रि. २. गर्मी वा निद्राको कमीले आँखा पोल्नु; आँखा भतभती डहनु; आँखा बटारिनु।
64862 भटाऱ्याइ ना. भटारिने क्रिया वा प्रक्रिया।
64863 भटु ना. कपडा बुन्ने तानमा प्रयोग हुने चराका आकारको एक साधन।
64864 भट्ट ना. १. स्वामित्व; प्रभुत्व।
64865 भट्ट ना. २. ब्राह्मणजातिको एक थर।
64866 भट्ट ना. ३. दाक्षिणात्य ब्राह्मण।
64867 भट्ट ना. ४. भाट।
64868 भट्ट ना. ५. भटमास।
64869 भट्ट ना. ६. लिच्छविकालीन प्रशासनमा सेनालाई बुझाउने शब्द।
64870 भट्टा ना. माटोबाट इँटा, झिँगटी, टायल आदि बनाई अवालमा पोलेर तयार पारिने ठाउँ; भट्टी; भट्टाल।
64871 भट्टाधिकरण ना. १. भट्ट, ब्राह्मण वा विद्वान्द्वारा समाजमा धर्मसङ्कट आउन नदिन देखादेख न्याय-अन्यायको निर्णय गर्ने- गराउने लिच्छविकालीन एक अड्डा।
64872 भट्टाधिकरण ना. २. लिच्छविकालमा सैनिक व्यवस्था चलाउने अड्डा।
64873 भट्टारक ना. १. पूज्य; श्रद्धेय; मान्य। ना.
64874 भट्टारक ना. २. राजा; युवराज।
64875 भट्टारक ना. ३. स्वामी; मालिक।
64876 भट्टारक ना. ४. सूर्य।
64877 भट्टारक पादीष ना. राजा - महाराजको उत्तरदायित्व वहन गरी कुनै कार्यालयमा काम गर्ने कर्मचारी।
64878 भट्टारक युवराज ना. लिच्छविकालीन राजपरम्परामा राजाको निश्चित उत्तराधिकारी।
64879 भट्टाल ना. हे. भट्टा।
64880 भट्टी ना. १. जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी।
64881 भट्टी ना. २. जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ।
64882 भट्टी ना. ३. धातुहरू गाल्ने ठुलो अगेनु।
64883 भट्टी ना. ४. इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा।
64884 भट्टी चर्सा रकम ना. मदभट्टी र लाहाव्यापार सञ्चालन गर्ने व्यापारी वा ठेकेदारले सरकारलाई तिर्नुपर्ने रकम।
64885 भट्टी वाल ना. भट्टीको मालिक; भट्टीको सञ्चालन गर्ने व्यक्ति।
64886 भट्टी वाल्नी ना. भट्टीवालको स्त्रीलिङ्गी रूप।
64887 भट्टे ना. होचो बोट, भटमासका जस्तै पात र फुपुक्क परेका फूल हुने गहतका जस्तै मसिना कोसा लाग्ने, वस्तुलाई घास खुवाइने एक वनस्पति।
64888 भट्टे किरो ना. गोबरका थुप्रातिर बस्ने, खपडाले पखेटा ढाकिएको, उत्तानो पर्दा फित्कौली फिटिक - फिटिक गरेर उफ्रने एक किरो।
64889 भट्टे डाँडो ना. काठमाडौँ उपत्यकाको दक्षिणतिर पहाडमा रहेको एउटा ठाउँ।
64890 भट्ट्याइ १. भट्ट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
64891 भट्ट्याइ २. देउसी, भजन आदिमा पहिलो लबज दोहोऱ्याउने काम।
64892 भट्ट्याइनु क.क्रि. १. भट्टयाउने काम गरिनु; भजन आदिमा पहिलो लबज भनिनु।
64893 भट्ट्याइनु क.क्रि. २. धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु।
64894 भट्ट्याउनु १ स.क्रि. घर, कटेराका धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कस्नु; भाटा हालेर डाँडाहरू बाँध्नु।
64895 भट्ट्याउनु २ स.क्रि. १. देउसी, कीर्तन, भजन आदिमा पहिलो लवज वा वाक्य दोहोऱ्याउनु; सामूहिक रूपमा त्यस्तो लवज फलाक्नु।
64896 भट्ट्याउनु २ स.क्रि. २. मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।
64897 भट्ट्याउने ना. भजन, देउसी आदिमा पहिलो चरण भन्ने व्यक्ति।
64898 भट्याक ना. नाडीको चलाइ, पखेटाको आवाज वा भुटाइको शब्द।
64899 भट्याकभट्याक क्रि.वि. १. नाडी, मुटु आदि लगातार चल्ने गरी; ढुकढुक।
64900 भट्याकभट्याक क्रि.वि. २. पखेटा, खुट्टा आदि शब्द आउने गरी जोडले चलाएर।