Dictionary

All Word

65001 भद्राधिवास भवन ना. नेपालको इतिहासमा प्रसिद्ध लिच्छविकालीन राजा नरेन्द्रदेव तथा उनका उत्तराधिकारीहरूले शासन चलाउने गरेको, उपत्यकास्थित ऐतिहासिक दरबार।
65002 भद्रायो ना. भद्राईभन्दा केही ठुलो, मिठो स्वर भएको एक जातको पक्षी।
65003 भद्रो ना. भद्रा योग।
65004 भद्रो हेराइ ना. पक्क परेर बस्ने काम; साइतकुरा।
65005 भद्रो हेर्नु टु. अवसर गुमिसक्दा पनि पक्क परिरहनु; साइत पर्खनु।
65006 भन्नु स.क्रि. १. मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु।
65007 भन्नु स.क्रि. २. मुखबाट शब्द निकाल्नु; उच्चारण गर्नु।
65008 भन्नु स.क्रि. ३. आज्ञा दिनु; वचन दिनु।
65009 भन्नु स.क्रि. ४. बाच्नु; प्रवचन गर्नु; पढ्नु।
65010 भनक ना. तरङ्गिने वा च्याँट्ठिने चाल; झोक्किने काम; झोक्याहट।
65011 भनक्क क्रि.वि. १. एकएक तातेर रिसाउने गरी; झनक्क; रनक्क।
65012 भनक्क क्रि.वि. २. अस्पष्ट र झिनो आवाज आउने गरी।
65013 भनक्क क्रि.वि. ३. झिंगा, मौरी, भमरो आदि भन्कने चालले।
65014 भनभन क्रि.वि. १. तातेर रिसिने चालसँग।
65015 भनभन क्रि.वि. २. झिँगा, मौरी आदि भन्किने गरी।
65016 भनभनाइ ना. भनभन गर्ने भाव, क्रिया वा प्रक्रिया।
65017 भनभनाइनु अ.क्रि. भनभन होइनु।
65018 भनभनाउनु अ.क्रि. १. रिसले झोक्किनु।
65019 भनभनाउनु अ.क्रि. २. झिँगा आदि भन्किनु।
65020 भनभनाहट ना. भनभनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया।
65021 भनभनिनु अ.क्रि. भनभनाउनु।
65022 भनसुन ना. १. कसैसँग कुनै काम सफल पार्नका निम्ति गरिने अनौपचारिक अनुरोध; खुसामद।
65023 भनसुन ना. २. सम्झाउने- बुझाउने काम।
65024 भनाइ ना. १. भन्ने भाव, क्रिया वा प्रक्रिया।
65025 भनाइ ना. २. भन्नाको तात्पर्य; कथन; मतलब।
65026 भनाइ ना. ३. गाली; खप्की (जस्तै- भनाइ खानु)।
65027 भनाइनु क.क्रि. भन्न लाइनु।
65028 भनाउँदो वि. करबलले भन्नुपर्ने; नाममात्रको; तथाकथित।
65029 भनाउ ना. अबजस; भनौरी; गाल; अपवाद।
65030 भनाभन ना. परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल।
65031 भनावैरी ना. आपसआपसको भनाभनबाट हुने शत्रुता; कलहयुक्त भनाभन; मुखछाडाछाड।
65032 भनिनु क.क्रि. कहिन; बताइनु।
65033 भनी बिझाउनु स.क्रि. घोचपेचका कुरा गरेर अर्काको मन दुखाउनु; मर्ममा बिझ्ने कुरा गर्नु।
65034 भनी बिराउनु स.क्रि. कसैलाई चित्त नबुझ्ने कुरा भनेर दोष पाउनु।
65035 भने सङ्केतार्थक वाक्य बनाउने सापेक्ष संयोजक; यदि। (उदा.- माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ)।
65036 भनेजस्तो वि. चिताएजस्तो; मनमाफिकको।
65037 भनोट ना. भनाइ।
65038 भनौरी ना. भनाउ; भनाउरी; गाल; अपवाद।
65039 भन्कनु अ.क्रि. १. खुब तातेर रिसाउनु; फन्कनु। [भनक+नु]
65040 भन्कनु अ.क्रि. २. झिँगा, माहुरी आदिले भनभन शब्द निकाल्दै उड्नु; भुनभुन गर्नु; भनभनाउनु।
65041 भन्कनु अ.क्रि. ३. झिँगा, माहुरी आदि कुनै वस्तुमा बस्नु; झिँगा आदि धुइरिनु।
65042 भन्काइ ना. १. खुब तातेर रिसाउने भाव, क्रिया वा प्रक्रिया।
65043 भन्काइ ना. २. झिंगा, माहुरी आदि भुनभुनाउने भाव, क्रिया वा प्रक्रिया। भन्काउने भाव, क्रिया वा प्रक्रिया।
65044 भन्काइनु क.क्रि. भन्कन वा भनभनाउन लाइनु।
65045 भन्काउनु स.क्रि. १. उमङ्ग वा जोसका साथ कुनै काम गर्नु। प्रे.क्रि.
65046 भन्काउनु स.क्रि. २. रिस उठाउनु; जङ्ग्याउनु।
65047 भन्काउनु स.क्रि. ३. भन्कन वा भनभनाउन लाउनु।
65048 भन्किनु अ.क्रि. १. भन्कनु।
65049 भन्किनु अ.क्रि. २. भनभनाइनु।
65050 भन्किनु अ.क्रि. ३. भनक्क रिसाइनु।